क्रान्ति सुब्बा । हङकङ ।

डिसेम्बर २८

डिसेम्बर २८ तारीख मंगलबार हङकङमा ६ वटा नयाँ  आयातित केसहरु रिपोर्ट भएका थिए । तीमध्ये पाँच जनामा ओमिक्रोन कोरोनाभाइरस भेरिएन्ट भएको  शंका गरिएको थियो । जसमध्ये  दुई पुष्टि भएका  र एउटा प्रारम्भिक पोजेटिभ  केस क्याथे प्यासिफिकका एयरक्रू थिए । कोभिड-१९ भएको पत्ता लाग्नु अघि नै उनिहरुले  सपिङ मलको फेस्टिभल वाकतिर भ्रमण गरिसकेका थिए र क्रिसमसको छुट्टीमा सार्वजनिक यातायातमा चढेर घुमफिर गरिसकेका थिए ।

हङकङमा एयर कार्गो क्रु मेम्बरमा पनि कोभिड पुष्टि भएपछि अधिकारीहरूले एयर कार्गो चालक दलका सदस्यहरूमाथि नियमहरू कडा बनाएका छन। अब उप्रान्त होम आइसोलेसन सुरु गर्नु अघि उनीहरूले तीन दिनको होटल क्वारेन्टाइनमा बिताउनु पर्नेछ।

सेन्टर फर हेल्थ प्रोटेक्शनका नियन्त्रक एडविन चुई लोक-किनले जानकारी दिने क्रममा भने पहिलो तीन दिनको अन्तरालमा  एयरक्रू स्टाफलाई संक्रमण भएको यो ताजा घटना हो। एयर क्रु मेम्बरमाथि नियम कडा गरिनुको उदेश्य मालसामानको ढुवानी र भण्डारणलाइ कायम राख्दै प्रकोपको जोखिमलाई पनि कम कम गर्नु हो।

” भविष्यमा आउने धेरै जसो केसहरू  ओमिक्रोन भेरिएन्टको हुने संभावना उच्च छ।” सेन्टर फर हेल्थ प्रोटेक्शनका नियन्त्रक एडविन सुईले भने।  “कुनै पनि बेला  सामुदायिक प्रकोपको मुल फुटन सक्छ । संक्रमणको एउटा सानो झिल्काले पाँचौं लहर निम्त्याउन  सक्छ।”

चुईले विमान चालक दलका सदस्यहरूलाई भीडभाड हुने ठाउँहरूबाट टाढा रहन र नियमित रूपमा परीक्षण गर्न आग्रह गरेका थिए ।

मङ्गलबार पुष्टि भएका ६ वटा आयातित केसहरूमध्ये ४५ वर्षका दुईजना हवाईकर्मी थिए। उनीहरु दुवै अमेरिकाको न्युयोर्कबाट हङकङ फर्किएका थिए ।

एक जना शेक तोङ चुईको वन साउथ लेनमा बस्छन जो क्रिसमसको पूर्वसन्ध्यामा हङकङ आइपुगेका थिए। उनी बसेको  भवनमा डिसेम्बर २७ सोमबार राती लक डाउन गरिएको  थियो तर लक डाउन पश्चात एउटा  केस भेटिएको थिएन ।
दोस्रो केसधारी डिस्कभरी बेको ट्वीइलाइट कोर्टमा बस्छन र क्रिसमसको दिन हङकङ आइपुगेका थिए । उनी बसेको भवनमा  डिसेम्बर २८ मंगलबार राति  लकडाउन गरिएको थियो ।

डिसेम्बर २८ का दिन रिपोर्ट भएका  १४ जना प्रारम्भिक पोजिटिभ केसहरू मध्ये  एक जना ४४ वर्षीय पुरुष हवाईकर्मी थिए जो  चुन मुनको द सी क्रेस्टको टावर १ मा बस्छन। 

चालक दलका ती सदस्य  डिसेम्बर २२ मा हङकङबाट शिकागो गएका  थिए र डिसेम्बर २५ मा हङकङ फर्केका थिए। हङकङ आइपुगेको  दिन नै उनले शेक तोङ चुइमा बस्ने चालक दलका सदस्यसँग खाना खाएका थिए  र काउलुन तङ स्थित  फेस्टिभल वाकमा रहेको एप्पल पसलमा गएका थिए ।

लक डाउन

तीन जना क्याथे प्यासिफिक चालक दलका सदस्यमा कोविड-१९ पोजिटिभ पुष्टि भएपछि उनीहरु बस्ने वतनमा २८ तारीख बेलुकी  लक डाउन भएको घोषणा गरिएको थियो ।

लक डाउन गरिएका दुई स्थान थिए १. टावर १, द सीक्रेस्ट, चुन मुन  र २.डिस्कभरी बेमा रहेको ट्वीइलाइट कोर्टमा । बुधबार बिहानसम्म भएको लकडाउनमा एकजना पनि संक्रमित भेटिएको थिएन ।

डिसेम्बर २८ मंगलबार पुष्टि भएका छ आयातितमा तीन जना हवाई चालक दलका सदस्य  थिए र १४ जना प्रारम्भिक पोजिटिभमा परेका थिए ।

पोजिटिभ मध्ये एक जना ४५ वर्षीय फ्लाइट एटेन्डेण्ट थिए । जो डिसेम्बर २४ तारीख शुक्रबार न्यूयोर्कबाट कार्गो उडानमा हङकङ फर्केका थिए। हङकङ अवतरण पश्चात गरिएको टेस्टमा  उनी नेगेटिभ देखिएपछि  वन साउथ लेन, शेङ वानमा भएको  घरमा उनी गएका थिए ।

२५ डिसेम्बर शनिबार उनले १०:३० बजेतिर शेङ वानको मिनिसोमा किनमेल गरे । त्यसपछि 962X बस चढे  र प्रारम्भिक पोजिटिभ  केसवाला अर्को उडान परिचारकको  चुन मुन, द सी क्रेस्टमा बस्नेको  घरमा गइ लन्च खाएका थिए ।

त्यसपछि उनले ९६१ नम्बरको बस समातेर घर फर्किएका थिए  ।  डिसेम्बर २६ आइतबार साँझ करिब ७ बजे उनी साई यिङ पुन स्थित शेक तोङ सुई स्पोर्ट्स सेन्टरमा रहेको सामुदायिक परिक्षण  केन्द्रमा गएका थिए ।  सोमबार आफ्नो टेस्टको रिजल्ट पोजिटिभ आउनु अघि उसले क्वीन्स रोड वेस्टको नाइस गार्डेन स्थित  मलाक्का कुजिनमा टेकअवे लन्च किनेका थिए ।

उनको यस पोजिटिभ रिजल्टका कारण  सोमबार वन  साउथ  लेनमा रातभर लक डाउन भएको थियो,यद्यपि उक्त भवनवासी कसैमा पनि पोजिटिभ देखिएन  ।

चुन मुनमा रहेका उनका साथी ४४ वर्षीय क्याथे चालक दलका सदस्य शनिबार शिकागोबाट कार्गो उडानमा हङकङ फर्किएका थिए ।

सोमबार बिहान करिब ११ बजे उनी आफ्नो चुन मुनको घरबाट ६०x नम्बरको बस चढेर  प्रिन्स एडवर्ड  गएका थिए । त्यसपछि  एमटीआर समातेर काउलुन तङको  फेस्टिभल वाकमा गए। त्यहाँ  उनी आफ्नो फोन रिपेयर गर्न एप्पल स्टोरमा गए र  परिवारका दुई जना सदस्यसँग बसेर मुन प्यालेसमा लन्च खाए।

त्यसपछि उनी आफ्नो कोभिड टेस्टको लागि एमटिआरमा चढेर  शेक तङ चोइ  स्पोर्ट्स सेन्टर गए अनि ९६१ नम्बर बसबाट घर तिर लागे। उनको चुन मुन स्थित  आवासीय भवनमा २८ तारीख  राती लक डाउन गरिएको  थियो।

तेस्रो केस थिए शनिबार कार्गो उडान मार्फत हङकङ आइपुगेका ४५ वर्षीय एयर क्रू । उनी  डिस्कवरी बेको ट्वीइलाइट कोर्टमा बस्तथे । उनको दिन चर्या प्रायः घरमै बसेर बित्थ्यो। आइतवार चाहिँ उनी  कोविड-१९ को परीक्षण गर्न  शेक तंग चोई स्पोर्ट्स सेन्टर जान्थे। उनमा पोजेटिभ देखिएपछि ट्वीलाइट कोर्ट २८ डिसेम्बरको रात लक डाउनमा गएको थियो ।

अधिकारीहरूले गत महिना  कार्गो एयरक्रूहरूले आगमनको पहिलो तीन दिन घरमै बस्नु पर्ने  र केवल “आवश्यक” उद्देश्यका लागि बाहिर जानुपर्ने नियम बसाएका थिए ।

त्यसो त दुई जना हवाई कर्मचारीले “आगमन पछिको तीन दिनको अवधिमा कम्पनीले थप कडाइका साथ लागु गरेको आन्तरिक एन्टि-महामारी मापदण्डको पूर्ण पालना गरेका थिएनन।” क्याथेका प्रवक्ताले भने।

क्याथेले गत महिना फ्रान्कफर्टमा रहेको बेला महामारी नियन्त्रण संहिता उलंघन  गरेकोमा तीन जना संक्रमित पाइलटहरूलाई बर्खास्त गरेको थियो ।

सेन्टर फर हेल्थ प्रोटेक्शन कन्ट्रोलर एडविन चोई लोक-किनले हङकङमा ७४ ओमिक्रोन केसहरू भएको जानकारी दिए । गत हप्ताको आयातित केसको ७८ प्रतिशत र डिसेम्बर २६ आइतवार भित्रिएको ९५ प्रतिशत केस ओमिक्रोन रहेको चोइले बताए।

ओमिक्रोन भेरिएन्ट विश्वव्यापी रूपमा फैलिदै गएपछि  कार्गो चालक दलमा संक्रमणको जोखिम स्वतः बढदछ  र उनीहरूलाई घरमै सेल्फ आइसोलेसनमा राख्ने व्यवस्था पर्याप्त नहुने उनले बताएका थिए ।

“हामी छिट्टै नीतिनियमलाई कडा पार्नेछौं र उनीहरूले आगमनको पहिलो  तीन दिन होटल क्वारेन्टाइनमा बिताउनु पर्नेछ किनभने धेरैजसो केसहरू आगमनको पहिलो चार दिनमा पत्ता लाग्ने गरेका छ्न” उनले भने।

चोइले चेतावनीको भाषामा उच्च संक्रमण क्षमता भएको ओमिक्रोनका कारण हङकङमा  पाँचौं लहर आउने   उच्च संभावना छ भने।

हङकङले  ब्रुनेई दारुसलाम र पाराग्वेलाई डिसेम्बर ३१ शुक्रबार मध्यरातबाट लागु हुनेगरी उच्च जोखिम क्षेत्रको रूपमा सूचीबद्ध गर्ने भएको छ। उक्त इलाकाबाट  गैर-हङकङ बासिन्दाहरू सो दिनबाट हङकङ प्रवेश गर्न पाउने छैनन।

डिसेम्बर २९

हङकङमा २९ डिसेम्बर  बुधबार १४  जना नयाँ आयातित कोभिड केसहरु भित्रीएका छ्न।  जसमा पोक फु लाममा अनिवार्य परीक्षण गराउने १५ वर्षीया किशोरी  पनि समावेश थिइन।

यो  दिन थप १२ वटा  ओमिक्रोन केसहरू पनि पुष्टि भएको थियो । यात्रुहरूमा संक्रमण देखिएपछि  लस एन्जलस, संयुक्त राज्य अमेरिका र टोरन्टो, क्यानडाबाट आउने  क्याथे प्यासिफिकका उडानहरू निलम्बित गरिएको छ।

पोक फु लामको बेल्चर्सको टावर ६ मा बस्ने १५ वर्षीया युवती डिसेम्बर १५ मा हङकङबाट संयुक्त राज्य अमेरिका प्रस्थान गरेकी थिइन ।

उनी आइतवार CX893 उडानबाट हङकङ फर्किइन र पहिलो चार दिन पेनी बे क्वारेन्टाइन सेन्टरमा क्वारेन्टाइनमा बसिन।  सोमबार उनको नमूना परीक्षण पोजिटिभ पुष्टि भएको थियो  र उनले मंगलबार उनमा लक्षणहरू देखा परेका थिए ।

