कोभिड–१९ महामारी पुनः फैलिन थालेपछि फेब्रुअरी २८ सम्मका लागि भारतबाट बाहिर जाने र अन्य मुलुकबाट भारत आउने सम्पूर्ण अन्तर्राष्ट्रिय उडान स्थगित गरिएको छ।

तीब्र रुपमा फैलिरहेको कोरोनाको जोखिम कम गर्न भारतले उडान स्थगित गरेको भारतीय उड्डयन अधिकारीहरूले बताएका छन्।

भारतको नागरिक उड्डयन महानिर्देशनालयले जारी गरेको परिपत्र अनुसार नागरिक उड्डयनसँग सम्बन्धित निकायबाट स्वीकृति लिएका र सबै कार्गो सञ्चालन तथा उडानका लागि यो प्रतिबन्ध लागू हुने छैन।

पछिल्लो निर्णय अनुसार भारतबाट विदेश जाने र विदेशबाट भारत आउने अन्तर्राष्ट्रिय वाणिज्य यात्रु सेवालाई फेब्रुअरी २८ को मध्य राति १२ बजेसम्मका लागि विस्तार गर्ने निर्णय गरिएको छ।

तर ‘एअर ववल’ प्रबन्ध अन्तर्गत् दुई देशबीच सम्झौता भएर संचालन हुने उडानहरू भने यस निर्णयबाट प्रभावित नहुने बताइएको छ।

बढ्दो कोभिड सङ्क्रमणको फैलावटलाई नियन्त्रण गर्न भारतले सन् २०२० मार्च को अन्त्यतिर राष्ट्रव्यापी लकडाउनका साथै अन्तर्राष्ट्रिय तथा राष्ट्रिय उडानहरू स्थगित गरेको थियो। तर झण्डै दुई महिनापछि २५ मे, २०२० देखि घरेलु उडान पुनः सञ्चालनमा ल्याएको थियो।

तपाईको प्रतिक्रिया