क्रान्ति सुब्बा

ओमिक्रोनबारे बुझ्न तलको भिडियो क्लिक गर्नुहोस

३० डिसेम्बर
होम आइसोलेसनमा बसेका एक क्याथे प्यासिफिक चालक दलका सदस्य ( क्रु मेम्बर ) जसले एउटा  रेस्टुरेन्टमा सपरिवार लन्च  खाएपछि हङकङमा ओमिक्रोन आतंक शुरु भएको थियो  । खाना खाएको समयमा उसले आफ्नो बुबा र अर्को टेबलमा बसेकालाई  ओमिक्रोन भाइरस सारेको आशंका गरिएको थियो । यो संक्रमणले कतै  हङकङमा कोविड-१९  प्रकोपको पाँचौं लहरको शुरूवात त गराइरहेको छैन  भन्ने  डर पनि  पैदा गराइदिएको थियो ।

उनको पिता  र अर्को टेबुलमा बसेर खाना खाने व्यक्ति  बिहीबार प्रारम्भिक पोजिटिभ  भएका थिए । अत्याधिक  संक्रामक ओमिक्रोन संस्करण समुदाय स्तरमा  प्रसारित भएको यो पहिलो घटना हुन सक्ने शंका गरिएको थियो ।

चुन मुन निबासी ती ४४ वर्षीय क्याथे चालक दलका सदस्य क्रीसमसको दिन शनिबार शिकागोबाट कार्गो उडानमा हङकङ फर्किएका थिए ।

डिसेम्बर २७ सोमबार बिहान करिब ११ बजे उनी आफ्नो चुन मुनको घरबाट ६०x नम्बरको बस चढेर  प्रिन्स एडवर्ड  गएका थिए । त्यसपछि  एमटीआर समातेर काउलुन तङको  फेस्टिभल वाकमा गए। त्यहाँ  उनी आफ्नो फोन रिपेयर गर्न एप्पल स्टोरमा गए र  परिवारका दुई जना सदस्यसँग बसेर मुन प्यालेसमा लन्च खाएका थिए ।

मुन प्यालेस रेस्टुरेन्ट

मुन प्यालेस रेस्टुरेन्ट डिसेम्बर ३० तारीख दिउँसो  ३ बजे बन्द भएको थियो । स्वास्थ्य अधिकारीहरू पनि दिउँसो रेस्टुरेन्टमा निरीक्षण र वातावरणीय नमूना सङ्कलनका लागि पुगेका थिए।

रेस्टुरेन्टका सबै कर्मचारीहरूलाई पेन्नी  बे क्वारेन्टाइन केन्द्रमा पनि पठाइएको थियो।

शेक किप मेईको चाक अन एस्टेटमा रहेको विंग चाक हाउसलाई डिसेम्बर ३० तारिख बेलुका ७ बजे लकडाउन गरिएको थियो र सबै बासिन्दाहरूलाई शुक्रबार बिहान १ बजे अघि कोभिड-१९ परीक्षण गराउनु पर्ने समय सारिणी तय भएको थियो । लकडाउन बिहान ७ बजे समाप्त हुने अनुमान गरिएको थियो ।

डिसेम्बर ३० तारीख  राति लगभग १० बजे सरकारले केनेडी टाउनको बेल्चर स्ट्रीटमा रहेको होई ताओ भवनको ब्लक एलाई पनि लकडाउन गरेको थियो । सबै बासिन्दाहरूले शुक्रबार बिहान १.३० बजे सम्म अनिवार्य परीक्षण गराइसक्नु पर्थ्यो। लकडाउन बिहान ७ बजे सकिने  अपेक्षा गरिएको थियो ।
सौभाग्यवस लक डाउन गरिएको कुनै पनि स्थानमा पोजिटिभ केस देखा परेन।

ओमिक्रोन केस भेटिएका कारण सरकारले बेलारुस, कुराकाओ र भियतनामलाई जनवरी २ मध्यरातदेखि समूह ‘ए’ उच्च जोखिमपूर्ण  स्थानमा  राख्ने भएको छ।

