क्रान्ति सुब्बा

१० जनवरी २०२२ सोमबार  ( दिउँसो २ बजे)

१८ स्थानमा अनिवार्य परिक्षण सूचना जारी

हङकङमा कोभिड संक्रमित बिरामीहरु घुमेडुलेका १८ स्थानहरुलाई  अनिवार्य परिक्षण सूचना जारी गरिएको थियो जसमा  चुन वानका दुई रेस्टुरेन्टहरू पनि परेका थिए ।
जनवरी १० तारीख सोमबारको अघिल्लो घडीमा  जारी गरिएको अनिवार्य परीक्षण सूचनाहरूमा चार जना सम्भावित आयातित केससंग सम्बन्धित केस बोकेका व्यक्तिद्वारा भ्रमण गरिएका १८ परिसरहरू सूचनामा समावेश थिए । र ती स्थानमा गएका व्यक्तिहरूले  सोमबार नै पहिलो परीक्षण पूरा गर्नुपर्नेछ भनिएको थियो ।

स्थानहरू

1. फेयरवुड, पसल 85-98, 1/F, फर्च्यून प्लाजा, 4 अन ची रोड, ताई पो;

2. Qdama, पसल 2, G/F, ग्रीनरी  प्लाजा, 3 Chui Yi Street, Tai Po;

३. जेड प्लाजाको G/F  बजार, ३ अन कची रोड , ताई पो;

4. जेसन्स मार्केट प्लेस, पसल 9 र 10, G/F, Eightland Gardens, 2 On Chee Road, Tai Po;

5. लाइ चिङ्ग सैलुन, पसल 128C, 2/F, जेड प्लाजा, 3 अन ची रोड, ताई पो;

6. फंग यिङ सेन कुन ताई पो नेवरहुड एल्डरली सेन्टर , युनिट 207-213, 1/F, सोपिङ सेन्टर , व्युटिफुल गार्डेन, 11 चुई लोक स्ट्रीट, ताई पो;

7. Fong Shu Chuen डिस्ट्रीक्ट एल्डरली कम्युनिटी सेन्टर , 1/F, Fong Shu Chuen सोसल सर्भिस बिल्डिङ, 6 Po Man Street, Shau Kei Wan;

८. तुङ आह डिस्पेन्सरी , पसल S-215 & S-216, 2/F, H.A.N.D.S, 2A Tuen Mun Heung Sze Wui Road, Tuen Mun;

९. ब्लक १, मिङ वाह ताई हा, १-२५ ए कुङ नाम रोड, शाउ केई वान;

10. हेनरी जी. लियोंग याउमातेई सामुदायिक केन्द्र, 60 पब्लिक  स्क्वायर स्ट्रीट, याउ मा तेई;

11. परेड रिंग, ह्याप्पी भ्याली रेसकोर्स, वोंग नाइ चुङ रोड, ह्याप्पी भ्याली;

ह्याप्पी भ्याली रेसकोर्स

12. भोटिङ मेम्बर  बक्स, 5/F, मेम्बर  स्ट्यान्ड I, ह्याप्पी भ्याली रेसकोर्स, वोंग नाइ चुङ रोड, ह्याप्पी भ्याली;

13. Cheung Shing चाइनिज रअ मेडिसिन , पसल N-216, 2/F, H.A.N.D.S., 2A Tuen Mun Heung Sze Wui Road, Tuen Mun;

14. सिउ लुन कम्युनिटी हल, 19 सिउ लुन स्ट्रिट, चुन मुन;

15. चाई वान कोक कुक्ड फूड मार्केट, 4ए चाई वान कोक स्ट्रीट, चुन वान;

16. Yoogane, पसल नं. 350-352, लेभल 3, Tsuen Wan Plaza, 4-30 Tai Pa Street, Tsuen Wan;

17. M&C.Duck, शप नम्बर 508-510, लेभल  5, Tsuen Wan Plaza, 4-30 Tai Pa Street, Tsuen Wan;

18. ताई वो स्पोर्ट्स सेन्टर , पोडियम लेभल , ताई वो शपिंग सेन्टर, ताई वो एस्टेट, ताई पो;

क्वारेन्टाइन अबधि अब १४ दिन मात्र

जनवरी १० तारीख सोमबार  १७:३० बजे

सोमबार (जनवरी १०) देखि नयाँ स्थानीय कोभिड-१९ संक्रमितका घनिष्ठ संसर्गमा रहेकाहरुलाइ २१ दिनको सट्टा १४ दिन मात्र  पेन्नी  बेको  क्वारेन्टाइन सेन्टरमा  राखिने भएको छ।

हङकङमा २४ वटा नयाँ कोभिड-१९ का केसहरू रिपोर्ट गर्दा स्वास्थ्य सुरक्षा केन्द्रका चुआङ शुक-क्वानले दैनिक पत्रकार सम्मेलनमा यो परिवर्तनबारे बताएकी हुन।

जनवरी १० भन्दा अगाडि सम्मको अवधिमा घनिष्ट सम्पर्क सुचीमा परेकाले २१ दिन अनिवार्य क्वारेन्टाइन बस्नु पर्थ्यो । तर जनवरी १० तारिखबाट  १४ दिने क्वारेन्टाइन सकेपछि सात दिन  स्व- निगरानीमा घरमै बिताउनु पर्ने प्रावधान रहेको छ। ​​

त्यसपछि अनिवार्य परीक्षण सूचना अन्तर्गतको प्रचलित नियम अनुसार १९ औं दिनमा कुनै पनि  सामुदायिक परीक्षण केन्द्रमा गएर  अनिवार्य परीक्षण गराउनु पर्दछ।

ओमिक्रोनको इन्क्युबेशन( गर्वाधान) अवधि छोटो हुने भएकोले  र हालै  क्वारेन्टाइनमा जानुपर्ने  मानिसहरूको संख्या ह्वात्तै  वृद्धि हुन थालेकोले यो परिवर्तन गरिएको चुआङले भनिन।

तर यस भन्दा अगाडि घनिष्ठ सम्पर्कको सुचीमा परेर क्वारेन्टाइन भोगिरहेका  व्यक्तिको हकमा यो नियम लागू हुन्न जस्तै गृह मामिला  सचिव क्यास्पर चुइ यिंग-वाइ र अध्यागमन निर्देशक आउ का-वाङ।

जनवरी १० तारीख  सोमबार पाँच नयाँ स्थानीय केस रिपोर्ट भएका थिए, जसमा एउटा अज्ञात स्रोतबाट संक्रमित केस पनि परेको थियो । ती बिरामी सोगो डिपार्टमेन्ट स्टोरमा काम गर्ने  २० वर्षीया सेल्सवुमन थिइन जसले चुन मुन फार्मेसीमा पनि काम गरेकी थिइन। उनका बुबामा पनि प्रारम्भिक पोजेटिभ देखिएको थियो भने  परिवारका अन्य दुई सदस्यहरूमा पनि लक्षण देखिएको थियो ।

तिनीहरू दुवै एजियन कोस्ट, चुन मुनको ब्लक ८ मा बस्छन। बुबामा त छोरी भन्दा पहिले जनवरी १ तारिख लक्षण देखिएको थियोे ।  चुन मुनको H.A.N.D.S शपिंग मल रहेको एक फार्मेसीका संचालक हुन ती महिलाका पिता ।

कुरा बुझ्दा क्याथे प्यासिफिकका  पाइलटले त्यो फार्मेसीमा पनि  किनमेल गरेका थिए । यो केसको सम्बन्ध उक्त पाइलटसंग छ वा छैन अधिकारीहरूले  अनुसन्धान गर्ने भनिएको थियो ।
उनी सोही मलमा रहेको दो शिङ रेस्टुरेन्टमा पनि जान्थे र जनवरी ७ मा भी सिटीको टाइगर क्याफेमा गएका थिए।

उसले भ्रमण गरेका अन्य भोजनालयहरूमा  न्यू टाउन प्लाजा शा तिनमा  रहेको आउटब्याक र चुन मुनमा रहेकोे  फात फात  फास्ट फूड परेका   थिए।

डिसेम्बर २७ देखि  जनवरी ९ भित्रको अवधिमा हेन्डस (H.A.N.D.S) सपिङ मल भ्रमण गर्ने सबैले अनिवार्य परीक्षणमा जानुपर्ने आदेश जारी गरिएको थियो ।

ताई कोक चुईको टावर २, हार्बर ग्रीनमा बस्ने एक ४३ वर्षीया घोडा मालिक्नी महिला पनि कोभिड-१९ को  पुष्टि केस अन्तर्गत परेकी थिइन। उनी एक ३७ वर्षीय संक्रमित महिला  चाइनिज मेनुफेक्चरर्स एसोसिएसन अफ हङकङ युथ  कमिटी सदस्य सेलिया वङ चे-ङा कि साथी हुन।  र दुबै जना सेन्जेन छिन हाइका लागि नियुक्त  हङकङका प्रमुख सम्पर्क अधिकारी विटम्यान हङ वाइ-म्यानको जन्मदिनको पार्टीमा सहभागी भएकी थिए ।
उक्त जन्मदिनमा  २१४ जनाको  सहभागीता रहेको  पत्ता  लागेको छ।

मेइ फुमा लकडाउन

जनवरी १० तारीख सोमबार  २०:०० बजे

एक बासिन्दामा कोभिड-१९ पोजेटिभ देखिएपछि सोमबार राति मेइ फू सुन चुनको एउटा ब्लकमा लकडाउन  गरिएको थियो ।

साँझ ७ बजेदेखि सुरु भएको लकडाउन  ५-७ नासाउ स्ट्रीट, मेई फू सुन चुन फेज ५, मेई फूमा लागू भएको थियो।

आज पत्ता लागेको एक प्रारम्भिक पोजिटिभ केस भएको व्यक्ति यही भवनमा बस्तथे र उनमा भाइरसको भेरिएन्ट पनि पत्ता लागेको थियो ।

बासिन्दाहरूलाई मध्यरात अघि परीक्षण गर्न भनिएको थियो ।

सोगो केसको सम्बन्ध क्याथे फ्लाइट एटेन्डेन्टसंग

जनवरी १० तारीख सोमबार  २१:०० बजे

कजवे बेको सोगो (SOGO) डिपार्टमेन्ट स्टोरमा काम गर्ने  एक सेल्सवुमनलाइ चुन मुनमा फार्मेसी चलाएर बसेका आफ्नो बुबाबाट संदिग्ध ओमिक्रोन भेरिएन्ट सरेको हुनसक्ने भनिएको थियो । उनको पिताद्वारा संचालित फार्मेसीमा मून प्यालेस क्लस्टर ट्रिगर गराउने  क्याथे प्यासिफिकका फ्लाइट एटेन्डेन्टले  हालै किनमेल गर्न गएको बेला भाइरस सरेको हुनसक्ने  स्वास्थ्य संरक्षण केन्द्रले जनाएको थियो ।

२० वर्षकी ती पार्ट टाइम सेल्सवुमन सोमबार पुष्टि भएका २४  वटा कोभिड केसहरू मध्ये एक मात्र अज्ञात स्रोतवाला केस हुन। स्थानीय स्तरमा संक्रमित अन्य चार केसहरू पनि थिए  तर सबै क्लस्टरहरूसँग जोडिएका थिए । बाँकी रहेका  १९ वटा केस आयातित  थिए।

सेन्टर फर हेल्थ प्रोटेक्शनका सरुवा रोग इकाई प्रमुख चुआंग सुक-क्वानले महिलाका बुबामा पनि प्रारम्भिक पोजिटिभ भएको बताइन। बुबालाई जनवरी १ मा नै खोकी र ज्वरो आउन थालेको थियो भने छोरीमा अहिलेसम्म लक्षण नदेखिएको चुआङले बताइन।

बुबा र छोरी चुन मुन सो क्वुन वात स्थित  एजियन कोस्ट ब्लक ८ मा सँगै बस्छन र दुबै चुन मुनको हेन्डस(H.A.N.D.S) मल स्थित  आफ्नै फार्मेसीमा काम गर्छन।
बुबालाई घनिष्ठ  सम्पर्कको रूपमा वर्गीकृत गरिएको थियो र उनमा लक्षण देखा परेकोले चुन मुन अस्पताल पठाइएको थियो ।

अनुसन्धानले पत्ता लगाए अनुसार ४४ वर्षीय बर्खास्तमा परेका क्याथे प्यासिफिकका पुरुष फ्लाइट एटेन्डेन्ट जसले काउलुन तङको फेस्टिभल वाकको मुन प्यालेस रेस्टुरेन्टमा लन्च खाएका थिए  र हङकङमा ओमिक्रोन भेरिएन्टको स्थानीय संक्रमणलाई जन्माएका थिए । उनले  बुबा र छोरी संचालित चुन मुनको फार्मेसीमा डिसेम्बर २७ तारीख किनमेल गरेका थिए ।

“संभवत  बुबालाई  उक्त पुर्व एयरक्रूबाट भाइरस सरेको   हो तर उनीहरु एउटै भाइरसबाट संक्रमित हुन वा होइनन भन्ने कुरा   आनुवंशिक अनुक्रमको नतिजा आएपछि मात्र  थाहा हुन्छ।” चुआङले भनिन।

  बुबा बारम्बार हेन्डस(H.A.N.D.S) मल स्थित  डो शिंग रेस्टुरेन्टमा जान्थे र कहिलेकाहीँ त त्यहाँ तीन पटक सम्म खाना खान्थे। उनले जनवरी ७ मा चुन मुनको भि सिटीमा रहेको टाइगर क्याफे र शा तिनको न्यू टाउन प्लाजामा रहेको आउटब्याक र चुन मुनमा रहेको फात फात फास्ट फूड लगायत अन्य धेरै रेस्टुरेन्टमा  पनि भ्रमण गरेका थिए ।

“स्थिति निकै चिन्ताजनक छ किनकि  उक्त हेन्डस (H.A.N.D.S.) मलमा मौन तरिकाले भाइरस संक्रमण भइरहेको हुन सक्छ किनकी सेल्सवुमन र उनका बुबा दुबै जना लामो समयसम्म सो  मलमा व्यतीत गर्ने र खाना खाने गर्दथे।” उनले भनिन।

सोमबार पुष्टि भएका अन्य चार केसहरूमा ताइ पोको मेई सन बिल्डिङको युनिट १० डीमा बस्ने ६६ वर्षीया महिला पनि थिए। उनलाई एक इन्डोनेसियाली घरेलु सहयोगी, उनको रोजगारदाता र युनिट 5D मा बस्ने रोजगारदाताकी किशोरी छोरीबाट भाइरस सरेको थियो।

चुआङले भवनको 6D देखि 24D सम्मका युनिटहरूमा बस्ने ४१ जनालाई पेन्नी  बे क्वारेन्टाइन केन्द्रमा पठाइएको बताए। स्वास्थ्य अधिकारीहरूले उक्त भवनबाट ४० भन्दा बढी वातावरणीय नमूनाहरू पनि संकलन गरेका थिए । चार वटा नमूनाको नतिजा आउन बाँकी रहेको र अन्य सबै नमूनाको नतिजा नेगेटिभ आएको चुआङले बताइन ।

सम्पर्क अधिकारी विटम्यान हङ वाइ-म्यानको जन्मदिनको पार्टीमा भाग लिने ४३ वर्षिया महिला आइतवार प्रारम्भिक पोजिटिभ भएकी थिइन र सोमबार कोभिड पोजेटिभ पुष्टि भइन।

आयातित केसहरूसँग सम्बन्धित अन्य दुई केसहरूमा एक संक्रमण पुष्टि भएका व्यक्तिलाई  खुट्टाको  मसाज उपलब्ध गराउने एक मालिशकर्ता र उक्त मालिसकर्ताका ८८ वर्षीय पारिवारिक सदस्य परेका थिए जो  मिंग वाह ताइ हा, शाउ केई वान निवासी हुन।

