क्रान्ति सुब्बा

नर्थ पोइन्ट र चुन मुनको लकडाउनमा शुन्य पोजेटिभ

नर्थ पोइन्ट र चुन मुनमा जनवरी १२ तारीख मंगलबार राती लागू भएको लकडाउनमा जम्मा १,३०० बासिन्दाहरूले परिक्षण गराएका थिए तर कसैमा  पनि कोविड-१९ पोजेटिभ पत्ता लागेन।

बुधबार बिहान ६.३० देखि ७ बजेसम्ममा  दुईवटा लकडाउन हटाइएको थियो ।

जाडो छ्ल्न कि ओमिक्रोन रोक्न यत्रो विधि मास्क लगाएकी ??

नर्थ प्वाइन्टको ५१ किन वाह स्ट्रिटमा रहेको मेपल गार्डेन फेज III मा ७५  जना बासिन्दाको परीक्षण नेगेटिभ आएको थियो । चुन मुनको पो तिन एस्टेटको ब्लक ३ मा रहेका करिब १,२४९ बासिन्दाहरू पनि कोरोना संक्रमणबाट मुक्त रहेको पाइयो।

नर्थ पोइन्टको लकडाउनका कारक  सिटिक सेक्युरिटीजमा काम गर्ने एक जना पोजिटिभ पुष्टि केस बोकेका एक ४८ वर्षीय व्यक्ति  थिए ।

चुन मुन लकडाउका कारक केसमा पेन्नी बेमा काम गर्ने ५१ वर्षीया महिला सुरक्षा गार्ड  समावेश थिइन। 

१२ जनवरी २०२२ बुधबार  (११:३० बजे)

क्याथे प्यासिफिकले अनुसन्धानमा सहयोग गर्ने

हङकङ सरकारले अनुसन्धान गरि रहेको  दुई वटा केसलाई क्याथे प्यासिफिक एयरवेज लिमिटेडले पनि छानबिनमा पुर्ण सहयोग गर्ने बताएको थियो । हङकङको क्याथे प्यासिफिक एयरवेज लिमिटेडको दुई जना स्टाफले सेल्फ आइसोलेसनका नियम तोडेपछी  सहरमा कोभिड-१९ को प्रकोप स्थानीय स्तरमा फैलिएको थियो ।

जनवरी ११ मंगलबार रोयटर्सले क्याथेका चेयरमेन प्याट्रीक हेलिद्वारा आफ्नो स्टाफलाई संबोधन गरेको भिडियोबारेमा केहि कुरा सार्वजनिक गरेको थियो । हेलीले उक्त भिडियोमा यस प्रकोपका कारण हङकङमा सिर्जना भएको अनेकौं  अवरोध र पिडाबारे  माफी मागेका थिए । यो संक्रमणले हङकङमा प्राथमिक विद्यालय बन्द गरायो । मुल भूमि चीनसँग क्वारेन्टाइन फ्री यात्रा परिचालन गर्ने  योजना थाती रहयो। क्याथेले यस प्रकोपको फैलावटमा संलग्न स्टाफलाई  बर्खास्त गरिसकेको कुरा हेलिले जनाएका थिए ।

हङकङका कार्यकारी प्रमुख क्यारी लामले मंगलबार आइसोलेसन नियम उलंघन गर्ने साथै होटल क्वारेन्टाइन छल्न  कार्गो उडान मार्फत  हङकङ फर्किने क्याथे चालक दलका कर्मचारी माथि  छानबिन गरिरहेको घोषणा गरेपछि यो भिडियो आएको हो।

क्याथे स्टाफद्वारा भएको महामारी नियन्त्रण नियम  उलंघन काण्डपछि एयर क्रूका लागि पनि क्वारेन्टाइन नियमहरू कडा गरिएको छ। र एयरलाइनका जनवरी महिनाका पुर्वनिर्धारित तमाम प्रायः यात्रु वाहक र कार्गो उडानहरू रद्द गरिएको छ।

क्याथेले जनवरी महिनामा महामारी पुर्व संचालित कार्गो क्षमताको तुलनामा लगभग २० प्रतिशत उडान मात्र संचालन गर्ने भएको छ भने  र यात्रु उडान महामारी पुर्वको तुलनामा  लगभग २ प्रतिशत मात्र सञ्चालन गर्ने भएको छ।