३१ डिसेम्बर

सात महिनापछि शुन्य केसको संजाल टुट्यो

हङकङमा शुन्य स्थानीय केस कायम भएको झन्डै सात महिना भएको थियो । तर यो शुन्य सामुदायिक संक्रमणको साङ्लो डिसेम्बर ३१ तारीख शुक्रबार दुई जना हङकङवासीमा  कोभिड-१९  पुष्टि भएपछि टुटेको छ। यी दुई संक्रमित हङकङ बाहिर पनि गएका थिएनन र उनिहरु कुनै इन्डस्ट्रीसंग पनि संबंधित थिएनन।
शुक्रबार रिपोर्ट भएका १९ वटा नयाँ केसहरू अन्तर्गत  यी दुई पनि थिए र बाँकी अन्य आयातित केसहरू थिए । सो दिन  देखा परेका केसमा  १३ देखि ७६ वर्षका बिरामीहरू थिए र सबैले ओमिक्रोन भेरिएन्ट बोकेको शंका गरिएको थियो।  तिनीहरू सबै पूर्ण  खोप लगाइएका परेका थिए   र तिनीहरूमध्ये चार जनाले बूस्टर खोप समेत लगाइसकेका थिए ।

स्थानीय दुबै संक्रमणहरू एक आयातित एयर क्रू सदस्यसँग जोडिएका थिए जो डिसेम्बर ३० तारीख  ओमिक्रोन संक्रमित भएका थिए । यो घटना नै ओमिक्रोन संक्रमित हङकङको पहिलो सामुदायिक क्लस्टर हो । अघिल्लो स्ट्रेनहरूको तुलनामा ओमिक्रोनमा ७० गुणा छिटो संक्रमित हुने क्षमता हुदछ। जुन महिनाको प्रारम्भबाट हङकङले शुन्य स्थानीय केस कायम राख्दै आएको थियो तर यो स्थानीय ओमिक्रोन आउटब्रेकले हङकङको शुन्य केस रणनीतिलाई धक्का दिएको छ।

स्थानीय संक्रमित मध्ये एक जना ७६ वर्षीय पुरुष बिरामी एयर क्रू सदस्यका पिता हुन।  उनले सोमबार आफ्नो छोरा र अर्की एक महिलासँग मुन प्यालेस रेस्टुरेन्ट, फेस्टिभल वाक काउलुन तङमा लन्च खाएका थिए ।

उनलाई पेन्नि बे क्वारेन्टाइन केन्द्रमा पठाइएको थियो  जहाँ गरिएको परिक्षणमा उनमा दुइटा म्युटेन्ट स्ट्रेन क्रमशः  N501Y र T478K देखिएको थियोे ।

अर्का एक जना स्थानीय संक्रमण अन्तर्गत रहेका थिए  ३४ वर्षीय निर्माण मजदुर । जो १० मिटर टाढा एउटै भोजनालयमा ती परिवारका तीन सदस्यहरूसँग दिउँसो बसेका थिए। उनमा डिसेम्बर २९ बुधवार लक्षण देखा परेको थियो। त्यसपछि उनी उपचारको लागि चुन मुन अस्पतालमा गए । त्यहाँ गरिएको परिक्षणमा उनमा कोभिडको दुईवटा भेरिएन्ट क्रमशः N501Y र T478K भेटिएको थियो ।

उनी मंगलबार (डिसेम्बर २८) र बुधबार (डिसेम्बर २९) मा अन शान र चुन मुनका दुई साना निर्माण स्थलमा काम गर्न गएका थिए।  उनका दुई सहकर्मीलाई पनि क्वारेन्टाइनमा पठाइएको छ ।

अर्को संक्रमण पनि ओमिक्रोन नै भएको बिश्वास गरिएको छ। एयरपोर्टको निशेधित क्षेत्रमा काम गर्ने ती ३० वर्षीया महिला ग्राउन्ड क्रु मेम्बर हुन। उनको मुल काम  प्रस्थान गर्ने यात्रुहरूको बोर्डिङ पासहरू जाँच गर्नु रहेको थियो ।

यी महिला महिला समेत  गरेर हङकङमा १६ जना  प्रारम्भिक प्रारम्भिक पोजिटिभ केस फेला परेका थिए ।

हङकङले महामारी विरुद्ध शुन्य केस सहनसिलताको रणनिति अपनाएका कारण  यसको फैलावटको जडलाइ तुरुन्तै समाती हाल्दछ फलतः अहिलेसम्म स्थानीय तहको संक्रमण अझै पनि नगण्य रहेको छ। 

एयरक्रू संक्रमण

पाँच जना क्याथे एयरक्रू सदस्यहरू ड्यूटीको सिलसिलामा  हङकङ फर्केपछि ओमिक्रोन संस्करणबाट पोजिटिभ भएका हुन। र तिनीहरूमध्ये केहीले महामारी सम्बन्धि प्रोटोकल उल्लंघन गरेका थिए  र मेडिकल निगरानीका  नियमहरू पनि  पालना गरेका थिएनन। एयरलाइन कर्पोरेट  महाप्रबन्धक एन्डी वङले शुक्रबार एक विज्ञप्तिमा भनिन। तिनीहरूको कार्यलाई “अत्यन्तै निराशाजनक” भनी वर्णन गर्दै वंङले माफी मागे र कम्पनीले उनीहरुमाथि अनुशासनको कार्बाही  गर्ने बताए।

