मध्यरातमा मन्त्रि परिषदको बैठक,प्रतिनिधिसभा विघटन,आगामी निर्वाचन कात्तिकमा

मध्यरातमा मन्त्रि परिषदको बैठक,प्रतिनिधिसभा विघटन,आगामी निर्वाचन कात्तिकमा
काठमाण्डौ । मध्यरातमा बालुवाटारमा मन्त्री परिषदको बैठक सुरु भएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै दाबी खारेज गरेपछि तल्काल बैठक सुरु भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान प्रतिनिधिसभा विघटन गरी अर्काे निर्वाचन आगामी कात्तिक २६ र मङ्सिर ३ गते गर्ने गरी मिति तोक्नुभएको छ । नेपालको संविधानको धारा ७६ को उपधारा ७ बमोजिम सोसम्बन्धी सिफारिश मन्त्रिपरिषद्को राति अबेर बसेको बैठक...

सरकार गठनका लागि ओली र देउवाले दावी पेश गरे

सरकार गठनका लागि ओली र देउवाले दावी पेश गरे
काठमाडौं । सरकार गठनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज दाबी पेश गरेका छन् । संविधानको धारा ७६ को उपधारा ५ वमोजिमको सरकार गठनका लागि ओली र देउवाले दावी पेश गरेका हुन् । राष्ट्रपतिले प्रतिनिधिसभाका दुई वा दुईभन्दा बढी दलको बहुमतसहित दावी पेश गर्न दिएको समयभित्र ओली र देउवाले आ(आफ्नो बहुमत रहेको भन्दै दाबी पेश गरेका हुन् । साँझ ५ बजेभित्...

भारतमा कोरोनामुक्त हुनेलाइ ब्लाक फंगस भन्ने अर्को महामारीबाट बच्न मुस्किल

भारतमा कोरोनामुक्त  हुनेलाइ ब्लाक फंगस भन्ने अर्को महामारीबाट बच्न  मुस्किल
नयाँ दिल्ली । मे २१, २०२१।  भारतमा कोरोनाभाइरस महामारीको संक्रमणबाट मृत्यु हुनेको दैनिक संख्यामा कमी आउन सकेको छैन । विगत २४ घण्टामा थप चार हजार २०९ जनाको मृत्यु भएको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । यो सहित भारतमा कोभिड–१९ को संक्रमणबाट २ लाख ९१ हजार ३६५ जनाको मृत्यु भएको छ । भारतमा बढी घातक मानिएको कोभिड–१९ को दोस्रो लहर शुरु भएयता दैनिक चार हजारको हाराहारीमा सं...

राष्ट्रपतिद्वारा प्रधानमन्त्रीमा दावी पेश गर्न आव्ह्रान

राष्ट्रपतिद्वारा प्रधानमन्त्रीमा दावी पेश गर्न आव्ह्रान
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ वमोजिम नयाँ सरकार गठनका लागि दलहरुलाई २१ घण्टाको समय दिएकी छन् । राष्ट्रपति कार्यालयले हिजो बिहीबार राति विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले उपधारा ४ बमोजिम संसदबाट विश्वासको मत नलिई नयाँ सरकार गठनको मार्ग प्रशस्त गरेपछि राष्ट्रपतिले उपधारा ५ बमोजिम दलहरुलाई २१ घण्टाको समय दिएर नयाँ सरकार गठनको प्रक्रिया शु...

थप ८३ सय जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि, १९० जनाको मृत्यु

थप ८३ सय जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि, १९० जनाको मृत्यु
काठमाण्डौ । नेपालमा थप ८,३०५ जनामा कोरोनाभाइरस सङ्क्रमण कोभिड १९ कारणले १९० जनाको मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयले बिहीवार अपराह्ण सार्वजनिक गरेको तथ्याङ्कमा विगत २४ घण्टामा देशभरि एन्टिजन तथा पीसीआर विधिबाट २२,०८७ वटा परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमित फेला परेका हुन्। सो अवधिमा काठमाण्डू उपत्यकामा धेरै सङ्क्रमित फेला परेको र अहिले काठमाण्ड...

