साताको तीन कविता – कवि अमित थेबे मिहाङ
कवि , पत्रकार तथा साँस्कृतिक अभियन्ता तथा ईतिहासकार अमित थेबे मिहाङ समकालीन नेपाली कविता लेखनका एक शसक्त कवि हुनुहुन्छ । उहाँ गहिरोगरि ईतिहास र मुन्थुममा जानकारी राख्नुहुन्छ । प्रस्तुत छ साताकाे तीन कविता ।
सातो र सत्ता
मान्छेभन्दा
लाटो भएको छ
उसले टेक्ने आफ्नै माटो ।
अब,
एकुसाङ्बेमा बसेर
गुरु जगाओैँ सबैले ।
अनि, अक्षता छर्दै
ठोकौँ काँसको थाल -
थङ थङ ... थङ
थङ थङ ... थङ
थङ ...









