क्रान्ति सुब्बा

हङकङमा खाद्यान्न आपूर्ति ढुवानी प्रति जिम्मेवार थप ट्रक चालकहरुमा मुल भूमि चीनको सीमामा गरिएको टेस्टमा  कोरोनाभाइरस पोजिटिभ देखिएको थियो ।  जसले शहरमा पुन अर्को चरणको ताजा-खाद्य अभावलाई बल्झाउछ कि भन्ने   चिन्ता फैलाएको थियो ।

फेब्रुअरी ४ तारीख उप्रान्त नौ जना क्रस बोर्डर ड्राइभरहरूमा पोजिटिभ पुष्टि भएको थियो । शेन्जेन सीमा नियन्त्रण अधिकारीहरूले दिएको विज्ञप्ति अनुसार दुइ जना चालक फेब्रुअरी १० तारीख बिहीबार संक्रमित भएका हुन। दुई चालकहरूले भ्रमण गरेका सबै ठाउँहरू कीटाणुरहित तुल्याई सकिएको र शेन्जेन स्थानीय सरकारले हङकङलाई  केसबारे जानकारी गरसिसकेको कुरो विज्ञप्तिमा जनाइएको थियो ।

भर्खरको संक्रमणले तत्कालको खाद्यान्न आपूर्तिमा असर पारेको थिएन । त्यसो त सिमा वारपार गर्ने केहि ढुवानी ट्रक चालकमा कोभिड पोजिटिभ भएपछि मुल भुमि चीनले हङकङ चीन सिमा अल्पकालको लागि  बन्द  गरेको थियो । जसले  हङकङमा अचानक तरकारी अभावलाई निम्त्याएको थियो। प्रथम चरणको खाद्यान्न अभावबाट भर्खरै मुक्त भएको अवस्थामा पुन ट्रक हिजो दुई जना चालक पोजिटिभ भएका हुन। स्मरणीय छ गत सप्ताहन्तमा चीनले  सम्भावित प्रकोपलाई तुरुन्त सम्बोधन गर्न बोर्डर सिल गर्दा ताजा खाद्यान्न आपूर्ति ७० प्रतिशत घटेको थियो ।  सुपरमार्केटका साग सब्जी राख्ने ताकहरु पुरै खाली भएको थियो ।

हङकङको रसद उद्योग चिन्ताजनक अवस्थाबाट गुज्रिएको छ। हङकङमा विकराल रूपमा उकालो लागिरहेको दैनिक संक्रमित संख्यालाई देखेर चीनले हङकङबाट छिर्ने सङक्रमणलाई रोक्न भाइरस नियन्त्रणका कडा  उपायलाई  लागू गर्न सक्छ कुनै पनि बेला। यदि कडा निति लागू गरेमा सिमानामा थप भिडभाड बढदछ जसको असर खाद्यान्न आपूर्ति चेनमा पर्दछ नै। च्याम्बर अफ हङकङ लजिस्टिक्स इन्डस्ट्री  हङकङका उपाध्यक्ष चान फु-चुनले भने।

वास्तवमा हङकङको ९० प्रतिशत भन्दा बढी साग सब्जी र ताजा पानीको माछा चीनबाट भित्रीने गर्दछ । यति मात्र होइन निर्माण सामाग्री देखि घर उपकरणहरुको उल्लेखनीय परिमाण चीनबाट नै आयात गरिन्छ ।

सरकारले हिजो  तरकारीको आपूर्ति ९० प्रतिशत सामान्य भैसकेको र अझै सुदृढ र स्थिर  भएर जान्छ भनेको थियो । सीमा नियन्त्रण बिन्दुहरु सुचारु ढंगले संचालित थिए । आइसको बंगुरको मासु  , कुखुरा र अण्डाको आपूर्ति धमाधम भैरहेको  थियो। 

प्रत्येक हङकङवासीले १५ हजार अनुदान पाउनुपर्ने माग

११ फेब्रुअरी १७:०० बजे

यो आर्थिक वर्ष २०२२/२३ को वार्षिक बजेट वक्तव्य अर्थ मन्त्री पल चान मो- पोले यही फेब्रुअरी २३ तारीख प्रस्तुत गर्दैछ्न। हङकङको डेमोक्र्याटिक पार्टीले पनि विभिन्न विषयलाई समेटेर ३६ वटा प्रस्तावहरु सरकारलाई सिफारिस गरेको थियो ।  ती प्रस्ताव मध्ये एउटा पपुलिस्ट भान हुने प्रस्ताव पनि रहेको थियो । त्यो हो प्रत्येक हङकङवासीले जनही १५,००० अनुदान प्राप्त गर्नु पर्छ भन्ने प्रस्ताव ।

३६ थान प्रस्तावित  सिफारिसहरू मध्ये १२ वटा  कोभिडसंग सम्बन्धित थिए । जस अन्तर्गत  प्रत्येक हङकङ्गरलाई हङकङ डलर १५,००० दिने प्रस्ताव पनि समावेश थिए । यसका अलावा प्रत्येक भवनका नाममा हङकङ डलर २०,००० छुट्याइनु पर्ने प्रस्ताव पनि राखिएको थियो । उक्त रकम संबंधित भवन  सरसफाइ र कीटाणुशोधन (डिसइन्फेक्ट) का लागि प्रयोग गरिने भनिएको थियो ।

शुक्रबार सम्पन्न  पत्रकार सम्मेलनमा पार्टीले ६ महिनासम्म महामारी विरुद्ध कोषबाट बेरोजगारलाई  हङकङ डलर १० हजार  र अर्द्वबेरोजगारलाई  हङकङ डलर ५ हजार भत्ता प्रदान गर्न सुझाव पनि  दिएको थियो  ।

अध्यक्ष लो किन-हेईले इलेक्ट्रोनिक उपभोग्य भौचर वितरण गर्नु भन्दा नागरिकहरूलाई सीधै नगद दिनुले जीविकोपार्जनको क्रममा आइपरेका तनावलाई सहज तुल्याउन कता हो कता राम्रो हुन्छ भने।

पब्लिक हाउजिङ एस्टेटमा बस्नेलाई एक महिनाको  भाडा मिनाहा हुनुपर्ने   र  सामाजिक सुरक्षा भत्ता लिदै गर्नेले पनि थप एक महिनाको भत्ता पाउनु पर्ने कुरालाई पनि प्रस्ताव सुचीमा राखिएको थियो ।

सार्वजनिक यातायात सञ्चालकहरूलाई नियमित ट्राफिक फ्रिक्वेन्सी कायम राख्न अनुदान दिनुपर्ने प्रस्तावमा उल्लेख थियो । यातायात समयमै चल्यो भने  रेल वा बसमा यात्रुहरू खचाखच हुदैनन जसले संक्रमण जोखिमलाई पनि  कम गर्छ भनिएको थियो ।

हालै  स्वास्थ्य विशेषज्ञहरू पुर्ण लकडाउनको पक्षमा उभिएका थिए तर उनले पूर्ण शहर व्यापी लकडाउनको गम्भीर असर जनमानसमा पर्ने राय लोले प्रकट गरे। सरकारले डेल्टा संक्रमणको लक्षण चानचुने नभएकोले यसको  व्यवस्थापनमा स्रोत साधनहरू केन्द्रित गर्न पनि   आग्रह गरे।

वृद्ध आश्रम र अस्पतालभित्र संक्रमण बढदो

११ फेब्रुअरी १८:०० बजे

हङकङले शुक्रबार १,३२५ वटा   कोविड-१९  पुष्टि केसलाई सामना गरेको थियो । प्रारम्भिक पोजेटिभ केसको संख्या लगभग १,५०० पुगेको थियो ।

स्वास्थ्य संरक्षण केन्द्रका चुआंग शुक-क्वानका अनुसार केवल दुईवटा केस मात्र आयातित थिए । पुष्टि  केस मध्ये १,२७०  केस ओमिक्रोन थिए भने २४ जनाले डेल्टा बोकेका थिए।