राष्ट्रियसभा सदस्यमा खिमलाल देवकोटा विजयी

राष्ट्रियसभा सदस्यमा खिमलाल देवकोटा विजयी
काठमाडौं । राष्ट्रियसभा सदस्यमा खिमलाल देवकोटा विजयी भएका छन् । एमाले उम्मेदवार रामबहादुर थापा बादललाई पराजित गर्दै कांग्रेस, माओवादी र एमालेको माधव नेपाल पक्षीय गठबन्धनका उम्मेदवार देवकोटा विजयी भएका हुन् । देवकोटाले कुल ५ हजार ८८ मतभारसहित विजय हासिल गरेका हुन् । बादलले ४ हजार १४ मत प्राप्त गरेका छन् । एमालेको माधव नेपाल पक्षका मत तान्न नसकेपछि बादलको विजय असम्भव बनेको हो ।

यी सातजना मन्त्रीको निरन्तरतालाई सर्वोच्चले भन्यो असंवैधानिक

यी सातजना मन्त्रीको निरन्तरतालाई सर्वोच्चले भन्यो असंवैधानिक
काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो मन्त्रिपरिषदमा रहेका सातजना मन्त्रीको निरन्तरतालाई असंवैधानिक ठहर गरेको छ । अधिवक्ता कपिलदेव ढकाल र विराज थापाले दायर गरेका रिटमाथिको प्रारम्भिक सुनुवाइपछि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासले गृहमन्त्री रामबहादुर थापासहित पूर्वसंघीय संसदको सदस्य नरहेका सात मन्त्री संविधानको धारा ७८ अनुसार एकपटकलाई बढीमा ६ महिनामात्...

पापी कोरोना : ३ दिनमा ३ दाजुभाइको निधन भएपछि पीडामा परेकी दिदीले पनि संसार त्यागिन्

पापी कोरोना : ३ दिनमा ३ दाजुभाइको निधन भएपछि पीडामा परेकी दिदीले पनि संसार त्यागिन्
काठमाडौं । कोरोना संक्रमणबाट एकै परिवारका तीन दाजुभाइको मृत्यु भएपछि बाँकेको एउटा गाउँ नै शोकमग्न भएको छ । नेपालगन्ज उपमहानगरपालिका ३ सदरलाइन (सुनार मण्डी) का सहोदर तीनभाइको कोरोनाबाट ज्यान गएपछि गाउँ नै शोकमा डुबेको हो । मुस्लिम समुदायमा एक महिने इदुल फित्र (इद) को पवित्र रोजा चलिरहेको बेला स्व.नजिर अहमद हल्वाई र फातिमा बानुका ७ भाइ छोरामध्ये काइला ४८ वर्षका इम्तियाज अमहद, राइला ४६ वर्षका एजाज अ...

प्रधानमन्त्रीलाई कांग्रेसले बुझायो १५ बुँदे ज्ञापन पत्र

प्रधानमन्त्रीलाई कांग्रेसले बुझायो १५ बुँदे ज्ञापन पत्र
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १५ बुँदे ज्ञापन पत्र बुझाएका छन् । कोरोना नियन्त्रणमा सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै देउवाले पार्टीको तर्फबाट ज्ञापन पत्र बुझाएका हुन् । पार्टीका पदाधिकारीसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सभापति देउवाले ज्ञापनपत्र बुझाउँदै प्रधानमन्त्री ओलीलाई जनताको जीवनप्रति जिम्मेवार रहन...

उपनिर्वाचनको मौन अवधि उलंघन गरेको आरोपमा निर्वाचन आयोगमा उजुरी

उपनिर्वाचनको मौन अवधि उलंघन गरेको आरोपमा निर्वाचन आयोगमा उजुरी
काठमाडौँ । उपनिर्वाचनको मौन अवधि उलंघन गरेको आरोपमा प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । वाग्मती प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचनको मौन अवधिमा नेकपा (एमाले) का उम्मेदवार रामबहादुर थापाको पक्षमा विज्ञप्ति जारी गरेर मत मागेको भन्दै प्रधानमन्त्री र शिक्षामन्त्रीविरुद्ध उजुरी परेको हो । निर्वाचन आयोगमा प्रवक्ता ...