ती किशोरी  इन्क्युबेशन अवधि छ्दा  हङकङमा बसोबास  र भ्रमण गरेका ठाउँहरूलाई अनिवार्य परीक्षणमा जानुपर्ने  सूचना दिइने स्थान अन्तर्गत राखिएको छ।

१४ आयातित केसहरूमा १५ देखि ६३ वर्षका नौ पुरुष र पाँच महिलाहरू थिए। तिनीहरूमध्ये ११ जनामा उत्परिवर्तीत स्ट्रेन N501Y र T478K फेला परेको थियो । स्मरण रहोस जसमा कोरोना भाइरसको उत्परिवर्तित स्वरूप भेटिन्छ तिनीहरूमा ओमिक्रोन हुने संभावना उच्च रहन्छ।

उनीहरू अमेरिका, फिलिपिन्स, फ्रान्स, बेलायत, सिंगापुर, जर्मनी, अष्ट्रेलिया, स्पेन र क्यानडालगायतका ठाउँबाट आएका थिए।

पेन्नी  बे क्वारेन्टाइन सेन्टरमा तीन जना ​​कोभिड पोजेटिभ देखिएको थियो भने १० जना ​​विमानस्थलमा पोजेटिभ पुष्टि भएका थिए ।

बाँकी बिरामी स्थानीय एयरक्रू सदस्य हुन जसलाई मंगलबार प्रारम्भिक पोजेटिभ भएका थिए । हवाई कर्मचारीले हङकङ आउँदा क्वारेन्टाइन बस्नु पर्दैन तर निश्चित समयसम्म बिशेष मेडिकल निगरानीमा रहि  नियमित अनिवार्य परीक्षण गराउनु पर्छ । ती स्थानीय हवाई कर्मचारीले नियम अनुसार सबै गरिरहेका थिए । र सामुदायिक परीक्षण केन्द्रमा सङ्कलन गरिएको उनको नमूनामा  उत्परिवर्तीत स्ट्रेन N501Y र T478K देखिएको थियो ।

यसैबीच १२ जना ओमिक्रोन संक्रमित जनमा  १९ देखि ७९ वर्ष उमेर समूहका चार पुरुष र आठ महिला रहेका थिए । तीमध्ये १० जनामा ​​विमानस्थलमा पोजेटिभ पुष्टि भएका हुन   भने दुईजना क्वारेन्टाइनमा पोजेटिभ देखिएका हुन।

हालसम्म हङकङमा ७० वटा  ओमिक्रोन केसहरू रिपोर्ट भएको छ।

लस एन्जलस,संयुक्त राज्य अमेरिकाबाट क्याथे प्यासिफिकद्वारा संचालित यात्रु वाहक उडान CX881 मार्फत  आइतवार र मंगलबार हङकङ आएका  दुईजनामा पोजिटिभ देखिएको थियो । अर्को यात्रु वाहक उडान CX829 जो टोरन्टो, क्यानडाबाट मंगलबार हङकङ  आएको थियो जसका तीन जना यात्रुहरू विमानस्थलमा गरिएको परीक्षणमा पोजिटिभ प्रमाणित भएका  थिए। क्याथे प्यासिफिकद्वारा सञ्चालित लस एन्जलस वा टोरन्टोबाट उडने जहाजलाई डिसेम्बर २९ बुधबारदेखि जनवरी ११, २०२२ सम्म हङकङमा अवतरण गर्न निषेध गरिएको छ।

निम्न परिसरसंग संबंधित निर्दिष्ट व्यक्तिहरूले बिहीबारसम्म अनिवार्य परीक्षण गर्न गराइसक्नु पर्ने सूचना जारी गरिएको थियो ।

१. हेई हाउसमा, सिउ हेई कोर्ट, २०१ वू चुई रोड, चुन मुन

२.वन साउथ लेन, १ साउथ लेन , शेक तोङ चोइ

३. ट्वीइलाइट कोर्ट, पेनेन्सुला भिलेज, २ केपरिज ड्राइभ, डिस्कवरी बे, लान्ताउ आइल्याण्ड