१२ जनवरी , बुधबार (१४: ३० बजे)

दोस्रो स्थानीय भर्टिकल ट्रान्समिसन केस

नर्थ पोइन्टको  किन वाह स्ट्रीट स्थित म्यापल गार्डेन फेज III को युनिट बीमा बस्ने सबै बासिन्दाहरूलाई क्वारेन्टाइनमा लाने निर्णय सरकारले गरयो। सो भवनको छैठौं तलामा बस्ने दुई जना संक्रमित बासिन्दाबाट नवौं तल्लामा बस्ने एक व्यक्तिमा ठाडो प्रसारण (भर्टिकल ट्रान्समिसन) माध्यमबाट संक्रमण भएको  शंका लागेपछि सबैलाई  क्वारेन्टाइन केन्द्रमा लानुपर्ने स्थिति आएको हो  सरकारी सल्लाहकार युन क्वोक-युङले भने।

युनिट ९ बीमा बस्ने एक ३२ वर्षीय पुरुषमा जनवरी ९ तारीख आइतबार श्वासप्रश्वाससंबंधी  लक्षण देखिएपछि टेस्ट गरे र नतिजा  प्रारम्भिक पोजेटिभ आयो। त्यसपछि उनी  मंगलबार साँझ क्वीन मेरी अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका थिए ।

यस अघि मंगलबार सिटिक सेक्युरिटीजमा काम गर्ने युनिट ६ बी निवासी  एक ४८ वर्षीय पुरुषमा शंकास्पद ओमिक्रोन प्रारम्भिक पोजेटिभ भएको  थियो। उनीसँगै बस्ने उनकी आमाको पनि प्रारम्भिक परीक्षण पोजेटिभ आएको थियो  ।

बुधवार भवनको निरीक्षण गरेपछि  युनले युनिट ९ बीमा बस्ने व्यक्तिले आफ्नो शौचालयको यू-ट्रयापमा कहिल्यै पानी नभरेको तथ्यलाई खुलाए। परिणामत: यसले  तल्लो तलाबाट आएको  कोविड-वाहक हावालाइ रोक्न सकेन।

म्यापल्स फेज-३ भवनको बाहिरी भित्ता मर्मतसम्भार  भइरहेकोले युनिट ९ बीमा बस्ने व्यक्तिले झ्यालहरु बन्द गरेको उनले बताए र त्यही समयमा ती व्यक्तिले शौचालयका भेन्टिलेसन फ्यानहरू पनि खोलेकोले  अन्ततः छैटौं तलाको दूषित हावा चुसिएर नवौं तलामा पुगेको हो।

उनले पुर्व सावधानीको लागि त्यो ब्लकको युनिट बी निवासी  १४ घरधुरी(परिवार ) लाई क्वारेन्टाइन सेन्टरमा सार्नु पर्ने बताए ।

युनले ठाडो प्रसारण माध्यमबाट ओमिक्रोन केस सरेको यो दोस्रो स्थानीय केस हो र यो घटनाले वास्तवमा हावाबाट यो भेरिएन्ट कति छिटो सर्छ भन्ने कुरा  देखाउँछ।

युनले नागरिकहरूलाई एयर फिल्टरेशन बढाउन दुई वटा  सर्जिकल मास्क लगाउन सिफारिस गरे।

जनवरी १२ , २०२२ बुधबार (१५:०० बजे)

सोगो लगायत ३४ स्थान अनिवार्य टेस्टिङ नोटिस

१२ तारीख जनवरी बुधबार हङकङ स्वास्थ्य बिभागले जम्मा ३४ स्थानमा अनिवार्य परिक्षण सूचना जारी गर्‍यो जसमा सोगो  र १५५ कनॉट रोड वेस्ट  पनि  परेको थियो ।
एक जना आयातित केस संग संबंधित र ६ जना प्रारम्भिक पोजिटिभ केसवाला व्यक्तिहरुले भ्रमण गरेका स्थानहरु यस प्रकार छ्न। माथिल्लो श्वासप्रश्वास नलिका संक्रमणको प्रकोप भएका तीन विद्यालयहरू पनि  यसमा समेटिएका छ्न।

