क्रान्ति सुब्बा

जनवरी ११, २०२२ मंगलबार (१६:०० बजे)

क्याथेमाथी छानबिन जारी

क्याथे प्यासिफिक एयरलाइन्सका कर्मचारीबाट हङकङमा ओमिक्रोन भेरिएन्ट कोरोनाभाइरसको संक्रमण स्थानीय स्तरमा पुगेपछि  क्याथे प्यासिफिकमाथि अहिले छानबिन भइरहेको छ र  कानुनी कारबाहीको सामना गर्नुपर्ने स्थिति पनि आउने कुरा  कार्यकारी प्रमुख  क्यारी लामले मंगलबार बताइन।

होम क्वारेन्टाइन उल्लंघन गरि  ओमिक्रोन बोकेका  क्याथे एयर क्रू जथाभावी हिडेर भाइरस फैल्याएपछी
पहिल्यैबाट कडा पारिरहेको सामाजिक दूरी सम्बन्धि नियम  र यात्रा प्रतिबन्धहरू हठात नाटकीय ढंगले झन कडा गरिएको  छ हङकङमा । फलस्वरूप अहिले सबै जनता र व्यवसायीहरुको आक्रोश क्याथे प्यासिफिक माथि खनिएको छ।

मंगलबार लामले अधिकारीहरू यस मामिलामा  “यस एयरलाइनले नियमको पालना गरेको छ कि छैन”  भन्ने कुरा  अनुसन्धान गरिएको बताइन।

‘हामीसंग कहाँ कसरी के गल्ती भयो भन्ने कुराको पूर्ण प्रमाण आएपछि आवश्यक कानुनी कारबाही गर्नेछौं।´ लामले जोड दिएर भनिन।

११ जनवरी २०२२ मंगलबार (१७:०० बजे )

४०  स्थानहरू अनिवार्य परीक्षण सूचनामा समावेश

पेई हो स्ट्रीट मार्केट र वोंग ताई सिन टेम्पल सहित ४०  स्थानहरूलाई मङ्गलबार अनिवार्य परीक्षण सूचना प्राप्त गर्ने  स्थान अन्तर्गत  नामकरण गरिएको थियो ।

३९ स्थानहरुमा  एउटा आयातित केससंग सम्बन्धित ,एउटा संभावित आयातित केससंग सम्बन्धित केस र सातवटा प्रारम्भिक पोजिटिभ  केस भएका व्यक्तिहरु घुमेका थिए भने र एकजना माथिल्लो श्वासप्रश्वास नलि  संक्रमण भएका एक व्यक्ति  डुलेको स्कूल परेको थियो ।

३९ स्थान भ्रमण गरेका व्यक्तिहरूलाई  मंगलबारभित्र नै  परीक्षण पुरा गर्नु पर्छ भनिएको थियोे । ती स्थानको नामावली यस प्रकार रहेको छ।

1. जोयफुल लेन हेल्थ सेन्टर, शप १०१, १/एफ, ओलम्पिया प्लाजा, २५५ किंग्स रोड, नर्थ पोइन्ट;

2.माइ सिनेमा योहो मल, शप 1021, L1, योहो मल I, 9 लङ यात रोड, युन लङ;

३. सुशिरो, पसल १२८, लेभल १, जोन बी, ताई पो मेगा मल, ८ र १० अन पोङ रोड, ताई पो;

४. जोन बी, ताई पो मेगा मल, ८ र १० अन पोङ रोडमा, ताई पो;

5. Di King Heen, Level 3, Royal Plaza Hotel, 193 Prince Edward Road West, Mong Kok;

6. टिफनी रेस्टुरेन्ट , 148 प्रिन्स एडवर्ड रोड वेस्ट, प्रिन्स एडवर्ड;

7. NAMCO, शप 2190A, 2/F, Tuen Mun Town Plaza Fase I, 1 Tuen Shun Street, Tuen Mun;

8. तेई माउ कुन डेसर्ट, पसल नम्बर 43, लेभल 1, नर्थ विंग, ट्रेन्ड प्लाजा, 2 चुन हप स्ट्रिट/2 चुन लुङ्ग स्ट्रिट, चुन मुन;

९. फो ले, पसल नं. १९-२३ र २५, १/एफ, चुन मुन टाउन प्लाजा फेज २, १ चुन शुन स्ट्रिट, चुन मुन;

10. डेलिसियस किचन, शप B, G/F, फेसन वाक, 9- 11 क्लिभल्याण्ड स्ट्रीट, कजवे बे;

11. Cath Kidston, 3/F, SOGO, 555 Hennessy Road, Causeway Bay;

12. टाइगर क्याफे, शप L1-11, 1/F, V सिटी, 83 Tuen Mun Heung Sze Wui Road, Tuen Mun;

13. ले क्याफे, शप F7B, G/F, गोल्ड कोस्ट पियाजा, 1 क्यासल पीक रोड, चुन मुन;

14. आउटब्याक स्टीकहाउस, शप A330, 3/F, न्यू टाउन प्लाजा III, 2-8 शा टिन सेन्टर स्ट्रीट, शा तिन;

15. द मिलियन्स, 3/F, ह्याप्पी भ्याली स्ट्यान्ड, ह्याप्पी भ्याली रेसकोर्स, ह्याप्पी भ्याली;

16. टावर 8, एजियन कोस्ट, 2 Kwun Tsing रोड, क्यासल पीक रोड – So Kwun Wat, Tuen Mun;

17. H.A.N.D.S., 2A Tuen Mun Heung Sze Wui Road, Tuen Mun;

18. स्ट्रबेरी फार्म, सिङ पिङ गाउँ, ता कु लिंग;

19. Dior Men, शप B57-58 र B66-67, B/F, ल्यान्डमार्क एट्रियम, सेन्ट्रल

20. Goldenumee, शप 263B, लेभल 2, East Point City, 8 Chung Wa Road, Tseung Kwan O;

21. ताई पो लुङ मेई बीच, 168 टिंग कोक रोड, ताई पो;

22. स्टारबक्स, शप UG37, UG/F, ओलम्पियन सिटी 2, 18 Hoi Ting Road, Tai Kok Tsui;

23. सिक सिक युन वोंग ताई सिन मन्दिर, २ चुक युन भिलेज , वोंग ताई सिन;

24. स्टारी वर्ल्ड म्युजिक  एकेडेमी, कोठा 906-907, 9/F, मेट्रो सेन्टर II, 21 लाम हिंग स्ट्रीट, काउलुन बे;

25. ट्रस्टी कन्जी किङ , शप 520-523, लेभल  5, Telford प्लाजा II, Kowloon Bay;

26. 1/F, Ngai Sheung factory building , 13 Elm Street, Tai Kok Tsui;

27. PARKnSHOP, शप B46, B/F, Worfu, 21-53 Wharf Road, North Point

28. ई-ट्रेड प्लाजा, 24 ली चुंग स्ट्रीट, चाई वान;

२९. फ्ल्याट ९०१, ९/एफ, ब्लक ए, फर्च्युन फ्याक्ट्री बिल्डिङ, ४० ली चुङ स्ट्रिट, चाइ वान;

30. एबरडीन खेल मैदान, 108 वोंग चुक ह्याङ रोड, एबरडीन;

31. 7-Eleven, G/F, 98 इलेक्ट्रिक रोड, नर्थ पोइन्ट;

32. निर्माण स्थल, एक्सपो ड्राइभ ईस्ट, वान चाइ;

33. वर द फूड फूड कोर्ट, B50-51, B/F, Worfu, 21-53 Wharf Road, North Point;

34. सेन्ट फ्रान्सिस क्यानोसियन कलेज, 9-13 केनेडी रोड, वान चाइ;

35. KC एजुकेसन सेन्टर , 2/F र 3/F, किंग्स कमर्शियल सेन्टर, 25 किंग्स रोड, तिन हाउ;

36. ROYAL  अल्भा होटल, 1 Yuen Hong Street, Sha Tin;

३७. पेई हो स्ट्रीट मार्केट, पेई हो स्ट्रिट म्युनिसिपल सर्भिस बिल्डिंग, ३३३ की लुङ स्ट्रीट, शाम शुई पो;

38. एङ्गस क्याफे, पसल 2, G/F, भिक्टर कोर्ट, 14-28 वाङ अन रोड, नर्थ प्वाइन्ट;

39. फोर्ट्रेस किचन, शप C र D, G/F, Wah Hoi Mansion, 258 Electric Road, North Point।

जनवरी ११ , २०२२ मंगलबार  ( १८:०० बजे )

कोभिडका कारण हङकङले अपनाएको अन्तर्राष्ट्रिय यात्रा मापदण्ड

हङकङले अजरबैजानलाई जनवरी १४ तारीख शुक्रबार  मध्यरातबाट समूह A अन्तर्गतका निर्दिष्ट स्थानहरूको सूचीमा राखेको छ।

उक्त देशमा पनि ओमिक्रोन केसहरु पत्ता लागेकाले   त्यहाँ २१ दिन  बसेका कुनै पनि गैर-हङकङ बासिन्दाले हङकङ प्रवेश गर्न पाउने छैन।
हङकङका बासिन्दा हुन भने  पूर्ण  खोप लगाएको हुनुपर्छ  र मान्यता प्राप्त खोप रेकर्ड हुनु पर्दछ र मात्र हङकङ जाने उडानमा चढन पाउछन।

हङकङ आएपछि २१ दिनसम्म तोकिएको क्वारेन्टाइन होटलमा अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्नेछ। क्वारेन्टाइनमा बसेको बेला ६ वटा कोभिड  परीक्षण गर्नुपर्ने छ। हङकङ आइपुगेको २६ औँ दिनमा सामुदायिक परीक्षण केन्द्रमा अनिवार्य परीक्षण गर्नुपर्नेछ।

समूह ए मा परेका निर्दिष्ट स्थानहरूको नामावली प्रकारका  छन।

अल्बानिया, अल्जेरिया, एन्टिगुवा र बार्बुडा, अर्जेन्टिना, अरुबा, अष्ट्रेलिया, अस्ट्रिया, बहराइन, बंगलादेश, बार्बाडोस, बेलारुस, बेल्जियम, बर्मुडा, बोलिभिया, बोस्निया र हर्जेगोभिना, ब्राजिल, ब्रुनाई दारुसलाम, बुल्गेरिया, बुर्किना फासो, कम्बोडिया, क्यानडा, केप  , केम्यान टापुहरू, चिली, कोलम्बिया, कोस्टा रिका, कोटे डी आइभर, क्रोएशिया, क्युबा, कुराकाओ, साइप्रस, चेक गणतन्त्र, प्रजातान्त्रिक गणतन्त्र कंगो, डेनमार्क, डोमिनिकन रिपब्लिक, इक्वेडर, इजिप्ट, इस्टोनिया, फिजी, फिनल्याण्ड,  फ्रान्स, गेबोन, गाम्बिया, जर्जिया, जर्मनी, घाना, जिब्राल्टर, ग्रीस, ग्रेनाडा, ग्वाडेलुप, गुर्नसे, गिनी, हंगेरी, आइसल्याण्ड, भारत, इन्डोनेसिया, इरान, इराक, आयरल्याण्ड, इजरायल, इटाली, जमैका, जापान, जोर्डन, केन्या  कोरिया, कोसोभो, कुवेत, लाओस, लाटभिया, लेबनान, लिबिया, लिकटेन्स्टाइन, लिथुआनिया, लक्जमबर्ग, मलेसिया, माल्दिभ्स, माल्टा, मार्टीनिक, मोरिटानिया, मोरिसस, मेयोटे, मेक्सिको, मंगोलिया, मोन्टेनेग्रो, मोरक्को, म्यानमार, नेदरल्याण्ड, नेपाल, नेदरल्याण्ड  जिल्याण्ड, नाइजर, उत्तरी म्यासेडोनिया, नर्वे, ओमान, पाकिस्तान, प्यालेस्टाइन, पनामा, पराग्वे,  पेरु, फिलिपिन्स, पोल्याण्ड, पोर्चुगल, कतार, रियुनियन, रोमानिया, रूस, रुवाण्डा, सेन्ट मार्टिन (फ्रान्सेली भाग), साउदी अरेबिया, सेनेगल, सर्बिया, सियरा लियोन, सिंगापुर, स्लोभाक रिपब्लिक, स्लोभेनिया, दक्षिण सुडान, स्पेन, श्री  लंका, सेन्ट किट्स एन्ड नेभिस, सेन्ट भिन्सेन्ट र ग्रेनाडाइन्स, स्वीडेन, स्विजरल्याण्ड, तान्जानिया, थाइल्याण्ड, टोगो, ट्रिनिडाड र टोबागो, ट्युनिसिया, टर्की, युगान्डा, युक्रेन, संयुक्त अरब इमिरेट्स, उरुग्वे, भेनेजुएला, भियतनाम

