क्रान्ति सुब्बा

जनवरी ७ तारीख २०२२ साँझ

लक डाउन

सरकारले वान चाइ, हो मान तिन र ह्याप्पी भ्यालीका तीनवटा भवनमा जनवरी ७ तारीख  शुक्रबार राति लकडाउन  गरेको थियो। स्वास्थ्य अधिकारीहरूले ति प्रत्येक भवनमा एकेक वटा प्रारम्भिक पोजिटिभ केस फेला पारे पछि यो पकेट लकडाउन गरिएको हो।

ती भवन हुन

– ली शुन बिल्डिंग,  157-159 लकहार्ट रोड; वान चाइ

– ब्लक बी, द क्रिसेन्ट, १३ हो मान तिन हिल रोड; हो मान तिन

-यक सिङ बिल्डिङ, 1-9 यक साउ स्ट्रीट , ह्याप्पी भ्याली

वान चाइ र ह्याप्पी भ्यालीमा लकडाउन शनिबार (जनवरी ८) बिहान ७ बजे हटने अपेक्षा गरिएको थियो भने हो मान तिनमा  बिहान ७.३० बजे।

यी तीन भवनका खोप लाएका, नलाएका सबै बासिन्दाहरूले  अनिवार्य कोभिड-१९ परीक्षण गराउनु परेको थियो ।

बुधवार (५ जनवरी ) र  शुक्रबार जनवरी ७ तारीख भित्रको अवधिमा  परीक्षण नेगेटिभ आएको प्रमाणपत्र पेश गर्नेलाई पुन परीक्षण गर्नु परेको थिएन ।

एकजना प्रारम्भिक पोजिटिभ ठहरिएकी ५८ वर्षीया महिला वान चाइको उक्त भवनमा बस्ने भएकीले यसलाई लकडाउन गरिएको थियो । उनले सहरका अन्य  विभिन्न  सुपरमार्केटमा  काम गर्न गएकी  थिइन।साथै  हङकङ ब्रान्ड एण्ड प्रोडक्ट एक्सपोमा पनि गएकी थिइन।

हो मान  तिनको लकडाउन भने आरटिएचके ( RTHK) कार्यक्रम होस्ट जोयस यङ वर्ष ५३ को कारणले गरिएको थियो। उनी विटम्यान हङ वाइ-म्यानको जन्मदिनको पार्टीमा गएकी थिइन र प्रारम्भिक पोजेटिभ पुष्ठि भएकी थिइन।

ह्याप्पी भ्यालीमा भएको लकडाउनमा एक इन्डोनेसियाली घरेलु कामदार संलग्न थिइन। उनले जनवरी २ मा नर्थ पोइन्टको बेथेल फेलोशिप लिमिटेडमा अर्को संक्रमित घरेलु कामदारलाई सम्पर्क गरेपछि प्रारम्भिक पोजेटिभ भएको थियो ।

जनवरी ८ तारीख २०२२

  • लक डाउन नतिजा शुन्य पोजिटिभ

ह्याप्पी भ्याली, वान चाइ, कजवे बे, र हो मिन तिन जम्मा  चार स्थानमा भएको लक डाउनमा करिब ५०० बासिन्दाहरू माथि कोभिड टेस्ट भएको थियो तर एउटा पनि पोजिटिभ केस फेला परेन।

जनवरी ८ तारीख शनिबार बिहान ७ बजेदेखि ७.३० बजेसम्मका चारवटा लकडाउन हटाइएको थियो ।

ह्याप्पी भ्यालीको युक साउ स्ट्रिटमा रहेको युक सिङ बिल्डिङका करिब १९० जना बासिन्दा शुक्रबार राति ११.३० बजेसम्म नेगेटिभ आएका थिए ।

कजवे बेको शेल्टर स्ट्रिटमा रहेको मेल्याण्ड कोर्टका करिब ११० जना बासिन्दाहरूले पनि शनिबार बिहान १ बजेसम्म  परीक्षण नतिजा नेगेटिभ आएका थिए। वान चाइको लकहार्ट रोडमा रहेको ली शुन बिल्डिंगका करिब 80 जना बासिन्दाहरूले मध्य रातसम्मको  परीक्षण नतिजा नेगेटिभ आएका  थिए।

शुक्रबार राति १० बजेसम्म हो मान तिनको हो मान तिन हिल रोडमा रहेको क्रिसेन्ट ब्लक बीका १ सय ३५ बासिन्दाहरू मध्येबाट कोहि   पनि पोजेटिभ आएका थिएनन।

जनवरी ९ तारीख २०२२

  • कोरोना रिपोर्ट

कजवे बेको सोगो प्लाजामा सेल्समा काम गर्ने २० वर्षकी नारीलाई अज्ञात स्रोतबाट  प्रारम्भिक पोजेटिभ भएको रिपोर्ट जनवरी ९ तारीख  स्वास्थ्य संरक्षण केन्द्रले जनाएको थियो ।

एजियन कोस्ट, चुन मुनमा आफ्नो परिवारसँग बस्ने ती  महिला सोगो डिपार्टमेन्ट स्टोरमा पार्ट टाइम सेल्स लेडिको रूपमा काम गर्छिन । उनी चुन मुनको हेन्डस (H.A.N.D.S) सपिङ सेन्टरमा  उनको परिवारले चलाएको फार्मेसीमा पनि काम गर्छिन।

गत शुक्रबार  उनी ताइपो मेगा मल गएकी थिइन। र त्यस दिन साँझ ५.३० देखि ६.३० बजेसम्म सुशिरो रेस्टुरेन्टमा खाना खाएकी थिइन ।

उनी हिजो अर्थात जनवरी ८ तारीख  रिपोर्ट गरिएका २० भन्दा बढी प्रारम्भिक सकारात्मक केसहरू मध्ये एक हुन।

अर्को प्रारम्भिक पोजिटिभ केसमा मिङ वाह ताइ हा, साउकेइ वानमा बस्ने ८८ वर्षीया महिला परेकी थिइन। उनको परिवारको एक जना सदस्य  एक मसाज सेन्टरमा काम गर्थे जसले कोभिड पुष्टि भएको व्यक्तिलाई   खुट्टाको मसाज सेवा प्रदान गरेका थिए । तर ती मालिश गर्ने व्यक्तिको परीक्षण नेगेटिभ आएको थियो ।

केन्द्रका सरुवा रोग शाखा प्रमुख चुआङ सुक-क्वानले तेस्रो प्रारम्भिक पोजिटिभ  केस गत सोमबार (जनवरी ३) नेसनल पिपुल्स कंग्रेसका सदस्य विटम्यान हङ वाइ-म्यानको जन्मदिनको पार्टीमा भाग लिएकी ४३ वर्षीया महिला रहेको बताएकि थिइन।

ती महिला ३७ वर्षीया सेलिया वङ चे-ङाकी साथी हुन । उनी  पनि पार्टीमा गएकी थिइन  र उनमा गत शुक्रबार संक्रमण देखिएको थियो।

४३ वर्षीया महिला चुन वानको केबल टिभी टावरमा काम गर्छिन। उनले गत बुधबार ह्याप्पी भ्याली रेसकोर्समा डिनर गरेकि थिइन। त्यो दिन रेसकोर्स आम दर्शकको लागि खुला गरिएको थिएन।  तर त्यो दिनको   दौडमा उपस्थित  अन्य सबै सहभागीहरू, जोकी, प्रशिक्षक, घोडा मालिक, भिआइपि  र कर्मचारीलाई कोभिड परीक्षण गर्न आदेश दिइनेछ भनिएको थियो ।

हङकङमा ९ जनवरी  आइतवार ३३ वटा नयाँ कोभिड केस रिपोर्ट भएको थियो । जसमा एक जना अज्ञात स्रोतबाट र पाँच जना  स्थानीय रूपमा सरेका संक्रमणहरू थिए ।

पछिल्लो समयको अज्ञात स्रोतबाट संक्रमित  केसमा एक ३९ वर्षीय केबिन क्लिनर थिइन।  उनले जनवरी ४ तारीख मंगलबार न्युयोर्कबाट आएको क्याथे प्यासिफिक उडान CX845  विमान सफा गरेकी थिइन। पछि त्यो उडानमा सवारी ११ जना  यात्रुहरूमा संक्रमण देखिएको   थियो।

