नेपालमा कोरोना संक्रमण सुरु भएयता एकैदिन सबैभन्दा बढी १० हजार २५८ जना संक्रमित भएका छन। पछिल्लो २४ घण्टामा परीक्षण भएका नमुना मध्येमा ४४।९ प्रतिशत संक्रमण दर रहेको छ। यस अवधिमा नेपालभरि २२ हजार ८ सय २८ वटा नमुना परीक्षण भएका थिए। मंगलबार पुष्टि भएका संक्रमितको संख्या नेपालमा कोरोना संक्रमण भएयताकै सबैभन्दा उच्च हो।
यसअघि कोेरोना संक्रमणको दोस्रो लहरमा गत वैशाखको अन्तिम साता एकै दिन ९ हजार ४ सय ८३ जना संक्रमित भएका थिए।

मंगलबार संक्रमण पुष्टि भएकामध्ये ५४ प्रतिशत काठमाडौं उपत्यकाका छन्। काठमाडौंमा ४ हजार ४ जना, ललितपुरमा ९ सय ७५ जना र भक्तपुरमा ५ सय ७० जनामा संक्रमण पुष्टि भएको हो।

तपाईको प्रतिक्रिया