भारतको ताओ
रमेश के.सी.
अन्तराष्ट्रिय मामलाका विद्वान पल केनेडीले सन १९८० मै आफ्नो पुस्तक “दि राइज एन्ड फल अफ ग्रेट पावर्स” मा अमेरिकाको क्षयको भविष्यवाणी गरेका थिए । उनको कथन थियो कि सैन्य र आर्थिक हैसियत बढेपछि राष्ट्रले आफ्नो शक्ति र प्रभाव खोज्दछ । रोमन साम्राज्यकै पालादेखिको यो चरित्र हो । रोमन साम्राज्यको उदय त भयो तर टिक्न सकेन ।
त्यसैगरी अहिले सन १९४५ पछिको विश्व व्यवस्थाबाट उदाएको अमेरिका सन ...