चुआंगले दिएको जानकारी अनुसार ती महिलाको उडानमा काम गर्ने एयरक्रूहरूसँग पनि सम्पर्क भएको थियो। उनलाई  विमानबाट नै  कोरोनाभाइरस संक्रमण भएको हुनसक्ने बिश्वास अधिकारीले लिएका थिए ।   उनको संक्रमणको स्रोत पहिचान गर्न आनुवंशिक अनुक्रमण (जेनेटिक सिकुएन्सिङ) जारी रहेको र उनको स्रोत किटान नभैन्जेल उनलाई  अज्ञात स्रोतको वर्गमा राखिने भनिएको थियो ।

ताइ पोमा आंशिक लक डाउन

ताई पो स्थित मेई सन बिल्डिंगको छैठौं र २४ औं तल्लाको बीचमा रहेको युनिट डीका बासिन्दाहरूलाई क्वारेन्टाइन केन्द्रमा सारिने भएको थियो ।  विज्ञहरूले भवनमा कोभिडको ठाडो प्रसारण ( vertical transmission ) फेला पारेपछि जनवरी ९ तारीख आइतबार राती सो ब्लकमा पुनः लकडाउन गरिएको थियो ।

सरकारी सल्लाहकार युन क्वक- यङले सोही आइतवार दिउँसो यस भवनको निरिक्षण गरेका थिए । उक्त भवनको  युनिट १०डि(10D ) मा बस्ने ६६ वर्षीया महिलामा प्रारम्भिक पोजिटिभ भएपछि भवनको निरीक्षण गरिएको हो। सोही भवनको युनिट ५ डि (5D) मा बस्ने एक इन्डोनेसियाली घरेलु कामदार  र उनको मालिक्नी  (रोजगारदाता) केही दिन अघि  संक्रमित भएका थिए ।

उनको विश्वासमा कोरोनाभाइरस एक वेक इफेक्ट( वायुमा दवाव सिर्जना हुनु)  मार्फत प्रसारित भएको थियो, जहाँ कोरोनाभाइरस बोक्ने हावा तल्लोबाट माथिल्लो तलाहरूमा गएको थियो ।
नतिजा स्वरूप उनले  छैठौं तल्लामा रहेको युनिट डि र त्यो तल्ला भन्दा माथिका तल्लाहरुमा  बस्ने सबै बासिन्दाले घर खाली गर्नुपर्ने सल्लाह अधिकारीहरूलाई  दिएका थिए ।

युनले पाइपमा भएको  तातो हावा युनिट १० डीमा रहेको  परिमार्जित शौचालयमा पुगेपछि वेक इफेक्ट भएको बताए।

परिमार्जित शौचालयको सावर लामो समयसम्म प्रयोग नगरिएको पाइयो र  यु (U ) आकारको पासोमा रहेको पानी पनि सुकिसकेको थियो फलस्वरूप ठाडो युनिटबाट प्रवाहित   सम्भावित दूषित हावालाई यसले छुट्याउनु सकेन।

यसका अलावा यो भवनमा प्रकाश सुरुङ (उज्यालो आवस भनेर बिल्ड्डिङ बीचमा छोडिएको स्पेस )पनि  रहेछ  । त्यसकारण यदि अन्य बासिन्दाहरूले निकास फ्यान( एक्सहस्ट पंखा ) अन गरे भने भाइरस बोकेको हावा तानिएर उनीहरूको घरमा पस्न सक्छ ।

वातावरण संरक्षण विभागका एक अधिकारीले  भवनका ढलहरू २०१८ सालमा मर्मत भएकोले राम्रै  अवस्थामा भएको बताए ।  तर युनिट १०डि (10D) को पाइप फेरिएको र एउटा कोठामा शौचालय सेट थपिएको पाइयो  जुन ठाउँबाट भाइरस फैलिएको शंका गरिएको थियो ।

