शान्तिराज राई, न्युयोर्क

राई इज किङ महागायक राजेश पायल राइलाइ नेपालमा भव्य स्वागत गरिएको भिडियो हेर्नुस

महागायक राई इज किंग राजेशपायल राईको अमेरिकाको जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थल  (John F. Kennedy International Airport) बाट राजकिय बिदाई गरीएको छ । राजेश पायल राई फेरवेल (Rajesh Payal Rai Farewell ) नामक कार्यक्रमका आयोजक बुद्ध  ट्याक्सका पशुपती श्रेष्ठले आयोजना गरेका थिए।

अमेरिकी सरकारले दिएको सुरक्षाकर्मीका साथमा महागायक राजेश पायल राइ विमानस्थलमा

उक्त कार्यक्रममा अमेरिकामा रहेर लामो समाजसेवामा खटिरहनु भएका केशबराम राई, आदिवासी जनजाति महासंघ अमेरिकाका वरिष्ठ  उपाध्यक्ष मिंगमा शेर्पा, आदिवासी जनजाति महासंघ अमेरिकाका सभामुख सुवर्ण शाक्य, गुरुंग समाज अमेरिका कोषाध्यक्ष  अंजित गुरुङ , कलाकार प्रेम गुरुङ , नेपाली अमेरिकन कलाकारका वरिष्ठ  उपाध्यक्ष बसन्ती राई,
डिजे जांगबु शेर्पा, पत्रकार संजोग आचार्य, सुनिता शर्मा कोईराला, बज्र फिल्मका रक लामा, अंजान श्रेष्ठ  लगायत सयौं नेपालीहरूको उपस्थिति रहेको थियो ।

बिदाई कार्यक्रममा बोल्दै महागायक राईले यस्तो खालको बिदाई पाउने पहिलो नेपाली कलाकार भएकाले आफु भाग्यमानी रहेको र यसको श्रेय नेपाली संगीतलाई माया गर्ने सबै श्रोता दर्शकलाई जाने घोषणा गरे । उनले भने यो सम्मान मेरो नभएर सम्पुर्ण गीत संगीतको सम्मान रहेको र आगामी दिनमा पनि यसैगरी नेपाली गीत  संगीतलाई माया गर्न आग्रह गरे । राईले आफ्नो गीतको प्रसंग जोडदै सुनाए – “मेरो गीतै छ । फैलियो माया दुबोसरी यसैगरी दुबोलाई जहाँ फ्याक्नुस त्यहीबाट उम्रिन सुरु गर्छ । हो त्यसैगरी तपाईहरूको माया बढोस नेपाली गीत  संगीतले जितोस ।”

संचारकर्मीले सोधेको न्युयोर्क घटनाको बारेमा यसलाइ बिर्सन र आफुले क्षमा गरेकोले आफ्नो शुभचिन्तकलाई पनि  माफ दिन आग्रह गरे । उनले अगाडि भने -“आयोजकबाट जे आयो त्यो सत्य नै हो । म सुरक्षित नै थिएँ । कार्यक्रमको टिकट सोल्ड आउट भएको कार्यक्रम आयोजकले बताइनै सकेका छन । घटना घटाउनेले आफै बिरामी भएको स्वीकारेकाले उहाको शिघ्र स्वास्थ लाभको कामना गर्दछु।”

तपाईको प्रतिक्रिया