क्रान्ति सुब्बा

“कोभिडसंग बाच्ने” नितिको वकालत गर्दा सेक्युरिटी कानुनको उलंघन हुने

ओमिक्रोनको केन्द्रियतामा अहिले लिभिङ वीद कोभिड अर्थात कोभिडसंगै बाँच्ने रणनीति संसारका धेरै देशले अपनाइ रहेको छ। हङकङमा पनि यो बहसको विषय भएको  छ। हङकङका केहि स्वास्थ्य विज्ञहरूले यो निति अपनाउनु पर्छ भन्ने विकल्प अघि सारेका छ्न। तर यस विकल्पले हङकङको राष्ट्रिय सुरक्षा कानून उलंघन  गरेको कोणबाट पनि  हेरिनुपर्छ भनेर सांसद जुनियस हो क्वान-यीउ जिकिर गरेका छ्न जनवरी २९ तारीख शनिबार मिडिया समक्ष ।

जुनियस हो

आयातित केस र बढदो घरेलु संक्रमणलाई  रोक्नु भनेको राष्ट्रिय स्तरको संकटलाई संबोधन गर्नु  हो  र महामारी बिरोधि मापदण्ड राष्ट्रिय सुरक्षा र कुटनितीसंग जोडिएको कुरा हो शनिबार मिडियासंग बोल्ने क्रममा उनले भने ।

उनको बुझाइमा “कोविडसँग बाँच्ने”  रणनीति राष्ट्रिय रक्षाको वर्खिलाफमा छ  र यसले  समाजमा अस्तव्यस्तता निम्त्याउछ।

उनले पश्चिमी देशहरूले कोभिड संगै जिउने नितिलाई मान्यता दिएर  गैरजिम्मेवार भुमिका खेलिरहेको बताए । यस नितिका कारण  भाइरसले खुलेआम फैलिने मौका पाउछ्न  यसको अर्थ पश्चिमी देशले “जैविक युद्ध सुरु” गरिरहेछ्न उनले आरोप लगाए।

९० प्रतिशत जनसंख्याले पहिलो डोज लगाएपछि  सामाजिक दूरीका नियम सहज हुने

३० जनवरी २०२२ आइतबार १५ :३० बजे

हङकङको ९० प्रतिशत जनसंख्याले कम्तिमा कोभिड भ्याक्सिनको एउटा डोज प्राप्त गरिसके पछि मात्र  सामाजिक दुरीका नियमहरू खुकुलो पार्ने विषयमा विचार गर्न सकिन्छ  स्वास्थ्य प्रमुख सोफिया चान सिउ-चीले आइतवार बताइन।

फेब्रुअरी २४ तारीखबाट “भ्याक्सिन पास” लागू हुनेछ । भ्याक्सिन लाएपछी प्राप्त हुने यो पास नहुनेले सो मिति उप्रान्त  रेस्टुरेन्ट , मनोरन्जन स्थल तथा नियमन गरिएका  नियन्त्रित परिसरहरूमा प्रवेश  गर्न पाउने छैन ।   भ्याक्सिन बबल भनिने यो योजनाको दायराले के कति इलाकालाई समेटदछ त्यसको अन्तिम प्रारुप आउन बाकी नै छ।

सोफिया चान

हङकङले एकै दिनमा १६४ केस  गत बिहीबार  रेकर्ड  गरयो । २ वर्षपछि एकै दिनमा देखा परेको यो सबैभन्दा उच्च संख्या हो चानले आइतबारको आफ्नो ब्लगमा लेखेकी थिइन।

अहिलेका धेरै जसो पुष्टि केसहरू ओमिक्रोन संक्रमित छन। यो म्युटेन्ट स्ट्रेनलाइ स्थानीय समुदायमा हुल्ने काम सर्वप्रथम एक जना एयरक्रूबाट भयो त्यसपछि सल्किएर विभिन्न क्लस्टरहरू यसले रचना गर्दै गयो उनले भनिन।

“तर अधिकारीहरुद्वारा  कार्यान्वयन कडा कदमका कारण प्रसारण चेन सफलतापूर्वक काटिएको छ” उनले भनिन।

३० जनवरी १८:०० बजे

हङकङमा आइतवार ८१ नयाँ कोभिड-१९ केसहरू रिपोर्ट गरिएको थियो ।  आठ दिनपछि  पहिलो पटक केस संख्या  दोहोरो अंकमा झरेको थियो ।

ठाडो प्रसारणको कारण याउ तङ, क्वाइ चुङ र चिङ यी स्थित तीनवटा भवनबाट  आंशिक बासिन्दालाई विस्थापित गर्ने घोषणा भएको थियो । तथापि क्वाइ चुङ एस्टेटमा भने प्रकोप अध्यावधी  नियन्त्रणमा आइसकेको थियो ।

आजका ८१ केस मध्ये चार आयातित र बाँकी स्थानीय थिए  । पन्ध्र स्थानीय केस संक्रमणको अज्ञात स्रोतबाट आएका थिए ।

नौ वटा  केसमा  डेल्टा संस्करण  थिए भने बाँकी ओमिक्रोन केस थिए। अन्य ७० जनामा प्रारम्भिक पोजिटिभ पाइएको थियो  ।

शंकास्पद ठाडो प्रसारण भएका तीन एस्टेटहरू थिए – याउ लाइ एस्टेटको युंग लाइ हाउस, शेक याम ईस्ट एस्टेटको याम यू हाउस र टिभोली गार्डनको ब्लक २ । तत भवनका विभिन्न फ्लोरवासी संक्रमित भएका थिए ।

ति संक्रमितहरुमा  युंग लाइ हाउसको ३६ औं र ३९ औं तल्ला बीचका २६ वटा युनिटमा बस्ने १२ जना थिए । याम यू हाउसको दोस्रो र आठौं तल्ला बीचमा रहेको ०६ र ०७ युनिटवासी ३० जना भन्दा बढी व्यक्तिहरू थिए ।  ब्लक दुई, टिभोली गार्डेनको २६  औं र ३२औं तल्ला बीचमा रहेको  युनिट D र E बाट एक दर्जन जना संक्रमित थिए ।

शातिन मेथोडिस्ट कलेजमा चौकीदारहरू समावेश भएको एउटा क्लस्टर देखा परेको थियो । जसमा आइतवार दुई जनामा संक्रमण पुष्टि भएको थियो भने केहीमा प्रारम्भिक पोजिटिभ देखा परेको थियो ।

त्यहाँबाट एक दर्जन जति क्लोज कन्ट्याक्टमा परेका विद्यालयका कर्मचारीलाई  क्वारेन्टाइन केन्द्रमा पठाइएको थियो।  चोई वान एस्टेट प्रकोपसँग जोडिएका डेल्टा केसहरू मध्ये एकले जनवरी २३ मा केप कोलिन्सन श्मशान गृहको भ्रमण गरेका थिए र त्यसै दिन साइटमा भ्रमण गरेका आगन्तुकहरूले अनिवार्य परीक्षणमा जानू परेको थियो ।

क्वाई चुङ एस्टेटबाट नौ वटा नयाँ केसहरू निम्न ब्लकबाट आएका थिए – यात क्वाई, यिंग क्वाई, चिन क्वा, हिउ क्वाई र ङा क्वाई हाउस।  यिंग क्वाई र ङा  क्वाई हाउसबाट तीन तीन नयाँ केस आएका थिए ।
  पहिले नै  पुष्टि भएका बिरामीका वतनबाट यी नयाँ केस आएका हुन । आज आइतबार  कुनै नयाँ फ्ल्याट संक्रमण भएको पाइएन। यस मानेमा यहाँको संक्रमण काबुमा आएको थियो ।

३० जनवरी २१:०० बजे

आइतवार राति क्वाई चुङ र तु क्वा वानका भवनहरूमा लकडाउन घोषणा गरिएको थियो ।

शेक लेई (II) एस्टेट, क्वाई चुङमा रहेको शेक वाह हाउसको  ढलको नमूनामा कोभिड-१९ पोजेटिभ देखिएपछि त्यहाँ  लकडाउन  गरिएको  थियो।

  धेरै बासिन्दाहरूमा पोजेटिभ देखिएपछि  अर्को स्थान  नम्बर 18, 20 यिन अन स्ट्रिट र नम्बर 17, 19, सुन फात स्ट्रीट, तु क्वा वानमा पनि  लकडाउन घोषणा गरिएको थियो।

तपाईको प्रतिक्रिया