धरानमा खानेपानीको समस्या र समाधानको विकल्प
मनोज कुमार मेयाङबो
धरानका मेयर हर्क साम्पाङ जीको नेतृत्वमा विगत १ महिना देखि धराने जनताहरु धरानको खानेपानी समस्या समाधानका लागि आर्थिक,भौतिक,शारिरीक सहयोग देश तथा बिदेशबाट जुटाएर अत्यन्तै उत्साहपूर्वक काम गरिरहनु भएको छ। पकुवा खोलाबाट खानेपानी ल्याउने कार्य सफल भएपछि अहिले निसाने खोलाले प्राथमिकता पाएर पुर्वाधार निर्माण कार्य पनि शुरुवात भइसकेको छ। यस महान काममा नेतृत्व प्रदान गर्ने मेयर साम्...









