हङकङमा डिसेम्बर २३ तारीख केवल ५३ कोभिड संक्रमित केस मात्र देखिए जुन यो महिना सबैभन्दा कम्ती संख्या हो।

हिजो निश्चित भएका ५३ केसमा २८ जना पुरुष र २५ जना महिला ८ देखि ८६ वर्षभित्रका परेका छ्न। जसभित्र ६ केस आयातित हुन भने ४७ केस स्थानीय । हङकङमा कोरोना संक्रमित संख्या ८,३५४ पुगेकोछ। करिब ४० प्रारम्भिक पोजिटिभ केस पुर्ण पुष्टि हुने लिस्टमा परेका छ्न।

सरुवा रोग शाखाकि प्रमुख डाक्टर चुवाङ शुक क्वानले जानकारी दिए अनुसार ताजा देखिएका स्थानीय केस मध्ये २७ केस पुरानो रोगीबाट सरेका हुन भने २० केसको मुहान पता लाउन नसक्ने स्रोतबाट आएका हुन।

हिजो देखिएका केस मध्येबाट ११ जनाको जेनोम टेस्ट गर्दा २ वटा केसमा युकेमा फैलिएको द्रुत गतिमा सर्ने क्षमतावाला नयाँ कोभिड भाइरसको नस्ल देखिएकोछ।

युकेबाट हङकङ फर्किएका दुई जना विद्यार्थीमा उक्त नयाँ भाइरस देखिएको थियो । एक जना चाहिँ CX 252 जहाजमा चढेर डिसेम्बर ७ तारीख हङकङ अवतरण भएकै दिन पोजेटिभ पुष्टि भएका थिए भने अर्का चाहिँ डिसेम्बर १३ तारीख VS206 जहाजबाट हङकङ झरेका थिए जो निको भएर डिस्चार्ज पनि भैसकेका छ्न। ती रोगीको संपर्कमा रहेका हरुले १४ दिने होटल क्वारेन्टाइन सकिसकेका छ्न तर उनीहरुलाई अझ थप ७ दिन क्वारेन्टाइनमा बस्न अनुरोध गरिसकिएकोछ।

हिजोको दिन लाम तिनको पिङ तीन स्टेट्मा पर्ने पिङ सिङ हाउसका केही निवासीमा प्रारम्भिक पोजिटिभ देखिएपछि त्यहाँका सबै वासिन्दा अनिवार्य टेस्टमा जानू पर्ने आदेश जारी गरिएकोछ।

तपाईको प्रतिक्रिया