क्रान्ति सुब्बा

संक्रमण संगै विस्थापन जारी

हङकङमा जनवरी ३१ तारीख सोमबार ९२ वटा नयाँ कोभिड-१९ केसहरू रिपोर्ट भएको थियो र क्वाई चुङ र चोई हङका चारवटा भवनहरूबाट वासिन्दालाई निस्कासन गर्ने  घोषणा गरेको थियो ।

आज स्थानीय संक्रमणको संख्या ८० थिए, जसमध्ये १३ केसको संक्रमण स्रोत अज्ञात थियो । आयातीत केसमा १२ जना थिए । प्रारम्भिक परीक्षणमा ९५ जनामा पोजेटिभ देखिएको थियो ।

धेरै आवासीय भवनभित्र ढल या अन्य माध्यम मार्फत भाइरस फैलिएपछी आंशिक बासिन्दालाई क्वारेन्टाइन सेन्टरतिर विस्थापित गरिएको थियो ।

क्वाई चुङ, चि होङ एस्टेट, होङ तिम हाउसमा दुईवटा फ्ल्याटका पाँच जनामा ​​संक्रमण देखिएको थियो । 1/F देखि 6/F सम्मका युनिट 06 का बासिन्दाहरूलाई पेनी बे क्वारेन्टाइन केन्द्रमा पठाइने घोषणा भयो।

क्वाइ चुङ, क्वाइ फुक कोर्टको ओन क्वाइ हाउस युनिट  08 को तेस्रो फ्ल्याटमा संक्रमण भेटिएको थियो। युनिट ८ मा बस्ने   1/F देखि 40/F सम्मका सबै वासिन्दाले घर छोडनु पर्ने भएको थियो ।

क्वाइ फङ एस्टेट, क्वाइ यान हाउसको १४ तल्लाका  तीनवटा फ्ल्याटहरू संक्रमित भएका थिए । यो संक्रमित तल्लामा बस्ने सबै बासिन्दाहरू साथै यो १४ तल्ला माथिको युनिट ६ मा बस्नेहरूलाई घरबाट निकाल्नु पर्ने भएको थियो ।

मिङ लाइ हाउस, चोई वान (II) एस्टेटका सातवटा फ्ल्याटका बासिन्दाहरू  संक्रमित भएका थिए । जसभित्र ५ वटा युनिटका विभिन्न फ्लोर र १० तल्लाका तीनवटा फ्ल्याटका वासिन्दाहरु परेका थिए । युनिट १४ र १५ को २ तल्ला देखि २४ तल्ला सम्मका बासिन्दाहरू साथै  युनिट १४ देखि युनिट १७ सम्मका १० तल्ला निवासीहरुलाइ पनि  खाली गरिएको थियो ।

स्वास्थ्य अधिकारीहरू चुइ वो हाउस,ताइ वो हाउसका पाँचवटा फ्ल्याटमा संक्रमणको अवस्था अनुसन्धान गर्न गएका थिए ।

एस्टेटहरु बाहेक विद्यालय र एक वृद्ध आस्रममा पनि केसहरु  पहिचान गरिएको थियो।

शातिन मेथोडिस्ट कलेजका पाँच जना चौकीदारहरू संक्रमित भएका थिए । र उनीहरूका १२ सहकर्मीहरूलाई क्वारेन्टाइनमा राख्नुपर्ने भएको थियो ।

चुन मुनको ट्रेन्ड प्लाजामा रहेको बैंक अफ चाइना शाखामा तीनवटा केस फेला परेका थिए ।

ओन याम एस्टेटमा रहेको  लाम वू होम फर एल्डरलीका एक कर्मचारीलाई  प्रारम्भिक पोजिटिभ भएको थियो । र त्यहाँका बासिन्दाहरूलाई पनि  खाली गर्नुपर्ने अवस्था आउनसक्छ भनिएको थियो ।

हक्का कुजिन, लायन्स राइज हलको एयर भेन्टबाट संकलन गरिएको वातावरणीय नमूनामा कोरोनाभाइरस पोजेटिभ देखिएको थियोे । यो  रेस्टुरेन्टमा कोविड-१९ बिरामीले भ्रमण गरेका थिए।

एन्टिजेन टेस्टिङ कीट वितरण गरिने

३१ जनवरी सोमबार  २२:०० बजे

काउलुन सिटि र मङ कोकका केही भागका बासिन्दाहरूलाई अनिवार्य कोभिड-१९ परीक्षण गराउन आदेश दिइएको थियो ।

परीक्षण सूचना लागु हुनेहरूमा स्यङ चिङ हाउस, काई चिङ इस्टेटका बासिन्दा साथै याउ चिम मङ ढल परीक्षण क्षेत्र ११६ – शांघाई स्ट्रिट र फिफ स्ट्रिट नजिकैका बासिन्दा थिए ।

