क्रान्ति सुब्बा

संक्रमण रोक्न पशुबली अपरिहार्य

हङकङका स्वास्थ्यबिदहरुले  कम्तीमा  २,०००  ह्याम्स्टर नाम गरेका मुसा सरह आकार र स्वरूप भएका घर पालुवा जीवलाइ मार्ने  सुझाव दिएपछि  विशेषज्ञहरूले धम्कीपूर्ण सन्देशहरु प्राप्त गरेका थिए जुन धम्कीलाई हङकङ सरकारले निन्दा  गरेको थियो ।

सरकारी सल्लाहकार युन क्वोक-युङले हङकङमा जनावरका लागि क्वारेन्टाइन वा आइसोलेसन सुविधाको अभाव भएको र नयाँ कोविड-१९ भेरिएन्टको फैलावटलाई  रोक्न ह्याम्स्टरलाई बलिदान दिनुपरेको बताएपछि जनमानसबाट आलोचना आउने क्रममा शुरु भएको थियो ।

यो हत्या वैज्ञानिक सिद्धान्त र हङकङको वर्तमान परिस्थितिमा आधारित छ, समुदायमा कोरोनाभाइरसको थप फैलावटलाई  रोक्न यस्तो कदम चालिएको हो- कार्यकारी प्रमुख कार्यालयका प्रवक्ताले भनेका थिए ।

प्रवक्ताले अगाडि भने यस्ता तर्कहीन कार्य र सरकारी विज्ञहरूलाई धम्कीपूर्ण सन्देशहरू पठाउने कार्यको सरकार भत्सर्ना गर्दछ, र विज्ञहरू विरुद्ध गरिएको यस्तो व्यवहारले कानुनी दायरालाई उलंघन गरेको छ छैन अनुगमन गर्ने छ।
सरकारी सल्लाहकार युनले आफूलाई “नरक जाउ” (गो टु हेल)भन्ने इमेल प्राप्त गरेको एक दिनपछि सरकारको यो प्रतिक्रिया आएको हो।

बिहीबार प्रकाशित एक लेखमा युनले  ह्याम्स्टरहरू नेदरल्याण्डसबाट आयात गरेको बेला नै उनीहरुमा  कोरोनाभाइरस भएको  गतिलो संकेत थियो भनेका थिए ।
कजवे बेको लिटिल बोस पेट सोपमा रहेका दस भागको एक भाग भन्दा बढी ह्याम्स्टरहरू संक्रमित थिए। र पसलमा संकलन गरिएका वातावरणीय नमूनाहरू पनि पोजिटिभ  देखिएका थिए ।

ताई पोको चेन स्टोरेज हाउसमा कहिल्यै नगएका एक कर्मचारीलाई पनि  संक्रमण भएको थियो। त्यसपछि एक जना अर्का ग्राहकलाई  पनि पोजेटिभ भएको थियो ।  ह्याम्स्टर बेच्ने पेट सोपमा गएका थप दुई जनालाई आज  बिहीबार  प्रारम्भिक पोजेटिभ भएको थियो ।

“वास्तवमा १,००० ह्याम्स्टरहरू राखिएको स्टोर नै प्रकोपको मुल स्रोत थियो भन्ने विश्वास हामीले लिएकाछौं।  क्रस प्रदूषण मार्फत कोरोनाभाइरस पेट पसलहरूमा फैलिएर मानिसलाई संक्रमित गरेको हुन सक्छ “उनले लेखेका छ्न।

युनको भनाइ अनुसार  ह्याम्स्टरले संक्रमणको पहिलो सात दिनमा भाइरस उत्सर्जन गर्न सक्छ। र यदि त्यो भाइरसले मानिसलाई संक्रमित गरयो भने त्यहाँ कोरोनाभाइरसले म्युटेसन हुने मौका प्राप्त गर्छ । र म्युटेसनबाट जन्मिएको नयाँ संस्करणले  यसको संक्रमण दरमा परिवर्तन ल्याउन सक्दछ।

पेट पसलबाट संकलित नमूनाहरूमा एउटा नयाँ भेरिएन्ट  “D427G” पत्ता लागेको  थियो। तर यो कत्तिको संक्रामक र घातक छ भन्ने बारे कुनै जानकारी आइसकेको छैन ।

“यदि हामीले भाइरसको यस भेरिएन्टलाई समुदायमा फैलिनबाट रोकेनौं भने यो हङकङ,मुल भूमि चीन हुदै विश्वभरी  फैलिन सक्छ र अर्को विपत्ति निम्त्याउन सक्छ,” उनले लेखेका छ्न।

त्यसकारण  प्रकोपलाई रोक्ने  सबैभन्दा सुरक्षित उपाय भनेको  ह्याम्स्टरको “बलिदान”  हो, उनले भने।

संक्रमित जन्तुलाई क्वारेन्टाइनमा राख्ने  प्रस्ताव बारेमा युनले घरपालुवा जन्तुलाई सामान्य पिंजरामा राख्न असम्भव भएको बताए । संक्रमित जीवलाई विशेष किसिमको  हावा फिल्टर गर्ने  भेन्टिलेशन प्रणाली भएको पिंजडा चाहिदछ।  र P3 प्रयोगशालाले मात्र उक्त  मापदण्ड पूरा गर्न सक्छ। तर हालको विद्यमान गाइडलाइन अनुसार त्यस्ता प्रयोगशालामा प्रवेश योग्य सबै जनावरहरूलाई मार्ने चलन छ।

त्यसमाथि अझ कृषि, मत्स्यपालन तथा संरक्षण विभागसँग अपर्याप्त क्वारेन्टाइन सुविधा छ । जनशक्ति र परीक्षण क्षमता त शुन्य प्रायः छ उनले भने।

“ह्यामस्टरहरू पनि जीवन हुन। २,००० वटा ह्याम्स्टरहरुले ज्यान गुमाउनु परेकोमा नागरिकहरु कतिको दुखित छन भन्ने कुरा म पुर्ण रूपमा बुझ्न सक्छु। घरपालुवा जनावरमा डेल्टा संक्रमण हुँदाको अवस्थालाई हामीले पहिलो चोटि व्यवस्थापन गर्नु परेको छ   र सरकारले नागरिकहरूलाई आफ्ना घरपालुवा जनावरहरू समर्पण गर्न आग्रह गरेको पनि  यो पहिलो चोटि हो। आशा छ सरकारले यस्तो विषयलाई सम्बोधन गर्दा पक्कै पनि सहानुभूति प्रकट गर्ने छ, “युनले भने।

कवाडी माल उठाउनेले क्वाइ चुङको यात क्वाइ हाउसमा भाइरस सार्दा तीन दिन लकडाउन

जनवरी २० बिहीबार ११:५९ बजे

क्वाई चुङ एस्टेटको यात क्वाई हाउसमा एकैचोटि १६ जनामा कोभिड संक्रमण पुष्ठि भएपछि यसलाई  “सुपरस्प्रेडिङ” अर्थात चरमफैलावट   घटना भनिएको थियो र  तीन दिने लकडाउन घोषणा गरिएको थियो ।

सरदर २,५०० बासिन्दाहरूले प्रत्येक दिन नेगेटिभ पुष्ठि भएपछि मात्र भवन छोडनु  पाउनेछन  सरकारी सल्लाहकार युन क्वक युङले जनवरी २० तारीख बिहीबार राती भवन निरीक्षण पछि घोषणा गरेका थिए ।

युनले  भवनमा “व्यापक” संक्रमण भएको दावी गरेका थिए । विभिन्न दिशा तिर फर्किएर बसेका ११ वटा विभिन्न तलाका १२ वटा  फ्ल्याटहरू संक्रमित छ्न ।  संक्रमितमध्ये १५ जना बासिन्दा रहेका छन भने बाँकी एकजना सुरक्षा गार्ड छन  युनले व्याख्या गर्दै भने।

अधिकारीहरूले पाइपहरूमा कुनै किसिमको  समस्या पहिचान नगरेका कारण  सिंगो बिल्डिङ तत्काल खाली गर्न जरुरी छैन भनेका थिए ।

यो प्रकोप क्वारेन्टाइन होटल क्लस्टरसँग सम्बन्धित रहेको आशंका गरिएको थियो जहाँ एक महिलालाई क्वारेन्टाइन होटलमा संक्रमित भएको आशंका गरिएको थियो।  परीक्षण नेगेटिभ आएपछि उनी आफ्नो घर आएकी थिइन  ।

कोभिड-१९ पुष्टि भएकी ४३ वर्षकी पाकिस्तानी महिलाको परिवारका एक सदस्य अर्थात ती महिलाको लोग्ने जो भर्खरै कोभिड पुष्ठि भएका थिए उनी बासिन्दाहरूले फालेको  फोहोरको डंगुरमा काम लाग्ने चिज खोतल्न  क्वाई चुङ एस्टेट गएका थिए। उक्त व्यक्तिले उक्त फोहोर मैला स्टेसनमा भेटिएका सामग्रीहरू नाम च्यङ स्ट्रिटमा रहेको सडक स्टलमा बिक्रीका लागि लगेका थिए।

सेन्टर फर हेल्थ प्रोटेक्शनका प्रमुख चिकित्सा र स्वास्थ्य अधिकारी अल्बर्ट आउ का-विंगले आउँदो केही दिनमा केसहरूमा अझ बृद्धि भएमा भवन खाली गर्ने विषयमा विचार गरिने बताएका थिए ।

आज  बिहीबार कै अघिल्लो घडीमा अधिकारीहरूले यो एस्टेटमा दुई पुष्टि भएका केसहरू र तीन प्रारम्भिक पोजेटिभ केसहरू घोषणा गरेका थिए ।

दुई पुष्टि केसमा भवनको तेस्रो तल्लामा बस्ने ५३ वर्षीय व्यक्ति समावेश छन।  उनी एयरपोर्टमा फोर्कलिफ्ट अपरेटरको रूपमा काम गर्छन।

अर्को एउटा केसवाला थिए एक वर्षको बच्चा जो भवनको सातौं तल्लामा बस्ने आफ्नी हजुरआमालाई भेटन गएका थिए । उक्त  बच्चा चिङ यीको च्यङ होङ इस्टेटको होङ शुन हाउसमा बस्छन।

पत्ता लागेका अन्य तीनवटा प्रारम्भिक  कोविड केस अन्तर्गत   क्वाई हिंगको मास्क कारखानामा काम गर्ने ४४ वर्षीया महिला, पहिले पुष्टि भएको केससँग सम्बन्धित एक ७९ वर्षीय पुरुष र एक  ४८ वर्षीया  ताई वो हाउ एस्टेटमा काम गर्ने महिला सुरक्षा गार्ड रहेका छ्न।

यस ब्लकका पहिलो संक्रमित बासिन्दा आठौं तल्लामा बस्छन  र जनवरी १८ मा उनि  शेन्जेन गएपछि कोभिड-१९  पुष्टि भएका थिए ।

सुपर स्प्रेडर घुमेको एरियाको सफाइ

२१ जनवरी शुक्रबार १६:०० बजे

शाम शुई पोको पेई हो स्ट्रिट मार्केट  ओमिक्रोन केसधारीले भ्रमण गरेको पत्ता लागेपछि गहिरो तवरले सरसफाइ गर्नको लागि शुक्रबार बिहानबाट मार्केटलाई   बन्द गरिएको थियो ।
एक ४३ वर्षीया पाकिस्तानी महिलाको पतिले क्वाई चुंग आवासीय भवनका १६ जनालाई संक्रमित गरेका थिए र उनैलाई अधिकारीहरूले ओमिक्रोन सुपर-स्प्रेडर हुन सक्छन भनेका थिए । ती सुपरस्प्रेडर पेइ हो स्ट्रीट मार्केट पनि गएका कारण यो एरियालाई किटाणुशोधन गर्नु परेको थियो ।

यी दम्पतीले फालेको  सामानहरू संकलन गर्न सो भवनमा गएका थिए र त्यहाँ भेटेका सामानहरु नाम च्यङ स्ट्रिटमा लगेर  बेचेका थिए।

दुइटा पुष्ठि केसको संक्रमण स्रोतको खोजी जारि

२१ जनवरी शुक्रबार १८: बजे

स्वास्थ्य अधिकारीहरूले शुक्रबार २० भन्दा बढी प्रारम्भिक सकारात्मक कोविड-19 केस रिपोर्ट गरेका थिए । जसमा १० जना क्वाई चुंग एस्टेटको यात क्वाई हाउसमा गएका भिजिटर र कामदारहरु परेका थिए ।

