काठमाण्डौं ।
आगामी तिन वटै निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदारलाई विजयी बनाउनको लागी नेपाल सांस्कृतिक संघले प्रचार प्रसारको जिम्वेवारी लिएको छ । बुधबार संघले काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै आगामी तिन वटै तहको निर्वाचनको लागी नेपाली कांग्रेसका उम्मेदारलाई विजयी बनाउनका लागी प्रचारप्रसारको जिम्वेवारी लिने बताएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै संघका सभापती तिर्थ बहादुर थापाले आगामी निर्वाचनमा नेपाली काग्रेसलाई अत्याधिक मतले विजयी बनाउनको लागी सष्ट्रा र सस्कृतिककर्मीहरुलाई सक्रिय र सशक्त रुपमा परिचालन गरिने बताउनुभयो । उहाँले कांग्रेसले हाल सम्म गरेका कामहरु र भविष्यमा गर्ने कामहरु सम्बन्धमा गीत संगीत , कविता नाटक को माध्यमबाट पुयाइने समेत उहाँले बताउनुभयो । निर्वाचन प्रयोजनका लागी फागुन मसान्त सम्म ७ वटै प्रदेशमा संगठन सुढृणिकरण तथा प्रशिक्षण आयोजना गरिने र चैत्र मसान्त भित्रमा देशका ७५३ वटै स्थानिय तहरुमा संगठन निमार्ण गरि निमार्ण गरि निर्वाचनमा सक्रिय सहभागिता जनाउने उहाँले बताउनुभयो । नेपाल सास्कृतिक संघ नेपाली काग्रेसको सुभेच्छुक सस्था हो । संघको तेस्रो महाधिवेशन आगामी ६ महिना भित्र गर्ने समेत उहाँले बताउनु भयो ।

तपाईको प्रतिक्रिया