अधिकारीहरूले सोमबार साँझ चोई वान एस्टेट, मिङ लाइ हाउस, ६२८-६३२ए सांघाई स्ट्रिट, १के फिफ स्ट्रिट, र ३५-३७ए अर्गाइल स्ट्रिटमा कोभिड-१९ परीक्षण गरिरहेका थिए।  खाद्य र स्वास्थ्य सचिव सोफिया चान सिउ-ची पनि  फिफ स्ट्रीटमा गएकी थिइन ।

सरकारले सबै  नागरिक खोप लगाइसकेका समेतलाई  समयमै परीक्षण पूरा गर्न आग्रह गरेको थियो ।

अर्कोतर्फ ताइ पो, चुन वान र काउलुन सिटिका ढल निकास प्रणालीको नतिजा पोजिटिभ आएपछि  गृह मामिला विभागले  चुइ वो हाउस , ताइ वो हाउसका  बासिन्दालाई रयापिड एन्टिजेन टेस्ट  किट मंगलबारदेखी  वितरण गर्ने कुरा घोषणा गरयो।

र्‍यापिड टेस्टले पोजेटिभ  नतिजा देखाएमा नागरिकहरूले एकसिडेन्ट एन्ड इमर्जेन्सी डिपार्टमेन्टमा देखाउन  सल्लाह दिइएको थियो । पोजेटिभ रिजल्ट आएका बासिन्दाहरूलाई  भाइरस फैलावटलाई रोक्न   घरमै बस्नु भनिएको थियो ।

यो रयापिड  एन्टिजेन टेस्टिङ  अनिवार्य परीक्षणको  विकल्प होइन भन्ने कुरालाई सरकारले जोड दिएको थियो । आफ्नो स्वास्थ्य अवस्थाको बारेमा शंका भएमा   परीक्षण केन्द्रमा गइ न्यूक्लिक एसिड टेस्ट गरेर कोभिड भए नभएको तसल्ली  गर्नुपर्छ भनेर सरकारले उल्लेख गरयो।

गतिशील “शून्य संक्रमण” प्रती सरकार अडिग

फेब्रुअरी १ मंगलबार १७: बजे

हङकङले गतिशील “शून्य संक्रमण” कायम राख्नु आवश्यक छ । त्यसो त हङकङमा केस बढने संभावना हरपल रहिआएकोछ तर सरकारी  अधिकारीबाट भाइरस फैलावटको मार्गलाई  द्रुत गतिमा अघि बढेर रोक्ने काम भइरहेको छ ।  मुख्य भूमि चीनसँग क्वारेन्टाइन-मुक्त यात्रा पुनः सुरु गर्न पनि यस्तो कदम उठाउनु परेको छ स्वास्थ्य प्रमुख सोफिया चान सिउ-चीले भनिन।

उनले एक अन्तर्वार्तामा  यदि ९० प्रतिशत जनसंख्याले कम्तिमा कोभिड-१९ को एउटा डोज लिएको अवस्था आयो भने  हङकङले सामाजिक दुरीका नियमहरूलाई खुकुलो पार्न सक्छ भनेकी थिइन।

उनले विगत दुई वर्षको अवधिमा  सरकारले लागु गरेको  यस महामारी विरोधी नियमको विरुद्ध सधैंजसो आवाज उठिरहेको तथापि नागरिकहरूले एकदिन कुरा बुझ्ने छ्न भन्ने लागी रहेको बताइन।

“अन्य देशहरू भाइरससँग बाँचिरहेका छन,” उनले भनिन।  “केही ठाउँहरूले एक दिन मै  सयौं हजारौं पुष्टि भएका केसहरू पनि रेकर्ड गरेका छन, जुन उनीहरूको चिकित्सा क्षमताले धान्नै नसक्ने बोझ हो ।”

सरकारले पहिलो पटक सामुदायिक परीक्षण सुरु गर्दा  कतिले अमल गरेनन कति   यसको विरुद्धमा थिए।

“तर यो पाँचौं प्रकोपले छोपेपछी भने स्वतस्फूर्त  परीक्षण गर्नेको संख्यामा बृद्धि भएको देखिन्छ । यो देख्दा हाम्रो समाजमा  परिवर्तन आएको छ भनेर  भन्न सकिन्छ ।”

नेपालबाट आएका संक्रमित यात्रुबाट विमानस्थल कर्मचारीलाई भाइरस सरयो

१ फेब्रुअरी १९:००बजे

हङकङमा फेब्रुअरी १ तारीख   मंगलबार १२९  पुष्टि कोभिड-१९ केसहरु थपिए । जसमा २२ जनाको संक्रमण स्रोत अज्ञात रहेका थिए ।

२७ वटा केस आयातित हुन भने १०२ स्थानीय केस थिए ।  स्थानीय केसहरू मध्ये २२ जना अज्ञात स्रोतबाट आएका थिए र बाँकी अघिल्लो केसहरूसँग जोडिएका थिए ।

नौ वटा केसहरूले डेल्टा संस्करण बोकेका थिए र ती केस प्रायः ङाउ ची वानको चोई वान एस्टेटबाट आएका थिए । आठ जनाले ओमिक्रोन भेरिएन्ट बोकेका थिए ।

सेन्टर फर हेल्थ प्रोटेक्शनका चुआङ सुक-क्वानले भाइरसको आनुवंशिक विश्लेषणपछि जनवरी २५ मा नेपालबाट आएका यात्रुबाट  दुई जना विमानस्थलका कर्मचारीलाई  संक्रमण भएको विश्वास गरिएको बताइन ।

चोइ वान एस्टेट (¡¡) , मिङ लाई हाउसको युनिट १४ र १५ को २ तल्ला देखि २४ तल्ला साथै युनिट १४ देखि १७ सम्मको १० तल्लाका  बासिन्दाहरूलाई सोमबार  खाली गरिएको थियो।  उक्त हाउसको सात वटा फ्लाट संक्रमित भएपछि यस्तो कदम चालिएको थियो ।

मङ्गलबार थप तीन जना संक्रमित युनिट १६ मा फेला परेको थियो । युनिट १६ को  १० तल्लाका संक्रमित समेत गरेर यो भवनबाट संक्रमित हुनेको कुल संख्या १६ पुगेको थियो ।

“युनिट १६ र १७ का बासिन्दाहरूले एउटै पाइप शेयर गरेकोले  केन्द्रले घर खाली गर्ने अभियानलाई अझ  विस्तार गर्नेछ।” चुआङले  भनिन।

चुआङले यो पाँचौं प्रकोप शुरु भएपछि  कूल ९८ वटा  अज्ञात स्रोत भएका केसहरू फेला परेका छन। यसले समुदायमा गोप्य संक्रमणको संजाल विद्यमा भएको कुरालाई  संकेत गर्दछ भनिन।

मंगलबार पत्ता लागेका अज्ञात स्रोतवाला ओमिक्रोन केस मध्येका एक जना  साई यिंग पुनको युक मिङ टावरमा बस्छ्न  र लाइ ची कोकमा काम गर्दथे।

तो का वानको २८ यीन ओन स्ट्रीट, ताई हाङ तुङ इस्टेट, तुङ मुन हाउस निवासी एक परिवार  र तो का वान कै १५ स्यङ हयङ रोड निवासी एक घरपरिवारमा अज्ञात स्रोतवाला ओमिक्रोन केसहरू भेटिए।

अज्ञात स्रोतहरू भएका डेल्टा केस अन्तर्गत एक जना  ताइ पो, ताइ वो एस्टेट निवासी  लाम तिनमा काम गर्ने व्यक्ति परेका थिए  भने अर्का  याउ तङवासी  चाइ वानमा काम गर्ने  व्यक्ति थिए ।

लकडाउनमा चार वटा केस भेटिए

२ फेब्रुअरी बुधबार

सरकारले बुधबार सेरेनिटी भिल्ला, ताइ पो ताउ, ताइ पो र तुङ मुन हाउस, ताइ हाङ तुङ इस्टेट शाम शुई पोबाट   चार वटा प्रारम्भिक पोजिटिभ केस फेला पारेका थिए जहाँ मंगलबार साँझ लकडाउन घोषणा गरिएको थियो ।

मङ्गलबार राति ११ बजेसम्ममा ताइ पोका ६३४ जना बासिन्दाको परीक्षण गरिएको थियो र तीन जनामा प्रारम्भिक  पोजेटिभ देखा परेको थियो।  सरकारले  १९७ घरमा  कर्मचारी पठाएको थियो  र तीमध्ये १४ घरले ढोका खोलेनन।

यसैबीच शाम शुई पोका 381 बासिन्दाले मंगलबार राती 11.30 बजेसम्ममा परीक्षण गराएका थिए।  एकको नतिजा  प्रारम्भिक पोजिटिभ आएको थियो भने  अर्कोको  परीक्षण परिणाम मध्यवर्ती रहेको थियो ।

करिब १ सय ४० घरपरिवारलाई सरकारी कर्मचारीहरूले भेटेका थिए र तीमध्ये आठ परिवारले ढोका खोलेनन।

चाइनिज नयाँ वर्षपछि संक्रमण ह्वात्तै बढन सक्ने

२ फेब्रुअरी बुधबार १८:०० बजे

स्वास्थ्य अधिकारीहरूले बुधवार ११६ पुष्टि केसहरू रिपोर्ट गरेका थिए । जसमा ३० वटा  अज्ञात स्रोतवाला केसहरू थिए ।  ताइ पोको मेई सन बिल्डिंगका केही बासिन्दाहरूलाई  ठाडो प्रसारणका कारण विस्थापित  गरिने भनिएको थियो ।

सेन्टर फर हेल्थ प्रोटेक्शनका चुआंग शुक-क्वानले १३ आयातित र १०३ स्थानीय केसहरू रिपोर्ट गरेकी थिइन ।  स्थानीय केस मध्ये ७३ जना आयातितसँग सम्बन्धित थिए  भने ३० जना अज्ञात स्रोतबाट आएका थिए ।

७१ जना बिरामीले ओमिक्रोन भेरिएन्ट बोकेका थिए भने १७ जनाले डेल्टा भेरिएन्ट बोकेका थिए।  बाँकी १५ बिरामीको नमूनाको आनुवंशिक अनुक्रम पुष्टि हुन बाँकी थियो ।

लगभग ११० प्रारम्भिक पोजिटिभ केसहरू पनि रिपोर्ट गरिएको थियो।

ठाडो प्रसारण संदिग्ध रूपमा क्वाई चुङ एस्टेटको क्वाई फून हाउसको 24/F र 25/F को युनिट  6 मा भएको थियो, जहाँ कोरोनाभाइरस पाइपबाट होइन भेन्टिङ्ग फ्यान मार्फत सरेको थियो । यी दुबै युनिटका बासिन्दाहरूलाई खाली गरिनेछ भनिएको थियो ।

ताई पोको मेई सन बिल्डिंगको युनिट  B मा पनि पुष्टि  केसहरू पत्ता लगाइयो र स्वास्थ्य अधिकारीहरूले  युनिट  B को १३ फ्लोर देखि १८ फ्लोरमा  बस्ने बासिन्दाहरूलाई  घर निकाला गरि क्वारेन्टाइन सेन्टर लाने भएको थियो ।

यस्तै अवस्था चुन मुनको ताई हिङ इस्टेटमा रहेको हिङ पिङ हाउसमा पनि देखिएको थियो, जहाँ  युनिट २१ मा तीनवटा केस फेला परेका थिए।  केन्द्रका अधिकारीहरूले भवनको निरीक्षण गरेका थिए  र त्यस भवनको युनिट २१ मा बस्ने केही वा सबै बासिन्दाहरूलाई खाली गर्ने व्यवस्था गर्ने भएको थियो ।

आज रिपोर्ट गरिएका ताजा केस अन्तर्गतका दुईजना शाम शुई पोको अप्लिउ स्ट्रिटमा रहेको च्यङ फोक हाउसको कोठा बी, एक तल्लामा रहेकोे मन्दिरमा गएका थिए जहाँ उनीहरूले मास्क लगाएर र कुनै खाना नखाई प्रार्थना गरेका थिए । स्वास्थ्य अधिकारीहरूले त्यहाँ पहिला नै प्रसारण श्रृंखला भएकोले संक्रमण हुन गएकोमा बिश्वास गरेका थिए ।

करिब २० जनाले सोही समयमा मन्दिरको दर्शन  गरेका थिए र जनवरी २८ मा त्यहाँ आउनेहरूलाइ अनिवार्य परीक्षणमा जाने आदेश जारी गरिएको थियो ।

यसैबीच शा तिन स्थित हङकङ स्पोर्टस इन्स्टिच्युटका दुई जनामा ​​कोभिड-१९ पोजिटिभ देखिएको थियो  भने अर्का एक जनाको ​​प्रारम्भिक परीक्षण पोजिटिभ देखिएको थियो ।  ती दुई पुष्टि  बिरामीहरू खेलकुद परिसर भित्र घुमिरहेका थिए।

३० वटा अज्ञात स्रोतवाला केसहरू फेला परेका थिए आज । तीमध्येमा तीनवटा डेल्टा संस्करण  थिए।  यी केसहरू क्वारी बेको कोर्नहिलमा, साई यिङ पुनको थर्ड स्ट्रीटमा, चोई हुङको चोई वान (II) एस्टेटमा, युन लङको शुई पिन वाइ एस्टेटमा, वङ ताई सिन, तो क्वा वान, लाम तिन, च्यङमा  क्वान ओ, मा ओन शान, ताई वाई र चुन वानबाट आएका थिए ।

चुवाङले लुनार नयाँ वर्षको बिदापछि ह्वात्तै  प्रकोप बढने संभावना भएकोले सबैलाई सजग रहि निजि साफ सफाइमा ध्यान दिन  अनुरोध गरिन।

तपाईको प्रतिक्रिया