जनवरी ३ तारीख मुल भूमि चीनका लागि हङकङले नियुक्त गरेको  अधिकारी विटम्यान हङ वाइ-म्यानको जन्मदिनको पार्टीमा भाग लिएपछि  सेलिया वोंग चे-ङा ओमिक्रोन पुष्ठि भएकी थिइन। तर   पार्टीमा उपस्थित हुनु  अघि उनले एक अर्कि संक्रमित  ४३ वर्षीया घोडा मालिकनी लाई भेटेकी थिइन १५५ कनट रोडमा । त्यसैले यो स्थान पनि अनिवार्य परीक्षण सूचनामा समावेश गरिएको थियो।

३१ स्थानहरू भ्रमण गरेका व्यक्तिहरूले आज बुधबारसम्ममा कोभिड परीक्षण गर्नुपर्नेछ भनिएको थियो ।

1. PARKnSHOP ,शप 3C, G/F, एजियन कोस्ट, 2 Kwun Tsing Road, So Kwun Wat;

२. चुन मुन सरकारी माध्यमिक विद्यालय, ३९३ क्यासल पीक रोड – क्यासल पीक बे, चुन मुन;

3. स्टुअर्ड्स मा काम मिङ च्यारिटेबल फाउन्डेशन मा को पान मेमोरियल कलेज, 17 शेक पाई ताउ रोड, चुन मुन;

4. YATA सुपरमार्केट, पसल G-1-8, G/F, V सिटी, 83 Tuen Mun Heung Sze Wui Road, Tuen Mun;

5.  दर्ता फाँट- Tuen Mun कार्यालय, 3/F, Tuen Mun Siu Lun Government Complex, 19 Siu Lun Street, Tuen Mun;

6. प्यासिफिक कफी, शप S8, G/F, गोल्ड कोस्ट पियाजा, 1 क्यासल पीक रोड, चुन मुन;

7. जेसन, मार्केट प्लेस , पसल 20- 23 र R07, 1/F, गोल्ड कोस्ट पियाजा, 1 क्यासल पीक रोड, चुन मुन;

8. कमर्शियल प्रेस, शप A208A, L2, न्यू टाउन प्लाजा फेज III, 2-8 शा तिन सेन्टर स्ट्रीट, शा तिन;

९. एडी एन्ड एफडी अफ पोक ओइ अस्पताल मिसेस चेङ याम अन मिलेनियम स्कूल, १११ सो क्वुन वात रोड, चुन मुन;

10. 155 कनॉट रोड वेस्ट, साई यिङ पुन;

11. जेपी पार्टनर्स मेडिकल, शप 28, G/F, गोल्ड कोस्ट पियाजा, 1 क्यासल पीक रोड, चुन मुन;

१२. सिटी सुपर, पसल २०४-२१४, २/एफ, न्यू टाउन प्लाजा फेज १, शा तिन;

13. PARKnSHOP, G/F, किंग म्यान कोर्ट, 19-19A फोर्ट स्ट्रीट, नर्थ पोइन्ट;

14. जेन्की सुशी, पसल 7-13 को भाग, G/F, AIA टावर, 183 इलेक्ट्रिक रोड, नर्थ प्वाइन्ट;

15. FIT24, युनिट B2, G/F, वाह किन मेन्सन, 18-20 फोर्ट स्ट्रीट, नर्थ पोइन्ट;

16. HKFTU मेडिकल एण्ड हेल्थकेयर सेन्टर (कजवे बे चाइनिज मेडिसिन क्लिनिक), २/एफ, ५-१३ ली गार्डन रोड, कजवे बे;

17. म्याकडोनाल्ड, शप F21, टेलफोर्ड प्लाजा I, काउलुन बे;

18. ClubONE द भिक्टोरिया, 1/F, एम्पायर सेन्टर, 68 मोडी रोड, Tsim Sha Tsui East;

19. ग्रीन रिभर रेस्टुरेन्ट, G/F, 19A फोर्ट स्ट्रीट, नर्थ प्वाइन्ट;

20. प्योर फिटनेस, 3/F, ICBC टावर, 3 गार्डन रोड, सेन्ट्रल

२१. ब्रॉडवे, शप G20-22 र G42/44, G/F, Telford Plaza 1, Kowloon Bay;

22. Dondonya, Shop U8-9 र U30, UG/F, Fitfort, 560 King’s Road, North Point;

23. Hika, 3/F, Aura on Pennington, 66 Jardine’s Bazaar, Causeway Bay;

24. KFC, फ्ल्याट A1 G/F मा, 1/F र 2/F, इस्ट साउथ बिल्डिङ , 475-481 हेनेसी रोड र 29 पर्सिभल स्ट्रीट, कजवे बे;

२५. प्रेसिडेन्ट थिएटर, ५१७ जाफ रोड, कजवे बे;

26. कोस्ट सीफुड र ग्रिल, शप C&D, G/F, फ्लोरिडा मेन्सन, 9-11 क्लिभल्याण्ड स्ट्रीट, कजवे बे;

डबल मास्कले ओमिक्रोनलाई छेक्न सक्दछ

27. Don Don Tei, Shop 6, Festiva, 1/F, JP प्लाजा, 22-36 Paterson Street, Causeway Bay;

28. म्याकडोनाल्ड्स, शप B2 र B3, G/F, फोर्ट्रेस मेट्रो टावर, 238 किंग्स रोड, नर्थ पोइन्ट;

२९. हङकङ ह्युमन रिसोर्स  लिमिटेड, रुम बी, १०/एफ, पर्ल ओरिएन्टल टावर, २२५ नाथन रोड, याउ मा तेइ;

30. कन्स्ट्रक्सन साइट  (कन्ट्र्याक्ट नम्बर NE/2017/08), क्रस बे लिंक, Tseung Kwan O, 3 Wan O Road, Tseung Kwan O;

31. YSL BEAUTÉ, G/F, SOGO, 555 Hennessy Road, Causeway Bay।

यस्तै अपर रेस्पिरेटरी ट्रयाक्ट इन्फेक्सन र इन्फ्लुएन्जाजस्ता रोगको प्रकोपका कारण तीन विद्यालयको नाम पनि सूचनामा परेका थिए ।

ती तीन विद्यालयहरु यस प्रकार छन:

1. क्रिस्चियन र मिसनरी एलायन्स फु शान नर्सरी स्कूल, नम्बर 1-6, एलजी 1, फु शुन हाउस, फु शान एस्टेट, पो कङ गाउँ रोड, डायमण्ड हिल;

2. C.C.C.  मोङकोक चर्च काई ओइ स्कूल, ११० शाम मोङ रोड, शाम शुई पो;

3. चिनियाँ Y.M.C.A  प्राथमिक विद्यालय, विद्यालय नं.2, फेज 4, क्षेत्र 102, तिन फु कोर्ट, तिन शुई वाइ (प्राथमिक 3 का विद्यार्थी र त्यस्ता विद्यार्थीहरूसँग आमनेसामने लेसन दिने  शिक्षकहरू)

ओमिक्रोनबाट बच्न  दुई वटा सर्जिकल मास्क लगाउन आग्रह

१२ जनवरी २०२२ बुधबार  (१७:२५  बजे)

सरकारी सल्लाहकार युन क्वोक-युङले ओमिक्रोन विरुद्ध सुरक्षा बढाउन दुईवटा सर्जिकल मास्क लगाउन सुझाव दिएका थिए ।

सरकारी सल्लाहकार युन क्वोक-युङले  नागरिकहरूले एयर फिल्टरेशन बढाउन र अत्यधिक संक्रामक ओमिक्रोन कोविड भेरिएन्टबाट आफूलाई बचाउन एक पटकमा दुई सर्जिकल मास्क लगाउन सकिन्छ भनेका थिए ।

संदिग्ध ठाडो प्रसारण भएको नर्थ पोइन्ट आवासीय भवनको निरीक्षण गरेपछि बोल्दै, युनले संयुक्त राज्य अमेरिकाको रोग नियन्त्रण र रोकथाम केन्द्रले मानिसहरूलाई उच्च सुरक्षाको लागि N95 रेस्पिरेटर लगाउने सल्लाह दिएको प्रसंगलाई ल्याएका थिए ।

उनले  हङकङमा N95s मास्क  लगाउनु आवश्यक छैन भनेका थिए । पश्चिमी देशहरूमा हरेक दिन सयौं हजार संक्रमण भएको रिपोर्ट आउँछ तर हङकङमा  प्रति दिन केवल दर्जनौं केसहरू मात्र आएको देखिन्छ । त्यसकारण हावा छान्ने उच्च क्षमता भएको N95 मास्क नलाए पनि हुन्छ भनेका हुन।