चालक दलका सदस्यहरूले विदेशको ड्यूटीबाट फर्केको  पहिलो तीन दिन घर बाहिर ननिस्कने नियम छ। केवल अत्यावश्यक चिजबिज किन्न परे  मात्र  बाहिर जाने हो। तर चालक दलका केहि सदस्यहरु नियम तोडेर  बार, रेस्टुरेन्ट र अन्य ठाउँहरूमा गए । यसरी जथाभावी हिडने मध्ये केहिमा अन्ततः संक्रमण पुष्टि पनि भयो। एउटाले बिराउने साखा पिराउने भने झै उनीहरुको अनुशासनहिनताले  सयौं हङकङ बासिन्दाहरू अनिवार्य  परीक्षणमा जानू परयो।

जस्तै चालक दलका एक सदस्य आफ्ना पितासँग खाना  खाइरहेका बेला करिब २०० जना मानिसहरु  मून प्यालेस रेस्टुरेन्टमा  थिए। अधिकारीहरूले शुक्रबार सम्ममा ती मध्ये ८० जना जतिलाई परिक्षण गर्न सफल भएका थिए । परीक्षणले कुनै थप संक्रमण देखाएको थिएन ।

हङकङका कार्यकारी प्रमुख क्यारी लामले शुक्रबार क्याथेका कार्यकारीलाई भेटेर र नियम उल्लंघनबारे आफ्नो  असन्तुष्टि व्यक्त गरेको कुरा  खाद्य र स्वास्थ्य मन्त्री  सोफिया चान सिउ-चीले प्रेस ब्रीफिंगमा जनाईन।  लामले  नियम उलंघन गर्नेलाई  उचित कार्वाही गर्न  क्याथेलाइ भनेको कुरा चानले भनिन।

१ जनवरी २०२२

लक डाउनमा शुन्य केस भेटियो

तिन शुई वाइमा रहेको ग्रान्डुर  टेरेस ब्लक २ मा शुक्रबार राती लकडाउन हुँदा  एक जना  बासिन्दामा  पनि कोभिड-१९ पोजिटिभ भेटिएन। विमानस्थलको एक ग्राउन्ड  क्रीउ मेम्बर ओमिक्रोन संक्रमण भएको शंका गरिएको थियो । त्यसैले उनी वसेको निवासमा लकडाउन गरिएको हो।

शनिबार बिहान करिब ७ बजे लकडाउन हटाइएको थियो  ।  बिहान १ बजेसम्मको रिपोर्टमा त्यहाँका १,१२२ बासिन्दाहरू मध्ये कसैलाई पनि कोरोनाभाइरस पोजिटिभ भएको  थिएन।

सरकारले पनि करिब ३७० घरपरिवारमा  कर्मचारी पठाएको थियो जसमध्ये ३२ घरपरिवारले ढोका खोलेनन । तर सरकारले उनीहरूलाई फलो अप गर्ने बताएको छ।

डिसेम्बर १७, २०२१ र शुक्रबार (डिसेम्बर ३१) बीचको अबधिमा दुई घण्टा भन्दा बढी समय त्यहाँ ब्यतित गरेका मानिसहरूलाई  जनवरी २ सम्ममा अनिवार्य परीक्षण गराउनुपर्ने सूचना जारी गरिएको छ।

प्रारम्भिक पोजिटिभमा दरिएकी  तिन शुई रोडको त्यो ब्लकमा बस्ने ३० वर्षीया महिला ग्राउन्ड क्रु मेम्बर थिइन। उनले हङकङमा जुलाई २५ र अगस्ट २६ मा सिनोभ्याक भ्याक्सिनको दुई डोज लगाएकी थिइन।

उनले नोभेम्बर २४, २०२१ र मंगलबार (डिसेम्बर २८) बीचको अबधिमा गरेको  लगातारको १० पटकको टेस्टमा नकारात्मक परिणाम आएको थियो । मंगलबार उनमा खोकी लाग्ने जस्ता लक्षणहरू देखा परेको थियो । र दुई दिन पछि (डिसेम्बर ३०) तिन शुई स्पोर्ट्स सेन्टरको मोबाइल नमूना संकलन केन्द्रमा गरिएको परिक्षणमा प्रारम्भिक पोजेटिभ भएकी हुन।

