न्युयोर्क । अमेरिका।

एसियन अमेरिकन समुदायलाई लक्ष्यित  गरी राइज ग्लोबलले गत फेब्रुअरी ६ तारीख आइतबारबाट आफ्नो सेवा शुरु गरेको छ । विश्वको आर्थिक राजधानी मानिने न्यूयोर्क शहरको ज्याक्सन हाइटसबाट राइज ग्लोबलले सेवा शुरु गरेको हो । नेपाली तथा एसियन मूलका मानिसको बाहुल्य रहेको क्षेत्र मानिने ज्याक्सन हाइटसमा सो आइतबार एक कार्यक्रमको आयोजना गरी कम्पनीको उदघाटन गरिएको थियो ।

ट्याक्स फाइलिंग, बिमा, रियल स्टेट, नोटरी पब्लिक, भाषा अनुवाद लगायतका अत्यावश्यक सेवा एउटै थलोबाट दिन सकिने गरी सेवा  शुरु गरिएको राइज ग्लोबलका प्रमुख कार्यकारी विजय ज्ञवालीले जानकारी दिए । “सस्तो शुल्कमा गुणस्तरीय सेवा एकै थलोबाट दिने हाम्रो मूल लक्ष्य हो,” उनले भने । राइज ग्लोबलले विभिन्न सरकारी तथा गैरसरकारी निकायबाट प्रदान गरिने सेवा सुविधाका लागि फर्म भरिदिने काम पनि गर्दछ ।

श्याम कार्कीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा न्यूयोर्कका करिब १०० जना जस्तो सामुदायिक अगुवाहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा स्थानीय व्यवसायी तथा समाजसेवीहरुले  राइज ग्लोबलको प्रयासको प्रशंसा गरेका थिए । सो अवसरमा कम्पनीका निर्दशक विवेक अधिकारी , केशवराम राई र श्याम कार्कीले राइज ग्लोबलको भिजन मिसनका बारेमा जानकारी दिएका थिए ।

तपाईको प्रतिक्रिया