सेन्टर फर हेल्थ प्रोटेक्शनको तर्फबाट  चुआंग शुक-क्वानले आज दिउँसोको मिडिया ब्रीफिङमा २४ थान पुष्टि केसहरू रिपोर्ट गरेकी थिइन। ती मध्ये १८ वटा स्थानीय केसहरू थिए भने ६ वटा आयातित केसहरू थिए।

चुआङले यात क्वाई हाउसमा काम गर्ने सुरक्षा गार्ड सहित भवनका  १२ वटा विभिन्न  तल्लामा रहेका १३ वटा युनिटमा प्रारम्भिक पोजिटिभ केसहरू फेला परेको बताएकी थिइन। ती सुरक्षा गार्ड चिङ्ग यीको चेङ अन एस्टेटको अन ताओ हाउस (ब्लक ४) मा बस्छन।

यात क्वाई हाउसमा काम गर्ने एक पुरुष  क्लिनरको रिपोर्ट पनि  प्रारम्भिक पोजेटिभ आएको थियो । उनी सोही एस्टेटमा रहेको यिङ क्वाई हाउसको १४ औं तलामा बस्छन।
यिङ क्वाई हाउसको तेहि १४ औं  तल्लामा आफ्नो  हजुरआमासँगै बसेकी दुई वर्षीया बालिकाको रिपोर्ट पनि  प्रारम्भिक  पोजेटिभ देखिएको थियो । उनी चुन वानको लुक यङ सन चुनमा पनि बस्थिन तर अधिकांश समय आफ्नी हजुरआमासँग कहाँ आएर बिताउने गर्थिन। बालिकालाई ज्वरो आएपछि परीक्षणका लागि अस्पतालमा भर्ना गरिएको थियो भने परिवारका सदस्यलाई क्वारेन्टाइन केन्द्रमा पठाइएको थियो ।

बुद्धिस्ट फात हो मेमोरियल कलेजमा पनि संक्रमित विद्यार्थीसँगै एउटै र फरक कक्षामा अध्ययनरत दुईजना विद्यार्थीमा प्रारम्भिक पोजिटिभ देखिएका थिए ।

ह्यामस्टर क्लस्टर अन्तर्गत ३० र २३ वर्षका दुई महिलामा पोजेटिभ पुष्टि भएका थिए । ३० वर्षीया महिला तिन शुई वाइको तिन शिङ कोर्टको शिंग हिम हाउस (ब्लक एच) मा बस्छिन। उनले गत मंगलबार (जनवरी ११) कोजवे बेको लिटिल बोस पेट पसलमा ह्याम्स्टर किनेकि थिइन  र त्यहाँको संक्रमित कर्मचारीको सम्पर्कमा आएकी थिइन।

२३ वर्षीया महिला चाहि  शेक किप मेई एस्टेटको मेई यू हाउसमा बस्छिन।  उनले जनवरी ४ मा मोङ कोकको तुङ चोई स्ट्रिटमा रहेको लिटिल बोसमा ह्यामस्टर किनेकी थिइन। सोमबार उनको नाकबाट पानी बगेको थियो र बुधबार सामुदायिक परीक्षण केन्द्रमा परीक्षण गर्न गएकी थिइन ।

अर्को पुष्टि भएको केसमा नाम निङ स्ट्रिट, एबरडीन सेन्टरको कोङ च्यङ कोर्टमा बस्ने एक ८२ वर्षीय व्यक्ति समावेश थिए । उनी हरेक बिहान आफ्नी श्रीमतीसँग ड्रागन प्लेस चाइनिज रेष्टुरेन्टमा जान्थे । उनी रेस्टुरेन्टमा गएको समयमा एक अर्का ७३ वर्षीय पुरुष तेहिँ थिए जो  ह्यामस्टर क्लस्टरबाट डेल्टा भेरिएन्ट L452R स्ट्रेन बोकेर पोजिटिभ भएका थिए ।

  चुआङका अनुसार ति दुई वृद्ध मानिस एकाअर्काबाट  टाढा बसेका थिए । त्यसकारण संक्रमण शौचालयमा  भएको थियो सायद । सरकारी अधिकारीहरूले आज राति नै रेस्टुरेन्टको निरीक्षण गर्ने भएका थिए । त्यहाँका कर्मचारीहरूलाई क्वारेन्टाइन केन्द्रमा पठाइने भनिएको थियो  र रेस्टुरेन्ट पूर्ण रूपमा कीटाणुशोधनका लागि १४ दिनको लागि बन्द हुने भएको थियो ।

स्वास्थ्य अधिकारीहरू अझै पनि पुष्टि भएका दुई जनाको ​​संक्रमणको स्रोत पत्ता लगाउन लागीपरेका थिए । जसमा एकजना ​​चुन वानको शा चुई रोडमा रहेको ब्लक १, न्यु हेभनमा बस्ने ३७ वर्षीय सेल्सपर्सन थिए।  उनी अन्तिम पटक मंगलबार कुुन तङको हिङ यिप स्ट्रिटमा रहेको पो यिप बिल्डिङको कोठा सी, १२/फ्लोरमा काम गर्न गएका थिए।

अर्को अज्ञात स्रोतवाला केसमा २४ वर्षीय सामाजिक कार्यकर्ता समावेश थिए  जो च्यङ यान हाउस, च्यङ शा वान एस्टेटमा बस्छन।  उनी अन्तिम पटक सोमबार क्वाई चुङको वो यी हप रोडको पहिलो तल्लामा रहेको HKSKH लेडी म्याकलेहोज सेन्टरमा काम गर्न गएका थिए।

क्वाइ चुङ एस्टेटको यात क्वाइ हाउस जनवरी २६ सम्म लकडाउन

२१ जनवरी शुक्रबार १९:०० बजे

शुक्रबार स्वास्थ्य अधिकारीहरूले यात क्वाई हाउस, क्वाई चुङ एस्टेटमा पाँच दिनको लकडाउन घोषणा गरेका थिए।  र त्यहाँका करिब २,७०० बासिन्दाहरूले अर्को बुधवार (जनवरी २६) बिहानसम्म होम आइसोलेसन बस्नुपर्नेछ र दैनिक कोभिड परीक्षण गराउनुपर्नेछ।

खाद्य तथा स्वास्थ्य मन्त्री  सोफिया चान सिउ-चीले आज दिउँसो एक मिडिया सेसनमा भनिन- भवनमा “सुपर-स्प्रेडिंग” (चरम प्रकोप ) अवस्था आइसकेको  हुन सक्छ ,फलतः केसहरूमा अपार बृद्धि भएको हो ।

संक्रमणको उच्च जोखिमका कारण सरकारले शुक्रबार (२१ जनवरी ) साँझ ६ बजेदेखि अर्को बुधबार (२६ जनवरी) बिहानसम्म भवन पाँच दिनका लागि लकडाउन गर्ने निर्णय गरेको चानले बताइन । लगभग २,७०० बासिन्दाहरूले होम आइसोलेसनबाट  गुज्रनुपर्नेछ र दैनिक कोभिड परीक्षण गर्नुपर्नेछ।

सेन्टर फर हेल्थ प्रोटेक्शनका नियन्त्रक एडविन चुई लोक-किनले भवनमा कुनै संरचनागत त्रुटि नभेटिएकाले त्यहाँका बासिन्दाहरूलाई खाली गर्न आवश्यक नरहेको बताए। यसको मतलब सो भवन बासिन्दाहरू बस्नको लागि सुरक्षित नै छ। किनकि यो भाइरस कुनै त्यस्तो विशेष  वास्तुकलात्मक  समस्याहरू मार्फत फैलि हाल्ने सम्भावना अहिले  छैन।

चुईले अगाडि भने- संक्रमित पाकिस्तानी महिलाका पति जनवरी १३ तारिखका दिन  यात क्वाई हाउसमा गएर एक जना  क्लिनरलाई कोरोनाभाइरस सारेका थिए र त्यसपछि ती क्लिनरले भवनको विभिन्न फ्लोरहरूमा भाइरस फैलाएका थिए ।

यसैबीच हाउजिङ डिपार्टमेन्टका आवास विभाग सहायक निर्देशक इयान लुक चे-वाइले भने कि लकडाउन शुरु भइसकेको छ र अधिकारीहरूले साँझ ७ बजेबाट बासिन्दाहरूको लागि  खानाको बक्स पठाउन थाल्नेछ्न। बासिन्दाहरूले बेलुका ८ बजेबाट यस क्षेत्रमा स्थापित मोबाइल परीक्षण स्टेशनहरूमा गएर  परीक्षण गर्न सक्छन।  ती स्टेशनहरू मध्यरातसम्म खुल्नेछ्न।

तपाईको प्रतिक्रिया