काठमाडौं । मोडल कविता नेपाली र विजु पार्कीले गायक सरगम राईको गीत ‘माया गाढा छ’मा जोडी बाँधेका छन् । गायक सरगम राईको पछिल्लो गीत ‘माया गाढा’मा यो जोडी निकै जमेको छ । विदेशी गायिका बानी राइटले गीतमा स्वरमा साथ दिएकी छन ।

गायक सरगम राईको शब्द, संगीत र गायन रहेको सार्वजनिक गीतमा कविता र विजु को जोडी निक्कै सुहाएको छ । सार्वजनिक म्यूजिक भिडियोमा युवापुस्ताको खुशीको क्षणलाई चित्रण गरिएको छ।

केशव राज भटटले निर्देशन गरेको म्यूजिक भिडियो छायांकन बुद्ध थापाले गरेका हुन् । भिडियो सम्पादन दिनसोन शाहले गरेका छन् । सार्वजनिक गीत गायक सरगमले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन् ।
‘माया गाढा छ’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया