गायक प्रमोद खरेलको आवाजमा ‘बैगुनी’ (भिडियो सहित)

गायक प्रमोद खरेलको आवाजमा ‘बैगुनी’ (भिडियो सहित)
काठमाण्डौं । नेपाली सुगम संगीतमा निकै रुचाइएका गायक प्रमोद खरेलको आवाजमा रहेको ‘बैगुनी’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । । नेपालको गुल्मीमा जन्मिएर कर्मथलो बेलायत बर्नाएका मैथानेले हालसम्म डेढ दर्जन गीतहरु बजारमा ल्याइसकेका छन् । बेलायतबाट कलाकार दिपक मैथाने मगरको आफ्नो जन्मदिनको अवसर पारेर नयाँ सांगीतिक कोशेली ‘बैगुनी’ सार्वजनिक गरेका हुन् । मैथाने इन्टरटेनमेन्ट मार्फत सार्वजनिक भएको...

हेन्डर्सन डिभलपमेन्टको पहिलो राउन्डको चिट्ठाको नतिजा,एक टिल सुन २० जनाले,$१,००० को भौचर र कुपन २०० जनाले पाए

हेन्डर्सन डिभलपमेन्टको पहिलो राउन्डको चिट्ठाको नतिजा,एक टिल सुन २० जनाले,$१,००० को भौचर र कुपन २०० जनाले पाए
२२ जुलाई २०२१ हङकङ ।क्रान्ति सुब्बा । हङकङ भ्याक्सिन चिट्ठाको पहिलो राउन्ड हेन्डर्सन डिभलपमेन्ट कम्पनीले गत जुलाई ८ तारिख उडाएको थियो । बिजेताको विवरण सुचि हङकङबासी नेपालीको सुविधाको लागि यहाँ राखिएको छ। .चिट्ठा उडेको पाँच दिन भित्र विजेताले आफ्नो मोबाइल मार्फत एसएमएस प्राप्त गर्नेछ। .पहिलो राउन्डको पुरस्कार १२ देखि २७ जुलाई भित्र संकलन गरिसक्नु पर्नेछ। .दोस्रो राउन्डको पुरस्कार २६ जु...

बेलायतमा भुतपुर्व गोर्खाहरुले तुरन्तै आफ्ना मागहरुलाई सम्बोधन गरिदिन माग राख्दै भोक हडताल थाले

बेलायतमा भुतपुर्व गोर्खाहरुले तुरन्तै आफ्ना मागहरुलाई सम्बोधन गरिदिन माग राख्दै भोक हडताल थाले
काठमाडौँ । बेलायतमा भुतपुर्ब गोर्खाहरुले साउन ६ गते देखि भोक हडताल सुरु गरेका छन। आफ्ना अधिकार बेलायत सरकारले बर्षौ हुदा पनि पुरा नगरेको र भुतपूर्व बृटिश गोर्खा आर्मीहरुमाथी भएको असमान व्यवहारको बिरोधमा समानताको माग राख्दै आन्दोलनमा उत्रीएका हुन। बेलायतको बिभिन्न सडकहरु परिक्रमा गर्दै बेलायती प्रधानमन्त्रीको कार्यलय घेराउ गरेका छन। बिगतमा जस्तै बेलायतले पटक पटक बार्ता टोली बस्दै आएको तर आफ्ना मुद...

एमाले केन्द्रीय कमिटी बैठकले पारित गर्‍यो ४ प्रस्ताव

एमाले केन्द्रीय कमिटी बैठकले  पारित गर्‍यो ४ प्रस्ताव
अध्यक्ष केपी ओलीको अध्यक्षतामा बसेको केन्द्रीय समिति बैठकले सर्वोच्च अदालतको फैसलाका सम्बन्धमा सहित चार प्रस्ताव पारित गरेको छ । जस अनुसार पहिलो प्रस्तावको रुपमा सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन प्रकरणमा दिएको परमादेशबारे पार्टीको दृष्टिकोण प्रष्ट पारेको छ । जसमा फैसलाले शक्ति पृथकीकरणको अवस्थालाई खलबल्याएको, पार्टी स्वतन्त्रता र दलीय प्रणालीलाई आँच पुर्याएको लगायतका ठहर एमालेको छ । य...

जोन्सन एन्ड जोन्सन खोप भोलि साउन ७ गतेसम्म लगाइने

जोन्सन एन्ड जोन्सन खोप भोलि साउन ७ गतेसम्म लगाइने
काठमाडौं । कोरोना भाइरस विरुद्धको जोन्सन एन्ड जोन्सन खोप काठमाडौँ जिल्लामा १८ वर्षमाथिका सबैलाई लगाइएको छ । खोप अभियानमा काठमाडौँ जिल्लामा सोचेभन्दा कमले लगाएको र खोप बच्ने भएकाले १८ वर्षमाथिका सबैलाई खोप लगाइएको स्वास्थ्य सेवा विभागको परिवार कल्याण शाखाका निर्देशक डा. तारानाथ पोखरेलले जानकारी दिए । अहिले खोप लगाउनका लागि काठमाडौँ जिल्लाका ४४ वटा खोप केन्द्रमा भीड रहेको छ । उनले खोप भोलिसम्म खो...

