देशमा भएको भोकमरीलाई कम गर्न र खेती गर्न मल अभावलाई पुरा गर्न किम जोङले जनतालाई उर्दी जारी गरेका छन् । आदेशमा भनिएको छ,‘देशका प्रत्येक सक्षम नागरिकले मलका लागि २०० किलोग्राम मानव अपशिष्ट (मलमुत्र) को योगदान गर्नु ।’ यसबाट बाली राम्रो हुनेछ र भोकमरी मेटिने छ । यसो नगरेमा जरिवाना लगाइने पनि उर्दीमा भनिएको छ ।

गत वर्ष सरकारले प्रत्येक नागरिकलाई जनवरी महिनाको पहिलो अर्धवार्षिक अवधिमा १०० किलोग्राम मानव मल उपलब्ध गराउन भनिएको थियो । यसलाई यो वर्ष दुई गुणा बनाइएको हो । एक रिपोर्टका अनुसार सरकारी कम्पनीलाई पनि ५०० किलो मानव अपशिष्टको योगदान गर्न भनिएको छ ।

यो जानकारी उत्तर कोरिया र चीनको सीमामा मोबाइल फोनको माध्यमबाट एक अर्कासँग खबरको आदान प्रदान गर्नेहरूबाट प्राप्त भएको हो । त्यहाँको ठुलो जनसङ्ख्या भोकमरीको शिकार भएपछि सरकारले खेतमा मलका लागि मानव अपशिष्टको प्रयोगलाई बढाउँदै लगेको छ ।

तपाईको प्रतिक्रिया