क्रान्ति सुब्बा । हङकङ ।

आज डिसेम्बर २१ तारीख हङकङमा आठ थान थप कोभिड-१९ केस बिदेशबाट आएका छन। र कतार एयरवेजको दोहा कतारबाट उडने उडानहरूलाई  सात दिनका लागि स्थगित गर्ने घोषणा हङकङले गरेको छ।

पोजिटिभ केस अन्तर्गत सात जना पुरुष र एक महिला ११ देखि ६१ वर्ष बिचका परेका छन। सातवटा केसहरूमा भाइरसको N501Y भेरिएन्ट भेटिएका थिए। भेरिएन्ट भेटिएका केसहरुमा ओमिक्रोन भेरिएन्ट हुन सक्ने संभावना उच्च रहन्छ । अन्तिम केसवालाले चाहिँ  L452R म्युटेन्ट बोकेको थियो जसलाई सम्भावित डेल्टा केस हुनसक्ने वर्गमा अध्ययनको लागि राखिएको छ।

हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण बखत टेस्ट गरिने समयमा पाँच जना बिरामीमा पोजेटिभ देखिएको हो भने बाँकी तीनजना क्वारेन्टाइन अवधिमा  पोजेटिभ देखिएका हुन।

तीमध्ये तीन जना  युनाइटेड किंगडम र  दुई जना घाना गएका थिए । बिरामीहरूले भ्रमण गरेका अन्य देशहरू संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया, कतार, संयुक्त अरब इमिरेटस, जर्मनी र पाकिस्तान थिए।

तिनीहरूमध्ये एक ३७ वर्षीय एयर क्रू सदस्य थिए।  उनी डिसेम्बर १९ मा अस्ट्रिया, युनाइटेड किंगडम र युनाइटेड अरब इमिरेटसबाट उडान EK384 मार्फत हङकङ आइपुगेका थिए।

अर्को केस वाहक एक ५४ वर्षीया महिला थिइन जो ब्लक 18A, सेरेनिटी भिल्ला, ताई पोमा बस्छिन। उनी डिसेम्बर १५ मा हङकङमा नेगेटिभ आएकी थिइन र डिसेम्बर १६ मा अमेरिका पुगेकी थिइन। उनी अमेरिकाबाट डिसेम्बर १९ मा सीएक्स ८८१ उडानबाट हङकङ आइपुगेपछि  विमानस्थलमा पोजेटिभ भएकी थिइन।

उनले इन्क्युबेशन अवधिमा हङकङमा बसोबास  र भ्रमण गरेका ठाउँहरूलाई आइतवार (डिसेम्बर १९) का दिन  अनिवार्य परीक्षण जानुपर्ने सुचीमा राखिएको थियो । तत स्थानहरुमा  भ्रमण गरेका जोकोही व्यक्तिहरूले मंगलबार (डिसेम्बर 21)  वा सो भन्दा अघि अनिवार्य कोभिड  परीक्षण गर्नुपर्छ भनिएको थियो ।

यसका अलावा कतारको दोहाबाट हङकङ आइपुगेको कतार एयरवेजको यात्रुवाहक उडान QR818 मा पाँच जना यात्रु कोभिड–१९ पुष्टि भएको देखिएपछि स्वास्थ्य विभागले डिसेम्बर २२ देखि जनवरी ४ सम्म दोहाबाट हुने कतार एयरवेजको उडानमा रोक लगाएको छ ।

आज मंगलबार थप आठ ओमिक्रोन कोरोनाभाइरसका केसहरु पुष्टि भएको छ। फलस्वरूप सरकारले समुदायमा भेरिएन्ट प्रवेश नहोस भनेर क्वारेन्टाइन होटलहरूमा संक्रमण नियन्त्रण सम्बन्धि नियमलाइ थप कडा गरेको छ।

आइतवार र सोमबारका दिन कोभिड पुष्टि केसहरुलाई थप अध्ययन गर्दा पछिल्लो जीनोम अनुक्रमणले उनीहरू भेरिएन्टबाट संक्रमित भएको सुनिश्चित भएको हो।

सेन्टर फर हेल्थ प्रोटेक्सनले भेरिएन्टले निम्त्याएको बढदो जोखिमलाई ध्यानमा राख्दै क्वारेन्टाइन होटलमा ओमिक्रोन केस फेला परेमा बिरामीको कोठाको छेउमा र विपरित कोठामा बस्ने मानिसहरूको  कोभिड परीक्षण दैनिक ७ दिन सम्म  गराउनु पर्ने आदेश जारी गरेको छ।

यदि यात्रुहरूले पहिले नै होटेलमा अनिवार्य क्वारेन्टाइन पूरा गरिसकेका छन भने उनीहरूलाई थप सात दिनको लागि निगरानीमा राखिनेछ। उनीहरूले  समुदायमा रहेको बेला पनि तोकिएको  थप परीक्षण गर्नुपर्ने छ  र यस अवधिमा सार्वजनिक भेलातिर सहभागी हुन पाउने छैनन।

केन्द्रले क्वारेन्टाइन होटलहरूलाई भेन्टिलेसनको गुणस्तर  बढाउन र कोठाहरूलाई  पूर्ण रूपमा कीटाणुशोधन गर्न पनि सम्झाएको छ।

हङकङमा  अहिलेसम्म ओमिक्रोन केसहरूको संख्या २७ पुगेको छ।

तपाईको प्रतिक्रिया