उनको नमूनाको CT भ्याल्लु २९ र ३३ को बीचमा थियो। र उनले कोरिना भाइरसको भेरिएन्ट N501Y र T478K  बोकेकी थिइन। उक्त रुपान्तरित संस्करण बोक्नु भनेको ओमिक्रोन संक्रमणको संकेत  हो।

हालैमा उनले कतै  यात्रा गरेको इतिहास छैन र उनी अन्तिम पटक बुधबार (डिसेम्बर २९) मा काममा गएकी थिइन। प्रारम्भिक अनुसन्धानले बताए अनुसार  उनलाई  काममा नै भाइरसले भेटेको हो जहाँ उनको बरोबर संपर्क  बाहिर जाने यात्रुहरू र ट्रान्जिट यात्रुहरूसंग हुने गर्थ्यो ।
नयाँ वर्षमा १७ आयातित

हङकङमा नयाँ वर्षको दिनमा १७ वटा आयातित केस  देखा परे । जसमा तीन शुई वाइमा बस्ने ३० वर्षीय महिला ग्राउन्ड क्रू सदस्य पनि थिए। आज नै  थप आठ ओमिक्रोन केसहरू पनि पुष्टि भएका छन।

आज रिपोर्ट भएका केसहरू फिलिपिन्स, सिंगापुर, अष्ट्रेलिया, नेदरल्याण्डस, फ्रान्स, अमेरिका, क्यानडा र नेपालबाट आयात भएका थिए ।

उनीहरूमा २० देखि ५४ वर्षका चार पुरुष र १३ जना महिला थिए। तीमध्ये दुईजनाले बूस्टर खोप पाएका थिए भने दुईजनाले कोभिड-१९ को खोपको एक मात्रा  डोज प्राप्त गर्ने थिए ।  बाँकी सबै पूर्ण खोप लगाउनेहरु थिए ।  पाँच जना बिरामीमा लक्षण देखा परेको थियो

तीमध्येमा  आठ जना फिलिपिन्सबाट आएका डोमेस्टिक हेल्परहरु  थिए जो  डिसेम्बर २८ र ३० , २०२१ को अबधिमा हङकङ  आइपुगेका थिए ।

आजको केस अन्तर्गत  पन्ध्र जनामा  उत्परिवर्तीत संस्करण देखिएका थिए ।  एउटा केसको उत्परिवर्तित  परीक्षणको नतिजा विचाराधीन छ।  बाँकी एक केसको भाइरल लोड उत्परिवर्तित परीक्षणको लागि अपर्याप्त छ।  क्वारेन्टाइनका क्रममा ६ जना र विमानस्थलमा १० जनामा ​​पोजेटिभ देखिएका हुन ।

बिरामीहरू मध्ये एयरपोर्टमा काम गर्ने  ३० वर्षीय महिला ग्राउन्ड क्रु मेम्बरलाई चाहिँ आयातित केससंग आयात सम्बन्धीत भनेर सुचीकृत गरिएको छ। उनको निवास रहेको भवन  ब्लक २, तिन शुई वाईको ग्रान्डर टेरेसलाई शुक्रबार राति लक डाउन गरिएको थियो तर कसैलाई पनि कोभिड सकारात्मक भएको भेटिएन।

ओमिक्रोनको हकमा भने सेन्टर फर हेल्थ प्रोटेक्शनले  १६ देखि ७६ वर्ष उमेरका आठ जना पुरुषहरू ओमिक्रोनधारी रहेको पत्ता लगाएको छ आज। ती मध्येमा चार जनालाई विमानस्थलमा, तीन जनालाई  क्वारेन्टाइनमा र एक जना सार्वजनिक अस्पतालमा ओमिक्रोन  पोजेटिभ भएको पत्ता लागेको हो।

अहिलेसम्ममा हङकङमा जम्मा  ९५ जना ओमिक्रोन पोजिटिभ रहेका छ्न।

लक्षणहिन  र पुनः पोजिटिभ केसहरूको संख्या बढदै गइरहेको अवस्थालाई मध्यनजर गरेर आजदेखि लागू हुने गरी केन्द्रले दैनिक प्रेस विज्ञप्ति र वेबसाईटमा केसलाई तीन श्रेणीमा बिभाजन गरेर जानकारी दिने भएकी छ ती हुन   पुष्टि भएका, बिना लक्षणका र पुनः पोजिटिभ  भएका।

हङकङको कोभिड  संख्या अहिले १२,६६७ पुगेको छ।

तपाईको प्रतिक्रिया