प्रत्येक वर्ष वितरण हुँदै आएको पहिचान पुरस्कार कोषले विक्रम संवत २०७८ को लागि श्याम शाहको कथा संग्रह ‘पथेर’ र अनन्त वाग्लेको उपन्यास ‘कदम’लाई प्रदान गर्ने निर्णय गरेको छ ।

यसभन्दा अगाडी चारवटा कृतिहरुले पहिचान पुरस्कार पाइसकेको छ । राजन मुकारुङको निबन्ध संग्रह ‘फेरिँदो सौन्दर्य’, अर्जुन खालिङको कविता संग्रह ‘गोयाङको सुगन्ध’ र यज्ञशको उपन्यास ‘भुइयाँ’ र उन्मुक्त पुस्ताको कविता संग्रह ‘आफर’, सरस्वती प्रतीक्षाको उपन्यास ‘नथिया’ले पहिचान पुरस्कार पाइसकेका छन भने पहिचान सम्मानबाट खगेन्द्र संग्रौलालाई सम्मानित गरिसकेको छ ।

पहिचान पुरस्कार चार लाख दुई हजार दुई रुपैयाँ राशी र ताम्रपत्र रहेको छ । प्रत्येक बर्ष प्रदान गरिने पहिचान पुरस्कार लेखकमाझँ लोकप्रीय छ ।

तपाईको प्रतिक्रिया