४. टावर १, द सीक्रेस्ट, हाङ क्वाई स्ट्रिट, चुन मुन।

डिसेम्बर ३०

डिसेम्बर ३० तारीख बिहीबार हङकङमा १२ वटा आयातित केस दर्ज भएको छ। तीनवटा एयरलाइन्स क्रमशः  फिनल्याण्डको हेलसिंकी, टर्कीको इस्तानबुल र फिलिपिन्सको मनिलाबाट हङकङ आउने  उडानहरू दुई हप्ताका लागि हङकङ आउन रोक लगाइएको छ।

हङकङमा आज नै ओमिक्रोन भेरिएन्टका  ११ थान  केसहरू पनि थपिएका छ्न।

बिहीबार (डिसेम्बर ३०) देखि जनवरी १२, २०२२ सम्म दुई हप्ताको लागि सेन्टर फर हेल्थ प्रोटेक्शन हङकङले संबंधित  उडानहरूलाई रोकेको छ।

ती एयरलाइन्सहरु हुन  हेलसिंकी, फिनल्याण्डबाट उडने  फिनएयर उडान  AY101, इस्तानबुल, टर्कीबाट उडने  टर्की एयरलाइन्सको उडान TK083, र सेबु प्यासिफिक एयरको  मनिला, फिलिपिन्सबाट उडने उडान 5J272।

नयाँ आयातित केसहरूमा एक वर्षको बालक  र २४ देखि ६१ वर्षका आठ पुरुष र तीन जना महिलाहरू थिए। तीमध्ये सात जनाले N501Y र T478K उत्परिवर्तीत स्ट्रेनहरू बोकेका थिए। उत्परिवर्तित शिरा बोकेकाहरुमा नै ओमिक्रोन देखा पर्ने गर्दछ।

उनीहरु बेलायत, इटाली, स्पेन, युक्रेन, अमेरिका, फिलिपिन्स, पाकिस्तान र थाइल्याण्डलगायतका ठाउँबाट आएका थिए ।

२४ वर्षीय चालक दलका सदस्यले सेप्टेम्बरमा पोर्चुगलमा जान्सेन भ्याक्सिनको एक डोज प्राप्त गरेका थिए भने तीन जनाले नोभेम्बर र डिसेम्बरमा बायोएनटेक बूस्टर ज्याब हानेका  थिए।

बच्चा बाहेक अन्य सात बिरामीहरूले कोभिड-१९ खोपको दुई डोज पाएका थिए।  बच्चामा बक्सिङ डेको दिन लक्षण देखा परेको थियो ।  अन्य सबै बिरामीहरू लक्षणविहीन थिए ।

अर्कोतर्फ, केन्द्रले २१ देखि ५९ वर्ष उमेरका आठ पुरुष र तीन महिला सहित ११ वटा ओमिक्रोन केसहरु पत्ता लगाएको छ। चार जना बिरामी विमानस्थलमा सकारात्मक पुष्ठि भएका थिए , चार जना क्वारेन्टाइनमा रहदा  पोजेटिभ भएका थिए भने पछिल्ला तीन जना सामुदायिक परीक्षण केन्द्रमा पोजिटिभ भएका थिए ।

हालसम्म हङकङमा  ओमिक्रोन केस संख्या ८१ पुगेको छ।

हङकङमा कोभिड संक्रमितको कुल  संख्या अहिले १२,६३१ पुगेको छ।

निम्न स्थानका बासिन्दाहरू साथै त्यहाँ गएका नागरिकहरूलाई शुक्रबार (डिसेम्बर ३१) सम्ममा अनिवार्य कोभिड परीक्षण गराइसक्नु पर्ने कुरा रिमाइण्ड  गराइएको छ।

– शाटिनको युन वो रोडमा रहेको हङकङ खेलकुद संस्थान

-चुङ क्वान ओको तोङ तात  स्ट्रीटमा रहेको क्राउन प्लाजा हङकङ काउलुन इस्ट

– शेक तोङ चुईको नम्बर १ साउथ  लेनमा पर्ने  वन साउथ लेन

– टवीइलाइट कोर्ट, डिस्कवरी बे, २ केपेरिज ड्राइभ, पेनिन्सुला भिलेज

– टावर १, टुन मुनको हाङ क्वाई स्ट्रिटमा रहेको द सीक्रेस्ट

तपाईको प्रतिक्रिया