क्रान्ति सुब्बा । हङकङ ।

बुधबार हङकङमा  ७ वटा आयातित कोभिड केसहरु दर्ता भएका छ्न भने  हार्बर सिटीमा रहेको सिटी सुपर सहित एघार स्थानहरूलाई हङकङ स्वास्थ्य बिभागले अनिवार्य परीक्षणमा जानुपर्ने सूचना जारी गरेको छ।

यी स्थानहरू पहिलेका आयातित केसधारीद्वारा भ्रमण गरिएका थिए जो इन्क्युबेशन अवधिमा हङकङ बसेका थिए। ती स्थानहरु यस प्रकार छ्न:
१. क्याफे डे कोरल, फू तात बिल्डिंग, ५० सोया स्ट्रीट, मंङ्ग कोक

२. रेड टि , ४९८-५०० नाथन रोड, याउ मा तेई

३. क्याथे प्यासिफिक सिटी, चेक लाप कोक

४. म्याकफर्सन प्ले ग्राउन्ड , मंङ्ग कोकमा मोबाइल स्पेसिमेन कलेक्सन स्टेशन (कोभिड परिक्षण केन्द्र )

५. तुङ चुङ (यात तुङ) देखि एयरपोर्ट सम्म जाने रुट नम्बर S64 मा चल्ने लङ विन बसहरू

६. G/F, ९ तुङ फङ ट्रीट, याउ मा तेइ

७. स्टारबक्स कफी, गाला प्लेस बेस्मेन्ट, 56 डुन्डास स्ट्रीट, मोंग कोक

8. सिटीज सुपर, 3/F, गेटवे आर्केड, हार्बर सिटी

९. सर्कल के, ५० पिट स्ट्रीट, याउ मा तेई

१०. म्यानिङस, G/F, अक्सफोर्ड कमर्शियल बिल्डिङ, नाथन रोड, याउ मा तेइ

११. वेलकम, G/F, यान अन बिल्डिंग, १क्वङ वा स्ट्रीट, मङकोक

तोकिएको अवधिमा यदि कसैले उल्लिखित  स्थानहरू भ्रमण गरेका छ्न भने उनीहरुले  डिसेम्बर २४ सम्ममा आफ्नो कोभिड परीक्षण पूरा गर्नुपर्नेछ।

अर्को कुरा,सोमबार र मंगलबार रिपोर्ट गरिएका आयातित केसहरूमा सात वटा ओमिक्रोन भेरिएन्ट केस समावेश भएको पुष्टि भएकोछ।

संक्रमितमा २९ देखि ६१ वर्ष उमेर समूहका ६ जना पुरुष र एक महिला रहेका छन। चार जना हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा र तीन जना क्वारेन्टाइनमा पोजेटिभ देखिएका हुन।  जीनोम अनुक्रम विश्लेषणद्वारा  सबैले ओमिक्रोन संस्करण बोकेको कुरा पत्ता लागेको थियो ।
७ नयाँ थपिएका समेत गरेर हङकङमा ओमिक्रोन केसहरूको कुल संख्या ३४ पुगेको छ।

यसका अलावा आज बुधबार हङकङमा सात नयाँ आयातित केसहरू थपिएका थिए । जसमा ६ जना पुरुष र एक महिला थिए, जसको उमेर २९ र ६१  वर्ष बीचको रहेको थियो।
ती मध्ये चारजना युनाइटेड किंगडम गएका थिए।  उनीहरु फिलिपिन्स, केन्या, संयुक्त राज्य अमेरिका, स्विजरल्याण्ड, फ्रान्स र मोरक्को पनि गएका थिए ।

तिनीहरूमध्ये एक ६१  वर्षीय पुरुष बिरामी र एक ५८ वर्षीया महिला बिरामी थिए जो ब्लक ३, एल्डोराडो, शा चेङ रोड, युन लङमा बस्छन।

उनीहरू डिसेम्बर २ मा हङकङबाट बेलायतको लागि प्रस्थान गरेका थिए  र डिसेम्बर २० मा क्याथे प्यासिफिक उडान CX252 बाट हङकङ  फर्केका थिए ।  एयरपोर्टमा अवतरण भएपछि गरिने परिक्षणमा उनीहरु पोजिटिभ देखिए र N501Y भन्ने कोरोना भाइरसको रुपान्तरित स्वरुप उनीहरुमा भेटिएको थियो ।स्मरणीय छ अन्य भेरिएन्ट भेटिनु भनेको उसमा  ओमिक्रोन हुन सक्ने संभावना उच्च हुनु हो।

कोभिड संक्रमणको संभावनालाई रोक्न इन्क्युबेशन अवधिमा हङकङमा उनीहरू बसोबास गरेका  र भ्रमण गरेका ठाउँहरूलाई डिसेम्बर २० मा अनिवार्य परीक्षणमा जानुपर्ने सुचीमा समावेश गरिएको थियो ।

साथै सरकारले बुर्किना फासो, केम्यान टापु र टोगोबाट फर्केकाहरूका लागि क्वारेन्टाइन निति थप कडा पारेको कुरा बुधबार घोषणा गरेको छ।

उनीहरूलाई डिसेम्बर २५ मध्यरातबाट समूह ए मा राखिनेछ। जसको अर्थ हो उक्त समयबाट गैर-हङकङवासीलाई प्रवेशमा प्रतिबन्ध लगाइनेछ र  पूर्ण खोप लगाएका हङकङवासीहरू मात्र हङकङ फर्कन सक्नेछन।

तपाईको प्रतिक्रिया