पाकिस्तानमा पहिलो पटकमा सर्वोच्च अदालतमा महिला न्यायाधीश नियुक्त भएकी छिन । न्यायाधीश आयसा मलिकले सोमबार सर्वोच्च अदालतको न्यायाधीशको सपथ खाएपछि उनको बिश्वभर चर्चा भएको छ ।

बिहीबार पाकिस्तानको न्याय सेवा आयोग (जेसीपी) ले मलिकलाई सर्वोच्चको न्यायाधीश नियुक्तिका लागि सिफारिश गरेको थियो । सर्वोच्चका प्रधान न्यायाधीश गुल्झर अहमेदले सोमबार नै मलिकलाई पद तथा गोपनीयताको सपथ खुवाएका छन ।

मलिकलाई सर्वोच्चको न्यायाधीश हुन त्यति सहज वातावरण थिएन । किनकी उनको प्रमोसनमा देशभरका वकिलहरूले विरोध गरेका थिए । वरिष्ठताका हिसावले उनी लाहोर उच्च न्यायालयको चौथो वरियतामा थिइन । मलिकको नियुक्तिको विरोधमा पाकिस्तान वार काउन्सिलले पनि आन्दोलन घोषणा गरेको थियो ।

तपाईको प्रतिक्रिया