काठमाडौं । ख्रीष्टियनहरुलाई राज्यले उपेक्षा गरेको सरोकारवालाहरुले गुनासो गरेका छन । यशू ख्रीष्टको जन्म दिनको अवसरमा राष्ट्रिय गिर्जाघर (चर्च ) को आयोजनामा भएको एक कार्यक्रममा सहभागिहरुले संविधानमा दिएको अधिकार आफुहरुमा लागु हुन नसकेको गुनासो गरेका हुन ।


ललितपुरमा आयोजना भएको उक्त कार्यक्रममा अधिकाशं वक्ताहरुले ख्रीष्टको विषयलाई लिएर गलत प्रचार भइरहेको बताएका छन । उनीहरुले यशू ख्रीष्टका विषयमा प्रचार गर्न समेत नदिने वातावरण भएको बताएका छन ।
देशमा धर्म निरपेक्षताको पूर्ण कार्यान्वयन हुनु पर्ने उनीहरुको जोड थियो । आफुहरुले प्रचार गरी रहदा जबरजस्ती आर्थिक प्रलोभन देखाएर क्रिश्चियन बनाएको आरोपसमेत लाग्ने गरेको गुनासो गरेका छन ।


राष्ट्रिय गिर्जा घर(चर्च) महागुठ्ठीका अध्यक्ष प्रकाश सुब्बाले कार्यपत्र प्रस्तुत गर्दै देशभर रहेका १० हजार भन्दा बढी चर्च रहेपनि तिनिहरुको संरक्षण र सर्वद्धनमा सरकारले चासो नदिएको बताएका छन । बरु उल्टै राज्यबाट विभिन्न खालको दमन हुने गरेको कार्यपत्रमा आरोप लगाएका छन ।


ख्रीष्टको जन्म उत्सवको अवसर पारेर पाँच जना समाज सेवीहरुलाई अभिनन्दन समेत गरीएको छ ।  जेष्ठ नागरिक धनमाया तामाङ, चन महर्जन, विभिन्न समयमा जेल परेर ख्रीष्टको प्रचारक रेशमराज पौडेल, रेस्क्यु नेटवर्क नेपालका अध्यक्ष जयकुमार थापा र मनोजकुमार श्रेष्ठलाई अभिननन्द गरीएको थियो ।
कार्यक्रम उर्जा जलस्रोत तथा सिचाई मन्त्री पम्फा भुसालको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो  । बाग्मती प्रदेशका सांसद जीवन खडका, पाष्टर लगायतले समेत बोलेका थिए । कार्यक्रममा विभिन्न सन्देशमुलक तथा मनोरञ्जनात्मक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।

तपाईको प्रतिक्रिया