काठमाडौ ।२४ घण्टा यता १० हजार ३१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । साथै देशभर सक्रिय संक्रमितको संख्या ८२ हजार ५५० पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २१ हजार २०१ जनामा कोरोना परीक्षण भएको थियो । सोही अवधिमा निको हुनेको संख्या भने २५४० जना रहेको छ ।

बितेको २४ घण्टामा कोरोनाबाट ४ जनाले ज्यान गुमाएका छन् भने देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ६५९ पुगेको छ ।
हाल कुल संक्रमित भने एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख १५ हजार १७८ र पीसीआर विधिबाट भएको परीक्षणमा ९ लाख १८ हजार ४४८ जना रहेका छन् । संक्रमितमध्ये ८ लाख २४ हजार २३९ जना निको भएका छन् ।

त्यसैगरि गएको २४ घण्टामा २१ देखि ३० वर्ष उमेर समूहका १९ सय १० जना तथा ३१ देखि ४० वर्ष उमेर समूहका १५ सय २५ जनामा संक्रमण पुष्टि भएको छ ।

भने माघ २ देखि ९ गते सम्मको तथ्याङ्क हेर्दा २१ देखि ३० वर्ष उमेर समूहका हालसम्म २२ हजार ५७३ जना संक्रमित भएका छन् । त्यस्तै, ३१ देखि ४० वर्षसम्म १८ हजार ११७ जनामा संक्रमण पुष्टि भएको छ ।

तपाईको प्रतिक्रिया