क्रान्ति सुब्बा

कार्यकारी परिषदको बैठकमा जानू अघि जनवरी २५ तारीख मंगलबार हङकङकि कार्यकारी प्रमुख कार्यकारी क्यारी लामले क्वाई चुङ एस्टेटको हा क्वाई हाउसलाई आजदेखि पाँच दिनको लागि लक डाउन गरिने बताइन। 

क्वाइ चुङ एस्टेटको यो तेस्रो ब्लकमा  १० भन्दा बढी कोविड केसहरू फेला परेपछि लकडाउनको घोषणा भएको हो।

यसै एस्टेटका दुई ब्लकहरू – यात क्वाई हाउस र यिंग क्वाई हाउस – लाई  यो भन्दा अगाडि  पाँच दिने लकडाउनमा  राखिएको थियो।

यात क्वाई हाउसमाथिको पाँच दिने लकडाउन भोलि अर्थात जनवरी २६ तारीख बुधबार समाप्त हुँदै थियो तर १५० भन्दा बढी कोभिड केस फेला परेका कारण र केस संख्या दिनहु बढी रहेकोले अरु थप दुइ दिन अर्थात २८ तारीख  शुक्रबारसम्मको लागि लकडाउन अबधि थपिएको घोषणा लामले गरेकी हुन।

क्वाई चुंग एस्टेट निवासीले यो परिस्थितिमा अवश्य सास्ती व्यहोर्नु पर्ने छ तथापि  प्रशासनले पनि  दृढ संकल्पका साथ  कडा महामारी विरोधी उपायहरू अवलम्बन गर्नुपरेको छ लामले भनिन।

ओमिक्रोन र डेल्टा भेरिएन्टको दोहोरो मारबाट प्रताडित भएको स्मरण गराउदै उनले भनिन “क्वाइ चुङ एस्टेट माथि मात्र  होइन वङ ताई सिनको ट्रपिकाना गार्डेन लगायतका अन्य क्षेत्रमा पनि यो कडा महामारी विरोधी उपायहरू लागु गरिनु पर्छ” ।

जनसमुदायले हस्तान्तरण गरेको ह्याम्स्टर

यदि कोविडग्रस्त भवनमा बस्ने बिरामीले समयमै आफूसंग भएको  ह्याम्स्टर  अधिकारीहरूसमक्ष  बुझाउन सफल भएको भए र ह्याम्स्टर  मालिकले समयमै  कोविड परीक्षण गरेको भए संक्रमणको गुप्त संजाललाई समयमै ध्वस्त तुल्याउन सकिन्थ्यो  लामले भनिन।

स्वास्थ्य अधिकारीहरूले वंङ ताई सिनको संक्रमण  स्रोत  ह्याम्स्टर हुन  सक्ने शंका गरेका थिए । जुन जन्तु  डिसेम्बरको सुरुआतमा मङ  कोकको “आई लभ रयाबिट” पसलबाट खरिद गरिएको थियो जुन पसलबाट संकलित वातावरणीय नमूना पनि पोजिटिभ सावित भएको  थियो।

२५ जनवरी मंगलबार २२:०० बजे

हङकङमा मंगलबार १२४ नयाँ कोभिड-१९ केसहरू रिपोर्ट गरिएका थिए जसमा क्वाई चुङ एस्टेटका ३३ जना परेका थिए ।

चुन वान स्थित ग्लोरी कोर्टमा भाइरसको  ठाडो प्रसारण( भर्टिकल ट्रान्समिसन) हुँदा फरक फ्लोरका दुई जना संक्रमित भएका थिए ।त्यसपछि अधिकारीहरुले भवन खाली गराएका थिए ।

सेन्टर फर हेल्थ प्रोटेक्शनका चुआंग शुक-क्वानले दिएको रिपोर्ट अनुसार  मंगलबारको केस अन्तर्गत  आयातितमा ३१ केसहरू थिए । यी आयातितमा भारतबाट  पानीजहाजमा २३ जनवरीका दिन हङकङ आइपुगेका २१ जना व्यक्ति परेका थिए । जम्मा ७० वटा केसहरु प्रारम्भिक पोजिटिभ अन्तर्गत थिए ।

स्थानीय केसहरू मध्ये ५३ जना पहिले पुष्टि भएका बिरामीहरूसँग सम्बन्धित थिए, जसमा क्वाई चुंग एस्टेटमा भएकाहरू पनि परेका थिए ।

३३ नयाँ केसहरू क्वाई चुङ इस्टेटबाट आएका थिए – जसमा यात क्वाई हाउसका १५, यिङ क्वाई हाउसका चार, हा क्वाइ हाउसका १० परेका थिए ।  युक क्वाइ, चुइ क्वाइ  र ङा क्वाइ हाउसबाट पनि  एकेक केस आएका थिए ।
यात क्वाई हाउसका एक सुरक्षा गार्डमा संक्रमण देखिएको थियो  ।