हङकङमा प्रकोपको पाँचौं लहर प्रादुर्भाव पश्चात कुल संक्रमित  केस संख्या ५,५३५ पुगेको चुवाङले औंउल्याइन । र सबैभन्दा धेरै केसहरू क्वाई चिङ, शाम शुई पो र शा तिन जस्ता जिल्लाहरूमा फेला परेका थिए। त्यसपछि चुन मुन र वङ ताई सिन दोस्रो धेरै केस पत्ता लागेको जिल्ला हुन।

यसैबीच अस्पताल प्राधिकरणले थप दुई जना कोविडबाट मृत्यु भएको जनायो।  पहिलो बिरामी बिहीबार क्यारिटास मेडिकल सेन्टरमा भर्ना भएका ८६ वर्षीय पुरुष थिए। उनलाई उपचारका लागि यान चाइ अस्पतालमा सारिएको थियो ।  तर, उनको अवस्था बिग्रँदै गएपछि शुक्रबार बिहान ४ बजेतिर उनको निधन भयो ।

दोस्रो मृत्युमा एक ८८ वर्षीया महिला समावेश थिइन ।  बिहीबार राति प्रारम्भिक परीक्षणमा पोजिटिभ देखिएपछि उनलाई क्वङ वाह अस्पतालबाट क्वीन एलिजाबेथ अस्पतालमा आइसोलेसन उपचारका लागि पठाइएको थियो।  उनको अवस्था पनि बिग्रँदै गयो र शुक्रबार दिउँसो २ बजे उनको निधन भयो ।

अन्य दुई बिरामीहरू अहिले गम्भीर अवस्थामा भएको बताइएको थियो । जसमा क्रमशः च्यङ क्वान ओ अस्पताल र यान चाइ अस्पतालमा बसेका ८४ र ९७ वर्षका दुई पुरुषहरू थिए । ती दुवै जनाले खोप लगाएका थिएनन।
पाँच पुरुष र छ जना महिला बिरामीहरू अहिले गम्भीर अवस्थामा थिए र तीमध्ये आधाभन्दा बढीले खोप लगाएका थिएनन।

अस्पताल प्राधिकरणका प्रमुख ल्यारी लि लाप-यिपले  शुक्रबारसम्ममा अस्पताल  प्राधिकरणका ४० भन्दा बढी कर्मचारी  संक्रमित भएको बताए । शातिन  अस्पतालको सामान्य वार्डमा बस्दै आएका ९७ वर्षीय पुरुषको बिहीबार प्रारम्भिक परीक्षणमा पोजेटिभ देखिएपछि त्यस अस्पतालका बिरामी र चिकित्सक गरि जम्मा ३३ जना परीक्षणमा जानू परेको  थियो । ती ३३ जनाको परिक्षणबाट  ६९ देखि ९८ वर्षका अन्य पाँच जना बिरामीमा पनि प्रारम्भिक परीक्षण पोजेटिभ देखिएको थियो । ती सबै   ६ जना  संक्रमितको अवस्था त्यसबेला स्थिर रहेको थियो  ।

चुन मुन अस्पताल प्रसूति तथा स्त्री रोग वार्डमा बसेकी एक ४४ वर्षीया महिलाको प्रारम्भिक परीक्षणमा कोरोना भाइरसको संक्रमण देखिएको थियो । अन्य  थप परीक्षणबाट एक  ३९ वर्षीया गर्भवती महिला र अर्की ४५ वर्षीया महिलामा संक्रमण देखिएको थियो । अस्पतालका आठ  बिरामीहरूलाई नजिकको सम्पर्क  सूचीमा राखिएको   थियो।

यसैबीच एक नर्स र एक पेसेन्ट केयर एसिस्टेन्टलाई नजिकको सम्पर्क सूचीमा राखिएको  थियो। संक्रमित रोगीले वान्ता गरेको बेला समयमै   सुरक्षात्मक गियर नलगाएको कारण यी दुईलाई क्लोज कन्ट्याक्ट लिस्टमा  राखिएको थियो ।
चुवाङले अहिले देखिएका केसहरु गत एक देखि दुई हप्ता बीचको अबधिको इन्क्युबेसन पिरियडबाट आएको बताइन। ३० भन्दा बढी वृद्ध आश्रममा संक्रमण फैलिएको पनि  बताइन।

