हङकङमा १३९ वर्षको इतिहासमा सबैभन्दा भीषण वर्षा हुँदा यातायात ठप्प,अधिकांश क्षेत्रमा बाढी
क्रान्ति सुब्बा । हङकङ
टाइफुन हाइकुइ दक्षिण चीनको फुज्यान प्रदेशमा पुगेर गत मंगलबार समाप्त भएको थियो । जसले दक्षिण चीनमा भारी वर्षा ल्याएको थियो । हङकङ पनि यसको प्रभावबाट अछुतो रहेन। निरन्तर १० घन्टा भन्दा बढी परेको मुसलधारे वर्षाका कारण घनाबस्ती भएको शहर हङकङमा शुक्रबार व्यापक बाढी आएको थियो भने सडक, सपिङ मल र मेट्रो (एमटिआर) स्टेसनहरू जलमग्न भएका थिए । अधिकारीहरूले विद्यालयहरू बन्द गरे...