मेई सन बिल्डिङमा बस्ने ५१ वर्षीय इन्डोनेसियाली घरेलु कामदारलाई जनवरी ७ तारीख शुक्रबार ओमिक्रोन संक्रमण पुष्टि भएको थियो ।  उनले जनवरी २ मा नर्थ प्वाइन्टको बेथेल फेलोशिप चर्चमा अर्को ४३ वर्षीय इन्डोनेसियाली घरेलु कामदारसँग भेटेकी थिइन जसलाई जनवरी ५ तारिख  बुधबार पोजिटिभ भएको थियो ।

५१ वर्षीया घरेलु कामदारलाई जनवरी ५ तारीख बुधबार ४३ वर्षीया घरेलुु कामदारको घनिष्ठ  सम्पर्कमा भएको व्यक्तिको  रूपमा वर्गीकृत गरिएको थियो र सोही दिन कोभिड परीक्षणका लागि ताई वो स्पोर्टस सेन्टर गएकी थिइन।

उनको रोजगारदातालाई नानीहरू सहित पेन्नी  बे क्वारेन्टाइन सेन्टरमा पठाइएको थियो र दुबै जना शनिबार कोभिड  पुष्टि भएका थिए ।

ताइ कोक चोइ र चुन मुनमा लकडाउन

प्रारम्भिक पोजिटिभ केस भेटिएका भवनहरुमा भटाभट प्रत्येक रात हङकङमा लक डाउन गर्ने सिलसिला जारी छ। प्रारम्भिक पोजेटिभ  फेला परेको आधारमा  ताइ कोक चुइ  र चुन मुनका दुई निजी आवासीय भवनहरूमा जनवरी ९ तारीख आइतबार साँझ ७ बजे लकडाउन जारी गरिएको थियो ।

संक्रमित बिरामी सेलिया वङ चे ङासंग बसेर लन्च खाएपछि प्रारम्भिक पोजिटिभ भएकी एक ४३ वर्षकी महिलाका कारण  टावर टु, हार्बर ग्रीन, ताई कोक चुईमा लक डाउन  गरिएको हो।

दुवै महिला जनवरी ३ तारीख सोमबार आयोजित नेशनल पिपुल्स कंग्रेस सदस्य विटम्यान हङ वाइ-म्यानको जन्मदिनको पार्टीमा गएका थिए।

टावर आठ, एजियन कोस्ट, चुन मुनको अर्को लकडाउन  भने सोगो कजवे बेमा पार्ट टाइम काम गर्ने २० वर्षकी सेल्स लेडि प्रारम्भिक पोजेटिभ भएका कारण गरिएको थियो ।

१० जनवरी २०२२

तीन स्थानको लकडाउनबाट शुन्य पोजिटिभ

एकै रातमा चुन मुन, ताइ कोक चुइ र ताइ पो गरि जम्मा  तीन स्थानमा गरिएको लकडाउनमा  लगभग १,५०० बासिन्दाहरूको कोभिड परिक्षण गरिएको थियो जसमा कतैबाट पोजिटिभ केस आएन।

सोमबार बिहान ६ः१५ देखि ६ः४५ बजेसम्मका तीनवटा लकडाउन हटाइएको थियो ।

चुन मुनको एजियन कोस्टको टावर ८ मा लगभग ६१० बासिन्दाहरूले मध्यरातसम्ममा गरिएको टेस्टमा सबैको  नकारात्मक नतिजा आएको थियो ।

राती  १२.३० बजेसम्म ताइ कोक चुईको हार्बर ग्रीनलसोको टावर २ मा ५१० जना बासिन्दाको परीक्षण नेगेटिभ आएको थियो  भने ताइ पोको मेई सन बिल्डिङमा रहेका ४३० जना बासिन्दाको पनि रिजल्ट  नेगेटिभ आएको थियो ।

तीन स्थानमा भएको लकडाउनमा  पाँच जना बासिन्दाले परीक्षण आदेश अवज्ञा गरे जसलाई जनही   HK $ 5,000 जरिवाना गरियो र  अनिवार्य परीक्षणमा जानुपर्ने  आदेश दिइयो।

तपाईको प्रतिक्रिया