जनवरी १२ देखि: सोलोमन टापुहरू

जनवरी १३ देखि: उज्वेकिस्तान

अन्य १५ देशहरू ओमिक्रोन भेरिएन्टलाई सम्बोधन गर्न तय गरिएको  परिष्कृत क्वारेन्टाइन र निगरानी विधि लागु हुने  निर्दिष्ट स्थान अन्तर्गतको  सूचीमा राखिएका छ्न।

ती क्षेत्रहरूबाट फर्कनेहरूले हङकङ आइपुगेको पहिलो चार दिन पेन्नी  बेमा अनिवार्य क्वारेन्टाइन बस्नुपर्छ   र बाँकी १७ दिन अनिवार्य क्वारेन्टाइन होटेलमा बिताउनु पर्छ।
ती १५ देशहरू निम्नानुसार छन: अंगोला, बोत्सवाना, इस्वाटिनी, इथियोपिया, काजाकिस्तान, लेसोथो, मलावी, मोजाम्बिक, नामिबिया, नाइजेरिया, दक्षिण अफ्रिका, युनाइटेड किंगडम, संयुक्त राज्य अमेरिका, जाम्बिया, जिम्बाब्वे।

११ जनवरी २०२२  मंगलबार ( २१:०० बजे)

नर्थ पोइन्ट र चुन मुन लक डाउन

नर्थ प्वाइन्टको किन वाह स्ट्रिटमा रहेको मेपल गार्डेन फेज III र चुन मुनको पो तिन एस्टेटको ब्लक ३ लाई मंगलबार राति एउटा  पुष्टि  कोविड-१९ केस र एउटा प्रारम्भिक पोजिटिभ  केसका कारण लकडाउन गरिएको थियो।

यी दुई लकाडाउन बुधबार बिहान ६:३० बजे र ७ बजेको बीचमा  हटाउने अपेक्षा गरिएको थियो ।

नर्थ पोइन्टका बासिन्दाले मध्यरातभित्र र चुन मुनका बासिन्दाले बुधबार बिहान १ बजेसम्म परीक्षण गरिसक्नु पर्थ्यो।
खोप लगाइ सकेका र हालै परीक्षण गराइसकेकाले पनि  म्युटेन्ट भेरिएन्टका कारण  कोभिड परीक्षण गर्न आवश्यक थियो ।

नर्थ पोइन्ट लकडाउनलाई ट्रिगर गर्ने पोजिटिभ केस भएको व्यक्ति त्यही भवनमा बस्ने एक ४८ वर्षीय पुरुष  थिए। उनी सिटिक सेक्युरिटीज (CITIC Securities) मा काम गर्छन।

उनी सेन्ट्रलमा रहेको आइसीबिसि ( ICBC ) टावरमा रहेको प्योर फिटनेस एण्ड ग्रीन रिभर रेस्टुरेन्ट, काउलुन बेको टेलफोर्ड प्लाजाको म्याकडोनाल्ड र ब्रोडवे, इस्ट चिम शा चुईको क्लबवन द भिक्टोरिया साथै हङकङ फेडेरेसन अफ ट्रेड युनियनको ली गार्डन रोड, कजवे बेको   मेडिकल क्लिनिकमा गएका थिए।

उनी आज पुष्टि भएका २१ नयाँ केसमध्ये एक थिए।  उनलाई गत शनिबार पेन्नी  बे क्वारेन्टाइन सेन्टरमा पठाइएको थियो र उनको परीक्षणको नतिजा हिजो १० जनवरीमा पोजेटिभ आएको थियो।

चुन मुन लकडाउनसंग संबंधित व्यक्तिमा भने  पेन्नी  बेमा काम गर्ने एक ५१ वर्षीया महिला सुरक्षा गार्ड परेकी थिइन। गत शनिबार उनको रिपोर्ट नेगेटिभ आएको थियो। तर हिजो जनवरी १० तारीख उनको घाँटी दुखेको थियो र हिजो नै उनको नतिजा  प्रारम्भिक पोजिटिभ आएको थियो ।

उनी पो तिन एस्टेट, किन साङ्ग एस्टेट र चुन मुन टाउन सेन्टर, चुन मुनका सबै स्थानहरूमा गएकी थिइन।

जनवरी ११ , २०२२ मंगलबार (२१:०० बजे)

चुन मुनमा मौन संक्रमण चेन हुन सक्छ

चुन मुन क्षेत्रमा कोभिड संक्रमणको जालो गुप्तरूपमा बसेको हुनसक्ने आशंका एक स्वास्थ्य अधिकारीले गरेका थिए। जतिसक्दो अधिक  जिल्लाबासिन्दाहरूले टेस्ट गरुन भनेर सरकारले   थप परीक्षण केन्द्रहरू खोलेको थियो ।

स्वास्थ्य अधिकारीहरूले जनवरी ११ तारीख मंगलबार २१ नयाँ पुष्टि केसहरू रिपोर्ट गरयो। जसमा १३ आयातित केसहरू र आठ स्थानीय रूपमा संक्रमित केस थिए ।

स्थानीय रूपमा फैलिएको संक्रमणहरू मध्ये एक व्यक्ति हुन जो चुन मुनको तुङ आह डिस्पेन्सरीका मालिक थिए।

यो भन्दा अगाडि सोगो डिपार्टमेन्ट स्टोर सेल्समा काम गर्ने उनको २० वर्षीय छोरी  संक्रमित भएकी थिइन । उनीहरु दुबैको संक्रमण  डिसेम्बर २७ तारिख उनीहरुको   फार्मेसीमा किनमेल गर्न आएका   क्याथे प्यासिफिक फ्लाइट एटेन्डेन्टसं  जोडिएको थियो ।

यसैबीच फार्मेसी मालिककी ४५ वर्षीया श्रीमती र ११ वर्षीय छोरामा आज कोरोनाभाइरस  प्रारम्भिक पोजिटिभ देखा परेको थियो ।

११ वर्षीय बालकलाई गत सोमबार ज्वरो आएको थियो  र सोही दिन गोल्ड कोस्टको निजी क्लिनिक लगिएको थियो । उनलाई कोविड लागेको कुनै शंका गरिएको थिएन र उक्त बालक  अन्तिम पटक   AD & FD POHL मिसेस चेंग याम अन मिलेनियम स्कूल गत शुक्रबार गएका थिए ।

उनी पढने विद्यालयले आजै प्रत्यक्ष कक्षाहरू तुरुन्तै निलम्बन गर्ने घोषणा गरयो। र सबै शिक्षक र विद्यार्थीहरू अनिवार्य कोभिड टेस्टमा जानुपर्ने भएको थियो ।

बालक  र उनकी आमा  शातीनको आउटब्याक रेस्टुरेन्टमा गएका थिए र न्यू टाउन प्लाजामा रहेको  कमर्शियल प्रेस र सिटीज सुपर लगायतका पसलहरू गएका थिए ।

यी दुई बाहेक एक ५१ वर्षीया महिला सुरक्षा गार्ड पनि आजको  प्रारम्भिक पोजिटिभ केस अन्तर्गत परेकी थिइन। उक्त सुरक्षा गार्ड चुन मुनको पो तिन एस्टेटमा बस्छन र पेन्नी  बे क्वारेन्टाइन सेन्टरमा काम गर्छिन।

क्वारेन्टाइनमा बसेका व्यक्तिहरूको सामान बोक्ने जिम्मेवारी सुरक्षा गार्डको रहेको र उनले काममा सुरक्षात्मक(प्रोटेक्टिव )  लुगा लगाइरहेकि थिइन  चुआङले बताइन। उनीसँग पेन्नी  बेमा खाना खाने सहकर्मीहरूलाई क्वारेन्टाइनमा पठाइनेछ भनिएको थियो ।

उनले भाइरस चुन मुनबाट समातेकी हुन वा क्वारेन्टाइन केन्द्रबाट अधिकारीहरुले तलास गर्ने बताइएको थियो ।

अहिले विकसित भएको परिस्थितिलाई ध्यानमा राख्दै चुआङले चुन मुनमा गोप्य तवरले ट्रान्समिसन चेनहरू अस्तित्वमा  हुनसक्ने उल्लेख गरिन । त्यसैले चुन मुन जिल्लामा आठ वटा  नि:शुल्क कोविड परीक्षण केन्द्र थप्ने निर्णय सरकारले गरयो। चुन मुनमा बस्ने र काम गर्ने  सबैलाई परिक्षणमा सहभागी भइ समुदायभित्र व्याप्त संक्रमण चेनलाई चुडाल्न  आग्रह पनि सरकारले गरयो।

आठ टेस्टिङ सेन्टरहरुमा तीन वटा-  सिउ लुन कम्युनिटी  हल, होम अफेयर्स डिपार्टमेन्ट अन टिंग/याउ ओई कम्युनिटी सेन्टर र किन साङ्ग कम्युनिटी  हल हुन भने  पाँच वटा मोबाइल टेस्टिङ स्टेशन – याउ ओई स्पोर्ट्स सेन्टर , याउ ओइ सकर पिच, सान वो लेन प्ले ग्राउन्ड  , बटरफ्लाइ बे कम्युनिटी सेन्टर  र ताई हिङ कम्युनिटी  हल रहेका छ्न।

सरकारले डिसेम्बर २७ र जनवरी ९ को बीचमा H.A.N.D.S मल भ्रमण गर्ने सबै मानिसहरूलाई परीक्षण गराउन भनेपछि चुन मुनका  परीक्षण केन्द्र बाहिर मानिसहरुको लामो लाइन लागेको थियो ।

बृद्ध,बालबालिका र दृष्टिविहीन सहित चुन मुनका झण्डै ५ लाख बासिन्दा मध्ये २,००० भन्दा बढी मंगलबार दिउँसोदेखि होम अफेयर्स डिपार्टमेन्टको अन टिंग/याउ ओइ कम्युनिटी सेन्टरको मोबाइल परीक्षण केन्द्र बाहिर मानिसहरु पर्खिरहेका थिए ।

तपाईको प्रतिक्रिया