क्रान्ति सुब्बा । हङकङ ।

हङकङमा  बिहीबार दुईवटा आयातित केस देखा परेका छ्न। जसमा उडान चालक दलका एक सदस्य पनि परेका छ्न जसले इथियोपिया, आयरल्याण्ड, क्यानडा, सेनेगल र बेल्जियमको यात्रा पनि गरेका थिए । 

ती ३६ वर्षीय चालक दलका सदस्य बुधबार उडान ET3708 मार्फत हङकङ  आइपुगेका थिए । र विमानस्थलमा हुने कोभिड टेष्ट गर्दा उनमा पोजिटिभ देखिएको थियो । उनले इथियोपियामा मे २३ र जुन १५ मा सिनोफार्म भ्याक्सिनको दुई डोज ग्रहण गरेका थिए ।

दोस्रो केसमा एक २७ वर्षीया महिला संलग्न थिए, जो डिसेम्बर १९ मा बेलायतबाट उडान VS206 मार्फत हङकङ  आइपुगेकी थिइन।  उनले अप्रिल २७ र मे १८ मा हङकङमा बायोएनटेक भ्याक्सिनको दुई डोज लिएकी  थिइन र सान पो कोङको पेन्टाहोटेल हङकङ काउलुनमा क्वारेन्टाइनमा बसेकी थिइन।

दुबै बिरामीहरूले N501Y नामक म्युटेन्ट स्ट्रेन  बोकेका थिए र दुबै  बिना लक्षण वाला (एसिम्प्टोमेटिक) रहेका छ्न।

हङकङमा बितेको १४ दिनमा जम्मा ७७ केसहरू रिपोर्ट भएका छ्न  र ती सबै आयातित केस परेका छ्न।

हङकङको कुल कोभिड केस संख्या  १२,५५१  पुगेको छ।

तपाईको प्रतिक्रिया