सोमबारको दिन सातवटा प्रारम्भिक पोजेटिभ  केस पनि रिपोर्ट भएका थिए र  सबै केसहरु पेन्नी  बे क्वारेन्टाइन केन्द्रमा रहेका कोविड-१९ संक्रमित  बिरामीहरूको घनिष्ठ सम्पर्कमा रहेका व्यक्तिहरू थिए।

ती केसहरू अन्तर्गत  नर्थ  प्वाइन्टको फ्लोरा गार्डेन निवासी वान चाइको सेन्ट फ्रान्सिस क्यानोसियन कलेजमा पढने १६  वर्षीया एक विद्यार्थी पनि समावेश थिइन । उनी पछिल्लो पटक शुक्रबार विद्यालय गएकी थिइन र तिन हाउमा ट्युसन कक्षा लिन गएकी थिइन ।  उनी सिक्स गार्डेन रेस्टुरेन्ट क्लस्टरसँग सम्बन्धित थिइन।

हङको जन्मदिनको पार्टीमा संलग्न संक्रमित पाहुना सेलिया वंग चे-ङाका दुई आफन्तहरूमा पनि सोमबार प्रारम्भिक पोजिटिभ देखा परेको थियो ।

मेइ फु लक डाउनमा शुन्य पोजिटिभ

जनवरी ११, २०२२ मंगलबार , बिहान ११ बजे

प्रारम्भिक पोजिटिभ केस फेला परेपछि सरकारले सोमबार राति  मेई फू सुन चुन फेज ५ को आवासीय ब्लकमा लक डाउन गरेको थियो जहाँ ३४० जना बासिन्दाले कोरोना टेस्ट गरिएको थियो तर एउटै पनि पोजिटिभ केस फेला परेको थिएन ।

अधिकारीहरूले करिब १५० घरपरिवारको ढोका ढकढकाएका थिए । तीमध्ये १५ परिवारले ढोका खोलेनन।

हङकङका ११ स्थानलाई ओमिक्रोन संक्रमण हुने  उच्च जोखिम क्षेत्र तोकियो

जनवरी ११ ,२०२२ मंगलबार १३:०० बजे

हङकङमा ओमिक्रोनबाट सङ्क्रमित हुने औसत जोखिम आगामी सात दिनमा बढनेछ भनेर हङकङ पोलिटेक्निक युनिभर्सिटीले आफ्नो अनुसन्धानको नतिजा सार्वजनिक गरेको थियो । उच्च जोखिममा रहेका जिल्लाको संख्या  ६ बाट ११ पुग्नेछ भनिएको थियो जसमा शा तिन र काउलुन बे जस्ता क्षेत्रहरू पनि  समावेश थिए ।

काउलुन तङ, नर्थ पोइन्ट, कजवे बे, ह्याप्पी भ्याली, ताई पो र चुन मुन हालका छ वटा उच्च जोखिम क्षेत्र अन्तर्गत थिए ।

नयाँ उच्च जोखिम क्षेत्रहरूमा चुन वान, शा तीन,काउलुन बे,क्वुन तङ र युन लङ  समावेश थिए ।

पोलिटेक्निक युनिभर्सिटी

अनुसन्धान टोलीले उच्च जोखिम क्षेत्रहरूको भविस्यवाणी गर्न बिरामीहरूको स्थान, तिनीहरुको संक्रमण पत्ता लागेको समय र लक्षण विकास भएको  समय, जनमानसको हिडडुल, खोप दर र सामाजिक दूरीको सूचकांक प्रयोग गरेका थिए ।

सरकारले गत शुक्रबार सामाजिक जमघट कम गर्न लागु गरेको नियमको सकारात्मक प्रभाव महामारी  प्रकोप नियन्त्रणमा परेको निष्कर्ष पनि यो अनुसन्धानले निकालेको थियो ।

“पाँचौं लहर सुरु भएपछि नागरिकहरु बाहिर कम निस्कन थालेको  देखियो जसले भाइरस फैलावटको जोखिममा न्युनता ल्याएको छ।” रिपोर्टमा भनिएको थियो ।

तपाईको प्रतिक्रिया