न्युयोर्क । चर्चित गायक राजेश पायल राईलाई न्युर्योकमा भव्य स्वागत गरिएको छ । हाल अमेरिका पुगेका लोकप्रिय गायक राजेश पायल राईको प्रस्तुति सहित  न्युयोर्कको क्विन्समा भव्य कार्यक्रमको आयोजना गरिन लागिएको छ ।

बुद्ध ट्याक्स एकाउन्टिङका संस्थापक पशुपति श्रेष्ठको  आयोजनामा यहि  ३१ डिसेम्बर (शुक्रवार) का दिन  बेलुका ६ बजे क्विन्स प्लेस हल at-37-11  57 th street woodside New York  मा  भव्य  सांगितीक कार्यक्रमको आयोजना  गरिन लागिएको हो । 

उक्त कार्यक्रममा  गायक  राईसँगै आदित्य लामा, प्रेम गुरुङ र संयुक्ता  श्रेष्ठले पनि आफ्नो प्रस्तुति दिनेछन।
सुमन लिम्बु र एलिसा लिम्बुले संचालन गर्ने उक्त कार्यक्रममा  अन्य कलाकारको पनि सहभागीता हुने आायोजक कमिटीले जनाएको छ ।

बुद्ध ट्याक्स एकाउन्टीङ मार्फत सबैलाई नयाँ वर्षको शुभकामना दिँदै रमाइलो  गराउने र उक्त कार्यक्रमबाट उठेको रकम आवस्यक व्यक्ति वा परिवारलाई सहायता  गरिने  बुद्ध ट्याक्स एकाउन्टीङका संस्थापक  पशुपति श्रेष्ठले जानकारी दिएका छन ।

कार्यक्रमलाई विशेष सहयोग गर्ने नायक प्रेम गुरुङ र समाजसेवी अन्जीत गुरुङलाई  विशेष धन्यवाद दिँदै उक्त  उक्त कार्यक्रममा सहभागी भइदिन समेत एकाउन्टीङका संस्थापक  पशुपति श्रेष्ठले  सबैलाई अनुरोध गरेका छन ।

तपाईको प्रतिक्रिया