अब माधव नेपाललाई भने स्वीकार गर्न सकिन्नः ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले कमजोरी स्वीकार गरेर आए पनि माधव नेपाललाई भने स्वीकार गर्न नसकिने बताएका छन् । आफ्नै पार्टीका माधव नेपालहरूका कारण एमाले सरकार ढलेको भन्दै ओलीले आज भक्तपुरको बालकोटस्थित आफ्नो घर पुगेपछि यस्तो प्रतिक्रिया दिएका हुन् ।
बालुवाटार छाडेर निजी निवास बालकोट पुगेपछि कार्यकर्ता र समर्थकलाई सम्बोधन गर्दै ओलीले माधव नेपाललाई पार...