क्वाइ चिङ एस्टेटमा जनवरी २५ सम्ममा २७६  केसहरू पुगेका थिए  जसमा क्वाइ चुङ एस्टेटमा संक्रमित हुनेहरू पनि परेका थिए।

चुन वान गार्डनबाट युनिट ५ बस्ने दुई जना संक्रमित भएका थिए । यस भवनबाट सोह्र जना बासिन्दालाई विस्थापित गरिएको थियो । जसमा युनिट ५ को  ४ देखि १८ औँ तल्लाका वासिन्दा विस्थापनमा परेका थिए भने  युनिट ४ का  १६ देखि १८ औं तलाका परेका थिए ।

स्वास्थ्य विभागका अल्बर्ट आउ का-विङले  १२ औं तल्लामा बस्ने बिरामीले ढलबाट भाइरस फैलाएको हुनसक्ने अनुसन्धानले  देखाएको बताए।

फुङ वङ न्यु भिलेज, वङ ताई सिनको एउटा सैलुनमा पोजेटिभ हुनेको संख्या तीन पुगेको थियो । तिनीहरूमा एक जना कर्मचारी, एक जना पार्ट-टाइमर र एक  जना ग्राहक समावेश थिए र  ती सबैले L452R स्ट्रेन बोकेका थिए ।

ट्रोपिकाना गार्डेन्स ब्लक ए निवासी एक २६ वर्षीय पुरुष पनि पनि पोजिटिभ पुष्टि भए  जसले  गत महिना मङ कोकको I Love Rabbit शपमा ह्यामस्टर किनेका थिए । उनले एउटै भवनका २ जना बासिन्दालाई संक्रमण गरेको आशंका गरिएको थियो, जसमा युनिट ७ ई का ७५ वर्षीय पुरुष र युनिट ८ई की ८१ वर्षीया महिला रहेका थिए।
वङ ताई सिनका दुबै सैलुन र ट्रोपिकाना केसहरू डेल्टा थिए र उनीहरूको सम्बन्ध  ह्याम्स्टरसँग हुनसक्ने चुआङले बताइन।

अधिकारीहरूले ताइ पोको लाम चुनमा संकलित ढलको नमुनामा पनि कोभिड-१९ भाइरस भेट्टाएका थिए ।प्रभावित ढल क्षेत्र लाम काम रोडको काउ लिउ हादेखि पिङ लङ भिल्ला सम्म थियो ।

तत क्षेत्रका बासिन्दाहरूलाई जतिसक्दो चाँडो परीक्षण गर्न र बाहिर जानु अघि नेगेटिभ नतिजा पर्खन आग्रह गरिएको थियो ।

संक्रमण स्रोत  पत्ता लगाउन नसकिएका  छ वटा केसबारे पनि आज चर्चा भएको थियो । जसमध्ये एकजना ग्रान्ड योहो, युन लङको ब्लक २ मा बस्छन र वन प्यासिफिक, कुुन तङमा लेखापालको रूपमा काम गर्छन।  जनवरी १६ मा सांघाईबाट हङकङ आएका ती  व्यक्तिको नतिजा  एयरपोर्टमा नेगेटिभ आएको थियो । उनलाई जहाँ सम्म हङकङमा नै संक्रमण भएको हुन सक्ने  सम्भावना बढी थियो।

दोस्रो केस अन्तर्गत गोल्ड कोस्ट याट एण्ड कन्ट्री क्लबमा ड्राइभरको रूपमा काम गर्ने र का फुक एस्टेट, फ्यानलिंगको फुक अन हाउसमा बस्ने ६२ वर्षीय पुरुष थिए। उनले यो भन्दा अघि संक्रमित भएका क्लबका  शेफले प्रयोग गरेको  चेन्जिङ रुम र शौचालय शेयर गरेका थिए ।

बाँकीमा १. अप्पर वङ ताई सिन एस्टेटको तात सिन हाउसमा बस्ने ७५ वर्षीय पुरुष थिए;  २. सेन्ट मार्टिन, पाक शेक कोकमा बस्ने र हेङ सेङ बैंकको हो मान तिन शाखामा काम गर्ने ४० वर्षीय पुरुष;  र  ३. एक २९ वर्षीया गृहिणी जो ओन क्वाई हाउस, क्वाई फुक कोर्टमा बस्छिन जुन एरिया  क्वाई चुङ एस्टेट नजिकै छ।  ४. प्रिन्स अफ वेल्स अस्पतालकी ४१ वर्षीया नर्समा पनि संक्रमण देखिएको थियो  ।

