‘के माया लाग्छ र’ चलचित्रको पहिलो गीत सार्वजनिक
काठमाडौं– चलचित्र ‘के माया लाग्छ र’ को पहिलो गीत सार्वजनिक भएको छ । उक्त चलचित्रको ‘मेरो जीवनको बाटोमा’ शीर्षकको गीत सार्वजनिक भएको हो । उक्त गीतमा गायिका नित्या शिवाको स्वर सुन्न सकिन्छ । शंकर अधिकारी घायलका शब्दहरुको उक्त गीतलाई बिनोद गुरुङले संगीतबद्ध गरेका छन् । गीतमा रोशिका राया, राजु पौड्याल तथा रवि खड्काले अभिनय गरेका छन् ।
कृष्ण पाण्डेले उक्त गीत छायांकन गरेका हुन् भने डिके हमालले गीतमा...