केही समय बाक्लो मास्क लगाएपछि सास फेर्न गाह्रो हुने भएकाले दिनभर एन ९५ लगाउन सम्भव नहुने उनले बताए ।

भवन निरीक्षणमा आएका युन आफैले पनि   N95 मास्क लगाएका थिए । उनले आफ्नै मास्कको उदाहरण दिदै  भने: “म यो मास्कलाएर  १० मिनेटदेखि कुरा गरिरहेको छु र मलाई सास फेर्न गाह्रो भइरहेको छ।”

सरकारी सल्लाहकार युन क्वक यङ N95 मास्कमा

N95 मास्क  सर्जिकल मास्क  भन्दा धेरै महँगो हुने र सामान्य नागरिकहरूले हरेक दिन नयाँ N95 रेस्पिरेटर लगाउन थाले भने माग पुरा गर्न नसकिने हुन सक्छ उनले भने।

साथै N95s मास्कबाट  अधिकतम सुरक्षा प्राप्त गर्ने हो भने  राम्रोसँग फिट भएको मास्क लाउनुपर्ने हुन्छ। जसको  लागि प्रयोगकर्ताले सबैभन्दा उपयुक्त साइज र मोडेल फेला पार्न फिट परीक्षण मार्फत जानुपर्छ।

“त्यसोभए के गर्न सकिन्छ त अब भन्दा सुरक्षा र हावा छान्ने (फिल्टरेशन) क्षमता  बढाउन दुई वटा  सर्जिकल मास्क खप्ट्याएर लाउने  हो” उनले भने।

“ओमिक्रोन संक्रमणबाट डराउनेहरुले वा उच्च संक्रमण जोखिमयुक्त ठाउँमा परेकाहरूले जस्तै  एयरपोर्टका कामदारहरू-ले सर्जिकल मास्क  माथि कपडाको अर्को मास्क लगाउन सक्छन। “

यद्यपि युनले  नागरिकहरूलाई जतिसक्दो चाँडो खोप लाउन आग्रह गरे।  अध्ययनले बताए अनुसार खोप लाउनाले लक्षणहरू छिटो मत्थर भएर जाने र संक्रमणबाट  छिटो निको भइन्छ।

“जसले खोप लगाएको हुदैन  तिनीहरूमा गम्भीर अवस्था विकसित हुने सम्भावना बढी हुन्छ र लामो समयसम्म भाइरल काउन्ट धेरै उच्च रहन्छ,” उनले भने।  “यस्तो हुनु राम्रो होइन। यस्तो स्थिति आउनु  बिरामीको लागि त राम्रो होईन नै र उनको नजिक रहने व्यक्तिहरुको लागि त झन खराब हो।”

नयाँ प्रारम्भिक पोजिटिभ केसले हटपट क्लस्टर जन्माउने संभावना 

  १२ जनवरी २०२२ बुधबार  (१८:०० बजे)

हङकङ स्वास्थ्य बिभागले जनाए अनुसार गत मंगलबार कजवे बेको हटपट रेस्टुरेन्टमा गएपछि एक २० वर्षीय पुरुष  विद्यार्थीमा प्रारम्भिक पोजिटिभ देखिएको  थियो। त्यही समयमा त्यहाँ अर्का  एकजना पुष्टि केसवाला  बिरामीले पनि खाना खाएका थिए ।

कजवे बेको हाइसन प्लेस स्थित नाबे उरावा भन्ने हटपट रेस्टुरेन्टमा उक्त विद्यार्थीले बसेर खाएका कारण सो   रेस्टुरेन्टभित्र भाइरसको फैलावट भएको हुनसक्ने शंका स्वास्थ्य अधिकारीहरुले गरेका थिए ।

स्वास्थ्य केन्द्रका सरुवा रोग शाखा प्रमुख चुआङ सुक-क्वानले हटपट डाइनिङमा हावाको कणबाट भाइरस सर्ने (एयरोसोल ट्रान्समिसन ) चिन्ता रहेको बताउँदै जनवरी ४ तारिख बेलुका ७.४१ बजेपछि हटपट रेस्टुरेन्टमा आउने सबै डिनर ग्राहकलाई परीक्षण गराउन र स्वास्थ्य अधिकारीसँग सम्पर्क गर्न आग्रह गरेकी थिइन ।

