अनुप लिङ्देन स्मृति प्रतिष्ठानद्धारा प्रदान गरिने २०७८ को सम्मान तथा पुरस्कार साहित्यकार ,अभियन्ता तथा पत्रकार विमला तुम्खेवालाई प्रदान गरिएको छ ।

तुम्खेवा हङकङ खबर डटकमको नेपाल सम्पादकको रुपमा कार्यरत हुनुहुन्छ । त्यसैगरि सम्मान तर्फ मदन पुरस्कार बिजेता इतिहासकार तथा साहित्यकार भगिराज इङनामलाई प्रदान गरिएको छ ।
स्वार्गीय अनुप लिङदेन लिम्बु समाजमा मात्र नभएर समग्र समाज बिकासको निम्ति महत्वपुर्ण योगदान पुर्याउनु हुने एक व्यबसायी र राजनितिककर्मी हुनुहुन्थ्यो ।

सभामा प्रमुख अथिति राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको केन्द्रीय अध्यक्ष राजेन्द्र लिङेनले स्वार्गीय अनुप लिङदेन लिम्बु समाजमा मात्र नभएर समग्र समाजको बिकासको निम्ति अग्रगामी बिचार राख्ने एक सचेत अभियन्ता भएको उल्लेख गर्नुभयो । त्यसैगरि उहाँको धर्मपत्नी तथा साहित्यकार अप्सरा लावतीले आगामी दिनमा अझ प्रतिष्ठानलाई वृहतरुपमा बिस्तार गरेर लाने साहित्य , शिक्षा , कला, सँस्कृति लगायतको क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याउनुहुने व्यक्तित्वहरुलाई सम्मान तथा पुरस्कृत गर्ने बिचार व्यक्त गर्नुभयो । कार्यक्रममा करिब एक सय पचास भन्दा बढि बिभीन्न क्षेत्रका प्रसिद्ध व्यक्तित्वहरुको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया