क्रान्ति सुब्बा

जनवरी ११ तारीख २०२२

हङकङकि कार्यकारी प्रमुख  क्यारी लामले जनवरी ११ तारीख मंगलबार  सबै किन्डरगार्टेन र प्राथमिक विद्यालयहरू जनवरी १४ तारीख शुक्रबारबाट बन्द हुने बताएकी छिन र चीनिया नयाँ वर्ष सकिएपछि मात्र पुनः ती स्कुल सामान्य रूपमा संचालनमा आउने घोषणा गरिन।

साप्ताहिक प्रेस ब्रीफिङमा बोल्दै,उनले अहिलेसम्म तीन बालबालिकालाई उनीहरूको परिवारका सदस्यहरूबाट कोरोनाभाइरस सङक्रमण भैसकेको र तीनै जना कोभिड पत्ता लाग्नु अघि नै विद्यालय आउनेजाने गरिसकेको बताइन।

विद्यालयका बालबालिकाको घनिष्ठ सम्पर्कमा रहेकाहरु जस्तै   शिक्षक र सहपाठीहरुलाई  क्वारेन्टाइन केन्द्रहरूमा पठाइनु राम्रो  होइन । र अझै पनि समाजमा अदृश्य ट्रान्समिशन चेनबाट  संक्रमण हुने जोखिम  यथावत छ लामले भनिन।

सरकारले ओमिक्रोन प्रकोपलाई फैलन नदिन प्रत्यक्ष कक्षा बन्द गर्ने भएपछि ५ लाख भन्दा बढी संख्यामा रहेका बालबालिकाहरु स्कुल जान नपाउने भएकाछ्न। महामारी शुरु भए यता यस पटकको बन्द चौथो पटक हो।

अधिकारीहरूले छिट्टै सिनोभ्याक खोप पाउने उमेरको सीमा घटाएर  पाँच वर्ष  पुरयाउने  लामले पत्रकारहरूलाई बताइन।

लुनार( चाइनिज ) नयाँ वर्षको छुट्टीपछि  विद्यार्थीहरूलाई विद्यालयमा नै सिनोभ्याक खोप लगाउने व्यवस्था मिलाइने उनले बताइन।

हङकङमा  जर्मनीको बायोएनटेकले बनाएको अर्को खोप  १२ वर्ष वा सो भन्दा  माथिका बालबालिकाका लागि उपलब्ध भएको उनले जनाइन।

“म आशावादी र विश्वस्त छु , हामीले हालको परिस्थितिलाई जित्न सक्छौं,” लामले भनिन।

खोप अभियानमा हङकङ अन्य विकसित शहरहरूको तुलनामा  धेरै पछाडि रहेको देखिन्छ । हङकङमा ७५ प्रतिशतभन्दा कम योग्य व्यक्तिहरूले पहिलो डोज प्राप्त गरेका छ्न। ७० प्रतिशतभन्दा कमले दोस्रो डोज प्राप्त गरेका छन।  करिब ८ प्रतिशतले तेस्रो डोज प्राप्त गरेका छन ।

शिक्षामन्त्री केभिन यङ युन-हुङले सशरिर कक्षाहरू निलम्बन गर्ने  निर्णय गर्नु बहुत गाह्रो  भएको बताए। यस विषयमा समाजमा आएका विभिन्न विचारहरूको कदर गर्दै  विद्यालयहरूमा कोभिड प्रकोपलाई  रोक्न यस्तो  निर्णय गर्नु परेको उनले बताए ।

किन्डरगार्टन र प्राथमिक तहका  विद्यार्थीहरू सानो उमेरका भएका कारण आफ्नो हेरचाह गर्न कम सक्षम हुन्छन। फेरि यो उमेर समुहको लागि अहिले खोप उपलब्ध  छैन ।

हालै विद्यार्थीमा संक्रमण हुने क्रम बढेपछि अधिकारीहरूले ई-क्लासको पक्षमा स्कुल  कक्षाहरू बन्द गर्ने निर्णय गरेका हुन।
स्मरणीय छ हङकङमा अहिले ४० जना भन्दा बढी स्थानीय नागरिकमा ओमिक्रोन संक्रमण पुष्ठि भएको छ भने ४,००० जना भन्दा बढी संक्रमितको संसर्गमा रहेकालाई अनिवार्य क्वारेन्टाइनमा पठाइएको छ।

जनवरी १३ २०२२

शिक्षा ब्यूरोले लुनार  नयाँ वर्षको बिदा सकिएपछिको दुई हप्ताभित्र प्रत्यक्ष  कक्षाहरू सुचारु गर्ने व्यवस्थाबारे जानकारी प्रदान गर्नेछ, शिक्षाका उपसचिव क्रिस्टीन चोई युक-लिनले भनिन।

५०० भन्दा बढी प्राथमिक विद्यालयहरू र १,००० भन्दा बढी किन्डरगार्टेनहरूलाई असर गर्दै  प्रत्यक्ष कक्षाहरु जनवरी १४ तारीख शुक्रबारबाट निलम्बन हुने भएपछि यस्तो कुरा आएको हो। 

माध्यमिक स्तरका कक्षाहरु निलम्बन नहुनुको कारण ठुला विद्यार्थीहरुले  आफ्नो राम्रो हेरचाह गर्न सक्ने भएकोले हो भन्ने कुरा  कार्यकारी प्रमुख क्यारी लामले मंगलबार अवगत गराइसकेकी छिन।

प्रत्यक्ष कक्षालाई पुन शुरु गर्नु अघि  महामारीको जोखिम पक्ष र खोप दरको अवस्था लगायत   विभिन्न कारक तत्वमाथि मनन गर्नुपर्ने हुन्छ। तर त्यसो भन्दैमा विद्यार्थीहरूलाई विद्यालय जान कै लागि भनेर जबरजस्ती खोप लाउनको लागि कर गर्नु हुदैन चोइले हिजो भनिन।

एडेड प्राइमरी स्कुल हेडस एसोसिएसनका मानार्थ  अध्यक्ष च्यङ युङ-पोङले आफ्नो विद्यालयमा अर्को हप्ता विद्यार्थीहरूलाई परीक्षाका प्रश्नपत्रहरू घरमै पूरा गर्नका लागि वितरण गरिने बताए।

उनले मंगलबारको घोषणापछि विद्यालयहरूलाई प्रत्यक्ष   कक्षा स्थगनको तयारी गर्न तीन दिनको समय दिइएको बताए।

तपाईको प्रतिक्रिया