लेखक प्रभा बरालको उपन्यास कृति ‘फिलिङ्गो’ माथि काठमाण्डौमा एक समारोहबीच चर्चा परिचर्चा गरिएको छ । महिला लेखन र प्रवर्द्धनमा सशक्त भूमिका निभाउँदै आएको संस्था ‘गुन्जन’ को आयोजनामा उक्त उपन्यासमाथि परिचर्चा गरिएको हो ।

कार्यक्रममा आख्यानकार डा ध्रुवचन्द्र गौतमको प्रमुख आतिथ्यमा, वक्ताद्वय प्रा डा ज्ञानु पाण्डे र उप प्रा ज्ञानु अधिकारीले कृतिबारे समीक्षात्मक टिप्पणी गरेका थिए । सहभागीहरु शान्ति रिसाल र रेनुका भट्टराईलगायतले कृतिबारे प्रश्न प्रश्न गरेका थिए ।

गुन्जनकी संस्थापक अध्यक्ष वरिष्ठ आख्यानकार पद्मावती सिंह र गुन्जनकी उपाध्यक्ष इल्या भट्टराईले पनि गुन्जन संस्था र साहित्यमा महिलाको अवस्थाबारे चर्चा गरेका थिए ।

गुन्जन संस्थाकी नवनिर्वाचित अध्यक्ष कथाकार जलेश्वरी श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा वरिष्ठ साहित्यकारहरुको विशेष समुपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया