काठमाण्डौं ।
लोकप्रिय गायक राजु बिरही सापकोटा र नब गायिका अम्बिका बिश्वकर्माको आवाजमा रहेको लोक दोहोरी गीत ”बाँध मायाले“को भिडियो सार्बजनिक भएको छ ।

अम्बिका बिश्वकर्मा र रबिन बराईलीको संयुक्त प्रस्तुतिमा रहेको सो गीतमा एउटा प्रेमीकाले दुई ओटा प्रेमीलाई खेलाउदै अन्तमा अर्कैसंग गएर फसाएको रोमान्टीक कथा प्रस्तुत गरिएको छ । गीत रोमाञ्चक भए पनि आजकलको माया झुट हुने कुरा उक्त गीतको भिडियोमा छ ।

राजु बिरही सापकोटा ,करिश्मा मगर र रबिन बराइलीको मुख्य अभिनय रहेको उक्त गीतमा संगीत पनि स्वयम् राजु बिरही सापकोटाले नै गरेका हुन भने शब्द रबिन बराइलीको रहेको छ । मिलन श्रेष्ठको निर्देशनमा रहेको उक्त भिडियोमा सन्तोष तिमल्सिनाको छायाँकन तथा रोशन धितालको सम्पादन रहेको छ । उक्त गीतलाई मिलन फिल्मस प्रालीद्वारा बजार ब्यबस्थापन गरिएको छ ।
गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया