२३ डिसेम्बर २०२०। क्रान्ति सुब्बा ।

राष्ट्रिय सुरक्षा ऐन उलंघन गरेको आरोपमा हङकङका नामुद मिडिया टाइकुन जिमि लाई अन्तत: धरौटीमा छुट्ने फैसला हङकङको सर्वोच्च अदालतले गरेकोछ। एउटा ठगी केस र हङकङमा भएको प्रजातान्त्रिक आन्दोलनलाई विदेशी शक्तिसंग मिलेर उनले चर्काएको आरोपमा उनी २० दिन थुनामा वसेपछी अहिलेको फैसला भएको हो।

हङकङ डलर एक करोड नगद धरौटी तिरेपछि हप्तामा तीन चोटि प्रहरी कार्यलयमा रिपोर्ट गर्नु पर्ने प्रावधानका साथ उनको छुटकारा हुने भएकोछ। प्रहरीमा रिपोर्ट गर्ने र अदालतको सुनवाइमा उपस्थित हुने कुराको अलावा उनले घर मै नजरबन्द भएर बस्नु पर्नेछ। उनले आफ्नो राहदानी पनि बुझाउनु पर्नेछ।

लाई डिसेम्बर ३ बाट थुनामा परेका थिए ।

राष्ट्रिय सुरक्षा ऐन अन्तर्गत थुनामा परेका चार जना मध्ये यिनी मात्र एक व्यक्ति हुन जो धरौटीमा छुटिने भएका छ्न।

तपाईको प्रतिक्रिया