मृत्यु पूर्व उनीहरुले आफूलाई बचाइदिन निकै अनुरोध गरे
रेनाटा ब्रिटो र सामी माग्डी, कायरो – एकसय जना भन्दा बढी अफ्रिकीहरु चढेको रबरको खैरो डुङ्गालाई समुद्रको छालले बेस्सरी हिर्काउन थालेपछि आत्तिएका व्यक्तिले उद्धारको झिनो आशामा आप्रवासीका लागि खोलिएको नम्बरमा डायल गरे । यी यात्रीहरु लिबियाबाट युरोप प्रवेश गर्ने लालशामा भूमध्य सागरका छालमा हेलिँदै थिए । अलार्म फोन हटलाइनमा पटकपटक फोन गरेका यी यात्रुहरुले भूमध्य सागर पार गर्नेक्रममा डुङ्गाको इन्धन सकिएक...