काठमाण्डौं ।
एक समयका सफल गीतकार शंकर अधिकारी घायल अहिले सिनेमा लेखन तथा निर्देशनमा समेत व्यस्त छन् । गीतकार अधिकारीले पहिलो २०५८ सालमा रिलिज भएको सिनेमा मैदानबाट गीत लेखन यात्राको प्रारम्भ गरेका थिए ।

त्यसपछि उनले थुप्रै सुपरहिट गीतको शब्द रचना गरेका छन् । मैदानपछि उनले दादागिरी, खलनायक, अन्दाजको शिम्पल शिम्पल कान्छि र गोरेको लिटरका लिटर हुँदै टेलिभिजन सिरियल मेरी बास्सैको शिर्ष गीत लगायतका सयौं गीत रचना गरेका छन् । गोरेबाट सिनेमाको कथा लेख्न सुरु गरेका उनले कस्मिक लभबाट निर्देशनको यात्रा सुरु गरेका थिए ।

विविध कारणले उनको निर्देशनमा डेव्यु गरेको सिनेमा कस्मिक लभ हालसम्म पनि प्रदर्शन हुन सकेको छैन् । बजारमा चलेको हल्लालाई सत्य मान्ने हो सिनेमा निर्माता र निर्देशक बीचको लफडाका कारण सिनेमा छायांकन समेत पुरा भएको छैन् । त्यसपछि भने उनले आधा दर्जन बढि सिनेमा निर्माण तथा निर्देशन गरिसकेका छन् । ती मध्ये हालसम्म सिनेमा हलमा रिलिज भएको सिनेमा काँचुली मात्रै हो । बाँकी सवै सिनेमा प्रदर्शनको तयारीमा छन् ।

उनले निर्देशन गरेका सिनेमा मदहोस्, लभ जोन, सत्यम् शिवम् सुन्दरम, देव, यो मेरो दिल, फिदा, प्याकुली, के माया लाग्छ र, रिभेन्ज, मेरो दिल छ पोखरामा लगायतका सिनेमा प्रदर्शनको तयारीमा छन् । यस्तै ४ दर्जनबढि म्युजिक भिडियो ुमेत निर्देशन गरिसकेका अधिकारीसँग आजको सिनेम्याक्समा उनको संघर्ष र सफलताको विषयमा कुराकानी गरेका छौं ।

तपाईको प्रतिक्रिया