लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव प्रदेश प्रमुखसमक्ष बुझाइयो
रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रदेशसभा सचिवालयमा दर्ता भएको अविश्वास प्रस्ताव प्रदेश प्रमुख अमिक शेरचनसमक्ष बुझाइएको छ । कांग्रेस–माओवादी केन्द्रसहित अन्य विपक्षी गठबन्धनका ३४ सांसदले हस्ताक्षर गरेको अविश्वास प्रस्ताव प्रदेश प्रमुखलाई बुझाइएको हो ।
विपक्षी गठबन्धनले प्रदेशप्रमुखसँग संसदको विशेष अधिवेशन बोलाउन पनि माग गरेका छन् ।
यसअघि लुम्बिनीका विपक्षी दल ने...








