कक्षा १२ को परीक्षा स्थगित
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गरेको छ । कोभिड १९ का कारण परीक्षा स्थगित गरिएको बोर्डले जनाएको छ ।
महामारीको परिस्थिति अनुकूल भएपछि परीक्षा संचालन गर्ने निर्णय आज बसेको बोर्ड बैठकले गरेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणी पौडेलले जानकारी दिए ।
फेरि परीक्षा गर्नेबारे १५ दिन अघि जानकारी दिने बोर्डले जनाएको छ । गतवर्ष कक्षा १२ को परीक्षा मंसिरमा महीनाम...