११ फेब्रुअरी २०:०० बजे

सो उक एस्टेटको बेगोनिया हाउस र शाम शुई पोको उन चाउ एस्टेटमा रहेको अन शिंग हाउसलाई त्यहाँको ढलको नमूनाहरूमा कोभिड-१९ पोजेटिभ देखिएपछि शुक्रबार राति लकडाउन गरियो।

शनिबार दिउँसो लकडाउन खुकुलो हुने बताइएको थियो  ।
सरकारले जारी  गरेको अनिवार्य परीक्षण सूचना अवज्ञा गर्नेलाई हङकङ डलर १० हजार जरिवाना गरिएको छ। र पुन परिक्षण गर्नु भनी अर्को सूचना दिइन्छ । त्यो परीक्षण आदेशको पनि  पालना गर्न असफल हुने जो कोहीलाई हङकङ २५ हजार जरिवाना गरिनेछ र दोषी ठहरिएमा छ महिनाको जेल सजाय हुनेछ, सरकारले भनेको छ।

मार्च ४ तारीख सम्म नेपालको उडान बन्द

११ फेब्रुअरी २१:०० बजे

हङकङले कोभिड–१९ को बढदो प्रकोपका कारण  शुक्रबार संयुक्त राज्य अमेरिका र बेलायतलगायत आठ देशबाट आउने उडानमा प्रतिबन्ध लगाएको थियो  र नेपालबाट संचालित उडानमाथि पनि  मार्च ४ सम्मको लागि  प्रतिबन्ध लगाएको थियो  ।

प्रतिबन्धित अन्य देशहरू हुन अष्ट्रेलिया, क्यानडा, फ्रान्स, भारत, पाकिस्तान र फिलिपिन्स।

अहिलेको अवस्थामा हङकङका नियमित उडानमा ९० प्रतिशत कटौती आएको छ। र कुनै पनि व्यक्तिलाई ट्रान्जिट  अनुमति पनि  दिइएको छैन।

१२ फेब्रुअरी १२:०० बजे

शनिबार शाम शुई पो स्थित  सो उक एस्टेटको बेगोनिया हाउसमा रातभर भएको लकडाउनबाट नौ वटा प्रारम्भिक पोजिटिभ  केसहरू फेला परेका थिए।

अनिवार्य परीक्षण अभ्यास शनिबार बिहान १०:३० बजे समाप्त भएको थियो  र नेगेटिभ रिजल्ट आउनेलाई  प्रतिबन्धित क्षेत्रबाट जान सक्ने  अनुमति दिइएको थियो ।

शनिबार बिहान १२ बजेसम्म त्यहाँका करिब १,१०० बासिन्दाहरूले कोभिड परीक्षण गरेका थिए र उनीहरूमध्ये नौ जनामा ​​कोरोनाभाइरस पोजेटिभ देखिएको  थियो।

सरकारी  कर्मचारी करिब ३८० घरपरिवारको ढोकामा पुगेका थिए  तीमध्ये १५ वटा ढोका खोलिएन।

४ वर्षको बालकको कोभिडबाट मृत्यु

१२ फेब्रुअरी १३:०० बजे

युन लङमा एक चार वर्षीय वालकले आफ्नो घरमा होस गुमाएपछि उपचारको लागि  पोक ओइ अस्पताल  लगिएको थियो । कोभिड प्रारम्भिक पोजिटिभ देखिएका ती बालकको उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको थियो ।

ती बालक  युन लङको नाम हाङ च्युन भन्ने  गाउँमा बस्तथे। उनलाई बुधवारदेखि ज्वरो आएको थियो र शुक्रबार बिहानै बेहोस भएका थिए ।

उनी बेहोस भएको  परिवारले थाहा पाएपछी उनलाई बिहान ३:३० बजे पोक ओइ अस्पतालको आकस्मिक कक्षमा लगिएको थियो । उनको मुटुको धडकन र श्वासप्रश्वास रोकिएको जानकारी  अस्पतालले जनाएको थियो  ।

चिकित्सकहरूले बालकको शरीरमा कार्डियाक उपकरण  जडान गरेका थिए आपतकालीन उपचार स्वरुप । तर शुक्रबार बिहान ४:१६ बजे उनको मृत्यु भयो। अस्पतालले बालकबाट निकालिएको थप नमूनामा कोविड-१९ प्रारम्भिक पोजिटिभ फेला पारेको थियो ।