ती युवकले वान चाइ र स्यङ वानमा रहेकोे डस्टीकिड टि-लाइट एज डस्ट (Dustykid Tea – Light As Dust) नामक रेस्टुरेन्टमा पार्ट टाइम काम गरेका थिए । र इन्क्युबेशन अवधिमा मङ कोकको गोल्डेन इरा प्लाजा, कजवे बे स्थित विन्डसर हाउस र हाइसन मल भ्रमण गरेका थिए ।

अर्का  दुई प्रारम्भिक पोजिटिभ  केसहरू नर्थ प्वाइन्टको मेपल गार्डन फेज III का बासिन्दा हुन, जहाँ स्वास्थ्य विशेषज्ञहरूले भाइरसको ठाडो प्रसारण भएको शंका गरेका थिए । जसमा युनिट ६ बीमा बस्ने ८३ वर्षीया महिला र युनिट ९ बीमा बस्ने ३२ वर्षीय पुरुष रहेका थिए  ।

ती ८३ वर्षीयालाई सिटीक सेक्युरिटीजमा काम गर्ने उनको ४८ वर्षीय छोराबाट भाइरस संक्रमण भएको विश्वास गरिएको थियो । र संक्रमणको यो जालो  नर्थ प्वाइन्ट फ्लाइट एटेन्डेन्ट क्लस्टरसंग जोडिएको  थियो।

कन्स्ट्रक्सनमा  काम गर्ने ३२ वर्षीयको सन्दर्भमा उनी इन्क्युबेशन अवधिमा कामको सिलसिलामा विभिन्न हाउजिङ एस्टेटमा गएका थिए । ती स्थानहरु थिए – ताई ताम स्थित  रेडहिल पेनिन्सुला, नर्थ प्वाइन्ट स्थित  बेडफोर्ड गार्डेन र  चुङ क्वान ओ स्थित  सुई लाम एस्टेट।

उनीसँग काम गर्ने सहकर्मी र उनले काम गरेका फ्ल्याटका मालिकहरूलाई परीक्षण गराउन आवश्यक भएको बताइएको थियो ।

बाँकी प्रारम्भिक पोजिटिभ केस अन्तर्गत याउ तङको शुङ शान स्ट्रिट स्थित  माया टावर निवासी  एक १९ वर्षीय पुरुष  विद्यार्थी हुन। उनी पछिल्लो पटक शुक्रबार आफ्नो विद्यालय हङकङ ताङ किङ पो कलेज गएका थिए र हालै कजवे बेमा रहेको केन्द्रीय पुस्तकालयको भ्रमण गरेका थिए ।

N95 मास्क

स्वास्थ्य बिभागले जनाए अनुसार उनको संक्रमण सम्भवतः उनको परिवारको सदस्यसँग सम्बन्धित थियो  । परिवारको उक्त सदस्यलाई यो भन्दा अगाडि कोभिड संक्रमण भएको थियोे । स्वास्थ्य बिभागको तथ्यांक अनुसार परिवारको उक्त सदस्य  उनको ७१ वर्षीया  आमा हुन जो सिटिक सेक्युरिटीमा गएकी थिइन र नर्थ पोइन्टको फ्लोरा गार्डेनमा बस्थिन।

हङकङमा जनवरी १२ तारिख  बुधबार २२  वटा नयाँ कोभिड केस  रिपोर्ट भएको थियो । जसमा एउटा केस  अज्ञात स्रोतबाट आएको थियो भने  पाँच वटा स्थानीय स्तरमा संक्रमित केसहरु संलग्न थिए ।

अज्ञात स्रोतवाला  केस अन्तर्गत परेकी व्यक्ति हुन  एक ५१ वर्षीया महिला सुरक्षा गार्ड जो पेन्नी  बे क्वारेन्टाइन सेन्टरमा काम गर्थिन।

स्वास्थ्य अधिकारीहरू ती महिलालाई क्वारेन्टाइन सेन्टरबाट वा चुन मुन समुदायबाट भाइरस सरेको हो भन्ने पत्ता लाउन अझै  अनुसन्धान गरिरहेका थिए ।

जनवरी १२ तारिख रिपोर्ट गरिएका २२ केसहरू मध्ये २० वटा केसमा अत्यधिक ट्रान्समिसिबल ओमिक्रोन भेरिएन्ट समावेश थियो।

तपाईको प्रतिक्रिया