ॐ समाज डेन्टलले एकल महिलालाई दन्त उपचारमा ३० प्रतिशत छुट दिने
काठमाडौं । ॐ समाज डेन्टल अस्पताल काठमाडौंले कुनै पनि प्रकारको दन्त उपचार सेवामा एकल महिलालाई छुट दिने भएको छ ।
मानव अधिकारको लागि महिला एकल महिला समूह (WHR) का सदस्य, एकल महिलाहरूलाई सबै प्रकारको दन्त उपचारमा ३० प्रतिशत छुट उपलब्ध गराउने भएको हो ।
२०७८ असार २१ गते मानव अधिकारको लागि महिला एकल महिला समूहका अध्यक्ष कुन्दा शर्मा र ॐ समाज डेन्टल अस्पतालका अध्यक्ष डा. सुवास घिमिरेबीच भएको सम्झौता...