२६ जनवरी बुधबार १०:०० बजे

तो क्वा वानमा मंगलबार राति घोषणा गरिएको लकडाउनबाट दुई  जना  प्रारम्भिक पोजिटिभ केस भेटिएको थियो ।

ती दुई जना  प्रारम्भिक पोजेटिभ केसहरू २१-३५ हुङ क्वङ  स्ट्रीटको आवासीय भवनहरूमा फेला पारेका थिए जहाँ  करिब १९० व्यक्ति माथी कोभिड परिक्षण भएको थियो ।

यसैबीच शाम शुई पोको उन चाउ स्ट्रिटमा रहेको वाइ चुन हाउसमा रातभरको लकडाउनमा कुनै नयाँ कोविड-१९ केस फेला परेन। जहाँ  करिब ४० जनाले परीक्षणमा भाग लिएका  थिए।

मङ कोकमा किनेको ह्याम्स्टरको रिजल्ट नेगेटिभ

२६ जनवरी बुधबार २०:००

वङ ताइ सिन स्थित  ट्रोपिकाना गार्डेन्स, ब्लक १ का थप बासिन्दालाई संक्रमित  हुनथालेपछि त्यहाँका अरु  बासिन्दालाई पनि विस्थापित गरिएको थियो ।

उक्त भवनको तल्लो तल्लामा बस्ने  एक बासिन्दामा कोरोना पोजेटिभ देखिएपछि बुधबार राति ब्लक १ युनिट एफको छैठौंदेखि आठौं तलाबासी  बासिन्दालाई जम्मा गरेर  क्वारेन्टाइन केन्द्रमा पठाइएको थियो ।

यो ब्लकमा पत्ता लागेको पहिलो केसधारी व्यक्ति युनिट ५ इ मा बस्ने  एक २६ वर्षीय पुरुष थिए । उनले  डिसेम्बरको शुरुआत तिर  मङ कोकको तुङ चोई स्ट्रिटमा रहेको “आई लभ रयाबिट” बाट   ह्याम्स्टर किनेका थिए । उनले किनेको ह्याम्स्टरबाट उनलाई  संक्रमण भएको आशंका गरिएको थियो, तर आज उक्त ह्याम्स्टरको कोभिड रिजल्ट नेगेटिभ आएको थियो ।

माथिल्लो तलामा बस्ने दुई जना बासिन्दाहरू  युनिट 7E का 75 वर्षीय पुरुष र युनिट 8E की 77 वर्षीया महिलालाई  पछिल्लो समयमा पोजिटिभ भएको थियो ।

आज देखिएको ताजा केस चाहिँ  चौथो केस हो।  नयाँ केसको आनुवंशिक अनुक्रम पहिले “लिटिल बोस” पेट पसल क्लस्टरका संक्रमितसंग मिल्दोजुल्दो थियो।  सेन्टर फर हेल्थ प्रोटेक्शनका अनुसार भाइरस भवनको एयर शाफ्टबाट युनिट E बाट F सम्म फैलिएको विश्वास गरिएको थियो।

सोमबार सरकारी सल्लाहकार युन क्वोक-युङले आवासीय ब्लकको निरीक्षण गरेपछि यहाँ  ठाडो प्रसारण भएको निष्कर्ष निकालेका थिए ।  पाँचौं, सातौं र आठौं तल्लाहरूमा संक्रमण फैलिएपछि सिंगो युनिट  E मा बस्ने सबै बासिन्दाहरूलाई घर निकाला गरिएको थियो ।

युनिट 5E को ड्रेनेज पाइप टेपले टालेको र त्यहाँ  भाडामा बस्ने महिलाले पाइपमा विरलै पानी हाल्ने गरेको युनले पत्ता लगाए । यसको अर्थ त्यहाँ किरायामा बस्नेले भेन्टिङ्ग फ्यान खोल्दा त्यो फ्यानले सजिलै भाइरसलाई तान्दथ्यो र संक्रमित तुल्याउन सक्दथ्यो।

यिङ क्वाइ हाउसको लकडाउन दुई दिन थपियो

२६ जनवरी बुधबार २०:३० बजे

क्वाइ चुङ एस्टेट,यिङ क्वाइ हाउसमा जारी पंच दिवस लकडाउनको म्याद अरु दुई दिन थपिएको थियो । तदनुकुल लकडाउन जनवरी २९ तारीख  शनिबारसम्म लम्बिने भएको थियोे ।

हङकङमा  आज १०७ थान  नयाँ कोभिड-१९ केसहरू रिपोर्ट भएको थियो ।

यिङ क्वाइ हाउसमा  कम्तिमा ७० पुष्टि  अन्यथा प्रारम्भिक केस भेटिएपछि लकडाउन थप्नुको विकल्प नरहेको हो।

