काठमाडौ ।चर्चित  लोकप्रिय गायिका रानी शाक्य र गायक अलिफ खानको युगल स्वरमा समाबेश  ‘यस्तो माया ‘गीत सार्वजनिक भएको छ । गीतकार निशा अर्यालको शब्दरचना र दिपक शर्माको संगीत रहेको गीतमा रिदम कडेलको एरेन्ज रहेको छ ।


नेपालकै उत्कृष्ट पर्यटकीय स्थलका रुपमा परिचित दोलखाको खरीढुंगा,मुडे र कालिञ्चोकमा छायांकन गरिएको रोमान्टिक गीत  ‘यस्तो माया ‘ भिडियोमा नायिका नम्रता सापकोटा र कमल सिंहको अभिनय रहेको छ ।


रायन कार्कीको निर्देशन रहेको भिडियोमा बुद्ध थापाको सिनेमाटोग्राफी र बिष्णु खड्काको सम्पादन रहेको छ । भिडियोलाइ गायिका रानी शाक्यको युट्युब च्यानल (Rani Shakya) मार्फत सार्वजनिक गरिएको हो ।

भिडियो लिङ्क

तपाईको प्रतिक्रिया