२२ सांसदलाई भाषा मिलाएर स्पष्टीकरण

२२ सांसदलाई भाषा मिलाएर स्पष्टीकरण
काठमाडौं । नेकपा एमालेले शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई भाषा मिलाएर स्पष्टीकरण सोधेको छ । हिजो साउन ५ गते पठाइएको २४ घण्टे स्पष्टीकरणमा शेरबहादुर देउवालाई विश्वासको मत दिएको विषय उल्लेख नगरी, सर्वोच्च अदालतको परमादेश आकर्षित नहुने गरी पार्टी र संसदीय दलको विधानविपरीतका क्रियाकलाप गरेको लगायतका अभियोग लगाइएको छ । अदालतले देउवालाई समर्थन गरेका सांसदलाई कारवाही नगर्न आदेश दिएकाले...

२ नम्बर प्रदेशमा यौनजन्य हिंसाको अवस्था बारे प्रदेश स्तरीय छलफल

२ नम्बर प्रदेशमा यौनजन्य हिंसाको अवस्था बारे प्रदेश स्तरीय छलफल
काठमाडौं । मानव अधिकारको लागि महिला एकल महिला समूहले ‘महिला हिंसा तथा यौनजन्य हिंसाको अवस्था, कानुनी प्रावधान र असर’ बारे प्रदेश स्तरीय छलफल कार्यक्रम आयोजना गरेको छ । समूहले मंगलबार प्रदेश नम्बर २ स्तरीय भर्चुअल कार्यक्रमको आयोजना गरी २ नम्बर प्रदेशमा हुने यौनजन्य हिंसा र त्यसबाट प्रभावितहरुको न्यायमा पहुँच सम्बन्धमा छलफल गरेको हो । छलफलमा कानुन व्यवसायी, सुरक्षा निकायका प्रतिनिधि, पत्रकार,...

बिरोधको फरक शैली

बिरोधको फरक शैली
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहितका २२ सांसदले फ्लोर क्रस गरेको विरोधमा युवा संघ नेपालका कार्यकर्ताले काठमाडौंमा प्रदर्शन गरेका छन् । उनीहरुले बाँदरजस्तो मुकुण्डो लगाएर नयाँ वानेश्वरमा प्रदर्शन गरेका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदा नेकपा एमालेका २२ सांसदले उनलाई मत दिएका थिए । त्यसको विरोधमा युवा संघले लगातार प्रदर्शन गरिरहेको छ ।

प्रसिद्ध कलाकार उत्तम नेपालीको निधन

प्रसिद्ध कलाकार उत्तम नेपालीको निधन
काठमाडौं । प्रसिद्ध कलाकार एवं नेपाल प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्य उत्तम नेपालीको ८५ बर्षको उमेरमा निधन भएको छ । मनमोहन कार्डियोभास्कुलर सेन्टर महाराजगञ्जमा उपचारको क्रममा बुधबार बिहान ४ बजे उहाको निधन भएको कलाकार नविन्द्रराज भण्डारीले बताउनुभयो । उहाँ नेपाली अमूर्त कलाका सिद्धहस्त कलाकार हो । उहाँ केही दिनदेखि मुटुको समस्याको कारण उपचाररत हुनुहुन्थ्यो उहाँको दुई छोरीहरू छन् ।

प्रथम पुरस्कार हङकङ डलर ५० लाख,दोस्रो ३० लाख,तेस्रो १० लाख,अन्लाईन फारम खुल्यो:हङकङ भ्याक्सिन चिट्ठा

प्रथम पुरस्कार हङकङ डलर ५० लाख,दोस्रो ३० लाख,तेस्रो १० लाख,अन्लाईन फारम खुल्यो:हङकङ भ्याक्सिन चिट्ठा
२० जुलाई २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङ सरकारको भ्याक्सिन अभियानलाई सफल तुल्याउन जुन ८ तारिख हङकङका सबैभन्दा धनी व्यक्ति लि का शिङले हङकङ डलर २ करोड (hk$20 million ) बराबरको भाग्य  चिट्ठा दुबै डोज भ्याक्सिन लगाउनेका लागि उडाउने घोषणा गरेका थिए जसको अनलाइन रजिस्ट्रेसन प्रक्रिया खुला भैसकेको छ जुलाई २० तारीख मंगलबारबाट । भाग्य चिट्ठाको लागि नाम दर्ता गर्नु पर्ने अन्तिम मिति रहेको छ स...