काठमाडौ । सिन्धुपाल्चोकमा हुर्किएकी एक उदियमान गायिका छाया गुरुङको स्वरमा  `मायाको कथा´ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। अरुण गुरुङ( साइनुर) को शब्द रहेको यो आधुनिक गीतको म्युजिक भिडियोमा अभिनय गर्ने कलाकारमा गायिका छाया गुरुङ  स्वयं , पुष्पा गुरुङ ,पुरु बुडाथोकी र बाल कलाकारमा रिदम घिसिङ  रहेका छ्न।

स्पोन्सर हेमन्त गुरुङ र सुकु गुरुङ


“म संग संगीत र गायनको कुनै ज्ञान छैन। तर आफ्नै तरिकाले टिक टक लाइभ तिर गाउथेँ। मेरो स्वर राम्रो लागेर एक दिन एउटा अपरिचित  गीतकार अरुण गुरुङले मेरो लागि यो गीत लेखी दिनु भयो।” छायाले भनिन।
यो गीत उनको आफ्नै वास्तविक जीवन कथामा आधारित भएको बताइन। एउटा विषाद जीवन बाँचिरहेकि उनले आफ्नो मनको भडास यसरी आफै कलाकार भएर भिडियो मार्फत पोख्न पाउदा आज उनको जीवन फेरि नर्मल भएको अनुभव गरिरहेकी छिन।

म्युजिक भिडियोमा लगानी गर्ने स्पोन्सर हेमन्त गुरुङ र सुकु गुरुङ पनि गीतकारले नै खोजिदिएपछी ढुंगा खोज्दा देउता मिले जस्तो भएको अनुभव उनले सुनाइन।

गीतकार अरुण गुरुङ

प्रेम र वियोगको कथालाई मार्मिक ढंगले प्रस्तुत गरिएको यस भिडियोका कन्सेप्ट र डाइरेक्सनमा एमबि गुरुङ, सिनेमाटोग्राफीमा राम केसि,संपादनमा दिपक विस्ट र अन्य क्रु मेम्बरमा राजेस,कृष्ण केसि ,सन्तोष ,प्रदीप ,विज्ञान श्रेष्ठ रहेका छ्न।

खुर्पेटो मिडिया युट्युब च्यानलबाट सार्वजनिक भएको यो गीत एमबी स्टुडियोमा रेकर्ड गरिएको छ जसको संगीतकार र एरेन्जर रहेका छ्न कपिल आर के मगर। मिक्सिङमा बिपिन आचार्य, रेकर्डिस्टमा निरज ओलि छ्न भने वाद्यवादन तर्फ बासुरीमा गोपाल देव,गिटारमा सुरज प्रधान र कुमार महाराज  र भाइलिनमा रबिन कार्की रहेका छ्न।

भिडियो लिङ्क

https://youtu.be/1KzKbeEwW_0

तपाईको प्रतिक्रिया