सेन्टर फर हेल्थ प्रोटेक्शनको कम्युनिकेबल डिजिज शाखाका प्रमुख चुआंग शुक-क्वानले क्वाई चुङ एस्टेटमा आज थप ५८ नयाँ कोभिड केसहरू देखिएको तर नयाँ युनिटबाट आउने संक्रमण संख्या घटेको बताएकी थिइन।

५८ केस मध्ये ४५ यात क्वाई हाउससँग संबंधित थिए भने  नयाँ युनिटबाट  ६ वटा मात्र केस आएका थिए ।

बाँकी १३ केसहरू क्रमशः यिङ क्वाई हाउस, युक क्वाई हाउस, ङा क्वाइ हाउस र ह्यु क्वाइ हाउसका थिए जसमा पाँच नयाँ युनिटहरू पनि  संलग्न थिए।

५८ केसहरू थपिएपछि  क्वाई चुङ एस्टेट प्रकोप अन्तर्गत पोजिटिभ र प्रारम्भिक दुवै गरेर कुल केस संख्या ३३४ पुगेको थियो । यी केसहरु एस्टेट भित्रका छवटा ब्लकहरूबाट आएका थिए । यी केसहरु ज्ञात संक्रमणसँग सम्बन्धित थिए भने कतिपय  क्वारेन्टाइन सेन्टरमा पत्ता लागेको थियो ।

आज रिपोर्ट भएका १०७ केस  मध्ये १०० केस  स्थानीय थिए ।

आजका  केही बिरामीहरू सहरका साना कोविड क्लस्टरबाट आएको जानकारी चुआङले  दिइन जसमा क्वाई हिङ म्यानिङस क्लस्टर, ताइ वो हाउ एओन क्लस्टर र भिक्ट्री एभिन्यू निर्माण साइट क्लस्टर समावेश थिए ।

आज सातवटा पत्ता लगाउन नसकिने कोविड केसहरू थपिएका थिए ।
तिनीहरू मध्ये एक ४२-वर्षीय पुरुष थिए जो भिक्ट्री  एभिन्यूमा बस्छन। उनको निवास छेउमा एउटा निर्माण साइट छ जहाँ भर्खरै कोविड संक्रमण देखिएको थियो । तर उनलाई त्यो कन्स्ट्रक्सन कामदारबाट भाइरस संक्रमण भएको हो वा होइन सुनिश्चित थिएन। थप अनुसन्धानको खाचो छ चुवाङले भनिन।

अर्को केस ताई वो हाउ एस्टेटको फु क्यङ हाउसको  फ्ल्याटमा बस्ने ७२ वर्षीया सेवानिवृत्त महिला हुन जुन केस सो ब्लकमा भएको शंकास्पद ठाडो प्रसारणसँग सम्बन्धित थिएन ।

अन्य अज्ञात स्रोतका केसमा रहेका छ्न- दुई जना एयरपोर्ट कामदारहरू, एक वाशरूम क्लिनर जो चिङ यीमा बस्छन र क्याथे सिटिका एक सुरक्षा गार्ड जो ताई वो हाउ एस्टेटमा बस्छन।

  तीन जना अरु पहिल्याउन मुस्किल  केसहरूमा मा ओन शानको वु काई शा भिलेजमा बस्ने ४० वर्षीय पुरुष, चुन वानको चुन च्यङ सेन्टरमा बस्ने २६ वर्षीय पुरुष पेशागत चिकित्सक र ३२ वर्षीय पुरुष जो ताइकु शिङमा सुरक्षा गार्ड गर्छन जो तो क्वा वानको लकी बिल्डिंग मा बस्छन।

२७ जनवरी बिहिवार १०: बजे

तुङ चुङमा गरिएको लकडाउन बिहीबार बिहान ७ बजे समाप्त भयो जसमा परिक्षण गरिएका करिब ७३० जना मध्ये कसैमा पनि पोजेटिभ भेटिएन।

सरकारले बुधवार बेलुका ८ बजे तुङ चुङको कोस्टल स्काइलाइन फेज 3 को ला रोसा ए (ब्लक 7) मा लकडाउन गएको थियो । त्यहाको एउटा सार्वजनिक एरिया जहाँ हरेक दिन ३० जना  भन्दा बढी बच्चाहरु फुटबल खेल्छन त्यहाँ कम्तिमा पाँच जना पुष्टि  बिरामीहरु पुगेका थिए । त्यो मैदान नजीकको भवन वा नजिकैको ब्लकहरूमा पनि धेरै केसहरू फेला परेका थिए।

स्वास्थ्य अधिकारीहरूका अनुसार  परीक्षणको क्रममा करिब 380 घरपरिवारमा भ्रमण गरिएको थियो।

तपाईको प्रतिक्रिया