जनवरी २० तारिख दिउँसो भएको विस्फोटमा सयौँ घरहरु ध्वस्त भएको र १७ जनाको शव फेला परेको अधिकारीहरुले जनाएका छन। भत्किएका घरका भग्नावशेषबाट ५९ जनालाई घाइते अवस्थामा निकालिएको छ। घाइतेको अवस्था गम्भीर रहेकोले मृतकको संख्या बढन सक्ने स्थानीय प्रहरीले जनाएको छ।

पश्चिमी घानाको बोगोसो र बावेडे सहरको बीचमा पर्ने अपाइते गाउँमा विस्फोटक पदार्थ भरिएको ट्रक मोटरसाइकलसँग ठोक्किँदा विस्फोट भएको हो। त्यहाँको राष्ट्रिय विपद व्यवस्थापन केन्द्रका उपमहानिर्देशक सेजी साजी अमेदोनुका अनुसार शक्तिशाली विस्फोटबाट काठ र ढुंगा माटोले बनेका ५ सय बढी घर ध्वस्त भएका छन्।

स्थानीय सञ्चारमाध्यमहरुले सार्वजनिक गरेका भिडियोहरुमा ठूलो संख्यामा घरहरु भत्किएको र धुँवा(धुलो उडिरहेको देखिन्छ। सुन खानीहरू भएको यो क्षेत्रमा खानीमा प्रयोग गर्ने विस्फोटक पदार्थ बोकेको ट्रक विस्फोट भएको हो। घानाका राष्ट्रपति नानाअकुफो अड्डोले राहत र उद्धारका लागि सेना परिचालन गरिएको बताएका छन्। क्यानडाको किनरोस कम्पनीले चलाइरहेको चिरानो सुनखानीतर्फ विस्फोटक पदार्थ बोकेर जाँदै गरेको ट्रकमा मोटरसाइकल ठोक्किँएपछि विस्फोट भएको हो।

सरकारले छिमेकी शहरहरुमा रहेका चर्च तथा विद्यालयहरु विस्फोट भएको क्षेत्रका पीडितका लागि खुला राखिदिन अपिल गरेको छ ।

तपाईको प्रतिक्रिया