यदि मृतक बालकको मृत्यु  कोभिड-१९ बाट नै भएको पुष्टि भएमा हङकङमा कोरोनाभाइरसबाट मृत्यु हुने पहिलो बच्चा यिनी नै ठहरिनेछ्न।

१२ फेब्रुअरी १८:०० बजे

हङकङमा फेब्रुअरी १२ तारीख शनिबार जम्मा १,५१४ जनामा कोभिड पुष्टि भएको थियो । र युन लङको एक  चार वर्षीय बालक सहित थप तीन जनाको कोभिड-१९ बाट मृत्यु भएको रिपोर्ट गरिएको थियो ।

सेन्टर फर हेल्थ प्रोटेक्शनको सरुवा रोग शाखाकि  प्रमुख चुआङ शुक-क्वानले पाँचवटा केस आयातित  र अन्य १,५०९ जना स्थानीय सङक्रमण भएको बताइन।  उनले १,५०० भन्दा बढी प्रारम्भिक पोजेटिभ केसहरू रिपोर्ट भएको जानकारी दिइन।

अस्पताल प्राधिकरणका प्रमुख प्रबन्धक ल्यारी ली ल्याप-यिपले हङकङमा कोभिडबाट तीन जनाले ज्यान गुमाएको बताए । जसमा चार वर्षीय बालक पनि भएको बताए । कोभिडबाट मृत्यु हुनेको संख्या आजको दिन सम्ममा २२१ पुगेको थियो ।

मृत्यु हुनेमा अन्य दुई जना मध्ये एक जना  क्वीन मेरी अस्पतालमा रहेका ९८ वर्षीय पुरुष  र अर्का  चुन मुन अस्पतालमा रहेका ७५ वर्षीय पुरुष समावेश थिए । दुबै जनाले  खोप लगाएका थिएनन।  ती दुवै जना दीर्घ रोगबाट पीडित थिए।

८०,८४ र ९७  वर्षका तीन जना पुरुष बिरामीको अवस्था गम्भीर भएको बताइएको थियो । उनीहरु कारिटास मेडिकल सेन्टर, च्यङ क्वान ओ अस्पताल र यान चाइ अस्पतालमा भएको बताइएको थियो । जसमा  ९७ वर्षीय पुरुषले मात्रै खोप लगाएका थिए । अन्य १६ जना बिरामीको अवस्था गम्भीर रहेको लीले बताए।

यसैबीच स्वास्थ्य केन्द्रका नियन्त्रक एडविन चुई लोक-किनले पेनी बे क्वारेन्टाइन सेन्टरको साइट १ र २ मा रहेका सबै १,५०० वटा युनिटहरू एकदम हल्का लक्षण भएका बिरामीहरूलाई राख्न सामुदायिक आइसोलेसन सुविधाको रूपमा प्रयोग गरिएको बताए। सामुदायिक आइसोलेसनका लागि आज र भोलिमा साइट ३ए, ३बी र ४ बाट  करिब २ हजार युनिट खाली गरिने उनले बताए ।

विगत २४ घण्टामा १ हजार ९१ जनालाई होम आइसोलेसन आदेश जारी गरिएको चुईले बताए ।  हालसम्म १ हजार ४१५ वटा घरका ३ हजार ४ सय ७८ जनाले यस्तो अर्डर प्राप्त गरेको उनले जारी दिए । हङकङमा रहेका आठ वटा क्वारेन्टाइन सेन्टरमा करिब दुई हजार ३ सय जना क्वारेन्टाइन जाने क्रममा छन।

चुआंग  वृद्ध आश्रमहरूमा केस बढने क्रम नरोकिएको बताइन। शाम शुई पो, बाउन्ड्री स्ट्रिटमा रहेको शुन यान एल्डरली सेन्टरमा ६ जना कामदार र १७ जना वृद्ध बासिन्दाहरू प्रारम्भिक पोजिटिभ भएको बताइन।

तपाईको प्रतिक्रिया