म्यानमार सैन्य आतंक, आदिवासी समुदायमाथि हवाई आक्रमण
एजेन्सी । म्यानमारको सेनाले सत्ता हत्याएपछि त्यहाँ दैनिक जुन्ता सरकारविरुद्ध विरोध प्रदर्शनहरु भइरहेका छन् । सेना र प्रहरीसँगको मुठभेडमा सयौं प्रदर्शनकारीको मृत्यु भइसकेको छ।
मृत्यु हुनेमा बालबालिका समेत रहेका छन् । प्रदर्शन बढ्दै जाँदा सैन्य सरकारले नागरिक माथि चरम दमन गरेको स्थानीय सञ्चार माध्यमले जनाएका छन ।
सैनिक जवानहरुलाई गोली चलाउन छुट दिएपछि दैनिकजसो सर्वसाधरणहरु मारिने क्रम चलिरहेको...









