गृह मन्त्रालयले इजाजत नलिई अनलाइन र नेटवर्किङ व्यवसाय सञ्चालन गरेको पाइए कारबाही गरिने बताएको छ । शुक्रवार गृह मन्त्रालयका प्रवक्ता सहसचिव प्रदीपकुमार कोइरालाले विज्ञप्ति मार्फत बिना अनुमति विद्युतीय कारोबार फस्टाउँदै गएको भन्दै त्यस्ता गतिविधि रोक्न निर्देशन दिएका छन् ।

गैर कानुनी रूपमा सञ्चालित अनलाइन मार्फत गरिने व्यवसाय, बैङ्किङ, सहकारी, बिमा र अनलाइन गेमिङ बारे निगरानी र नियन्त्रण गरिने जानकारी दिँदै मन्त्रालयले भनेका छ–‘इजाजत प्राप्त बाहेक गैर कानुनी कार्य गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही हुन्छ ।’

तपाईको प्रतिक्रिया